• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

लोकप्रिय समाचार

  • १. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • २. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ३. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ४. शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

  • ५. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ६. रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

  • ७. विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

  • ८. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ९. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • १०. रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

स्वर्गद्धारीको सारी बालमैत्री :सवैको एउटै स्वर,‘बालविवाह हुन्न भनौँ’


  •   बुधबार, साउन ०१, २०७६ मा प्रकाशित
  • केशर रोका,स्वर्गद्धारी (प्यूठान)। स्वर्गद्धारी नगरपालिका वडा नम्वर ५ सारीलाइ बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासनले तोकको निश्चित सूचकहरु पुरागरेपछि वडालाइ मंगलवार एक समारोहकाबीच घोषणा गरियो । घोषणा सभामा सवै विद्यालयका बालावालिकाहरुको उत्साहजनक उपस्थित रहयो । विद्यालय पोशाकमै कार्यक्रम स्थलमा पुगेका बालवालिकाहरुले सानैमा विवाह गर्न नहुने नारा लगाए । अभिभावक, स्थानीयबासीहरुले विद्यार्थीले लगाएको नारामा साथ दिए । उमेर नपुग्दै विवाह नगरौँ, नियमित विद्यालय जाऔँ, बालमैत्री व्यवहार गरौँ, बालअधिकार हनन् नगरौँ जस्ता नारा लगाउँदै बालवालिकाहरुले वडाभरी परिक्रमा गरे । बालवालिका र अभिभावकहरुको उत्साहले सामाजिक सचेतनाका कार्यक्रम गाउँस्तरमा पु¥याउन सहज हुने देखिन्थ्यो । गाउँलेले स्थानीय कला संस्कृति देखाएर बालमैत्री घोषणा अभियानलाइ शोभा बढाए ।घोषणा सभामा सहभागी अधिकांशले घोषणालाइ प्रभावकारी बनाउन आगामी गतिविधि निरन्तर हुनुपर्ने सुझाव दिएका छन् । बालमैत्री स्थानीय शासनको अवधारणा अनुसार विभिन्न ४२ वटा सूचकहरु पुरा गरेपछि बालमैत्री वडा घोषणा गर्नसकिने प्रावधान छ । ६ महिनासम्मको शिशुलाइ आमाले अनिवार्य रुपमा पूर्ण स्तनपान गराउनुपर्ने, एक वर्षभित्रका बालवालिकालाइ पूर्ण खोप, गर्भवती आमाको दक्ष प्रसुतीकर्मीबाट सुत्केरी, गर्भवती वा सुत्केरी आमाले आइरन चक्की २ सय २५ वटा खुवाएकै हुनुपर्ने सूचकमा तोएिको छ ।
    त्यस्तै, स्वास्थ्यचौकी व्यवस्थापनमा बालक्लवको प्रतिनिधित्व, सवैका घरमा खानेपानीको सुविधा, सावुनपानीको हात धुने अभ्यास, पाँचवर्ष मूनिका बालवालिकाहरुको जन्मदर्ता, बालविवाहको संख्यामा कमी, चारवर्ष सम्मका बालबच्चालाइ शिसु कक्षामा भर्ना, सवै विद्यालयमा छात्रछात्रा शौचालय, स्थानीय तहले बनाउने नीति तथा कार्यक्रममा उनीहरुको सहभागीता र बालवालिका सम्वन्धी वडा कार्यालयमा सुझाव पेटिकाको व्यवस्था लगाएत सूचकहरु पुरा भएमा मात्र घोषणा गर्नुपर्ने प्रावधान छ ।
    निरन्तरको प्रयासपछि सूचकहरु पुरा गर्न सकिएको वडा अध्यक्ष हिरामणी भण्डारीले जानकारी गराए । ‘बालवालिकाको भविष्य उज्यालो बनाउनु स्थानीय सरकारको पहिलो दायित्व हो’,उनले भने,‘स्थानीयबासीको साथले वडा घोषणा गर्न सफल भयौँ ।’ तोकिएका सूचकहरुको निरन्तर कार्यान्वयनमा वडाले अनुगमनलाइ कडाइका साथ लैजाने उनले सुनाए । बालवालिकाहरुको समग्र विकासलाइ लक्षित गर्दै विनियोजित वजेटमा १५ प्रतिशत छुट्टाइएको भण्डारीको भनाइ छ । वालवालिकाको स्थितीपत्र २०७४ अनुसार वडाभरी १८ वर्षमुनिका सात सय ५१ जना बालवालिका छन् । यसमध्ये ३ सय १८ बालिका र ४ सय ३३ जना बालकको तथ्यांक छ । भर्ना भएका बालवालिकालाइ टिकाइराख्ने, बालविवाहलाइ शुन्यमा पु¥याउने, बढ्दो सूचना प्रविधिको दुरुपयोगलाइ रोक्ने, विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी लगाएत क्षेत्रमा चुनौती देखिएको भण्डारीले उल्लेख गरे । नगरपालिकामा बालवालिकाहरुको संस्थागत प्रतिनिधित्वलाइ जोड दिइएको नगरप्रमुख नेत्रबहादुर रोकायले बताए । ‘बालवालिकाहरुको समग्र विकासबीना समृद्ध नगरपालिकाको नारा पुरा हुँदैन्’,उनले भने,‘बाल्यकालमा राज्यले राज्यले गरेको लगानी यूवाहुँदा देखिन्छ ।’ समृद्ध नगर, खुसी नगरबासी बनाउनका लागि बालवालिकाको क्षेत्रमा हुने लगानीलाइ विशेष ख्याल गरिएको रोकायले सुनाए ।
    बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ अनुसार सरकारले बालवालिकाको क्षेत्रमा नीति, कार्यक्रम तथा बजेटलाइ प्राथमिकतामा राख्दै आएको छ । चारवर्ष अघिदेखि वडाले बालमैत्री अभियानलाइ तिव्रता दिँदै आएको थियो । नगरपालिकाले यसैवर्षदेखि बालमैत्री स्थानीय शासन कार्यान्वयन र घोषणा कार्यविधि लागु गरेको नगरउपप्रमुख गोमा रेग्मीले सुनाइन । उनका अनुसार कार्यविधिले निर्धारण गरेका १६ वटा चरण, तीन स्थानीय सहित ४२ वटै सूचकहरु अनिवार्य कार्यन्वयन गर्नुपर्ने प्रावधान बनाइएको छ । बालमैत्री घोषणा अभियानमा कालिका विकास केन्द्र नेपाल, सेभ द चिल्डे«न, फूलवारी एकिकृत ग्रामीण विकास केन्द्र खैरा र मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र खलंगा लगाएत संस्थाहरुले साथ दिएको नगरपालिकाले जनाएको छ ।

    Advertisement

    फोटो ः स्वर्गद्धारी ५ लाइ बालमैत्री घोषणा गरिदै । तस्विर ः केशर रोका

    बुधबार, साउन ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • २.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ३.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ४.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा

    • ५.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ६.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन

    भर्खरै

    • १.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • ३.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • ५.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ६.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ७.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ८.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation