काठमाडौं। गत बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट देशका विभिन्न जिल्लामा अहिलेसम्म ६७ जनाको ज्यान गएको छ ।नेपाल प्रहरीले जारी गरेको पछिल्लो विवरण अनुसार हाल सम्म २६ जना महिला र ४१ जना पुरुषको बाढीको कारण मृत्यु भएको हो। विपदमा परेर ३८ घाइते भएको र ३० जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । अहिलेसम्म झण्डै एक हजार ५ सय जनाको सकुशल उद्धार गरिएको छ । गृह मन्त्रालयका अनुसार ३३ हजारभन्दा बढी मानिस विपदबाट प्रभावित भएका छन् । बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन्।
Advertisement