• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ५. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

‘मोस्ट वान्टेड’ बादशाहको राजनीतिक पावर : श्रीमतीलाई यसरी बनाए ‘माननीय’ !


  •   मङ्गलबार, असार २४, २०७६ मा प्रकाशित
  • कपिलवस्तु । आठ जनाको श्रृङ्खलाबद्ध हत्याको अभियोगमा राजधानीबाट पक्राउ परेका ‘मोस्ट वान्टेड’ जाबेद बादशाह भन्ने नसिम खाँ मुसलमानको राजनीतिक कनेक्सन पनि उत्तिकै प्रभावशाली रहेको पाइएको छ । उनले आफ्नो राजनीतिक पावर मार्फत श्रीमतीलाई प्रदेशसभा सदस्यनै बनाएका थिए । कपिलवस्तुको मायादेवी गाउँपालिका–४ स्थायी घर भएका उनीविरुद्ध २०६३ यता ८ वटा कर्तव्य ज्यान र डकैतीका मुद्दा छ । तैपनि किसान पृष्ठभूमिका नसिमले मोस्ट वान्टेड सूचीमा रहेकै बखत श्रीमती फौजिय नसिमलाई प्रदेश नम्बर ५ को सांसद बनाउन सफल भएका हुन् ।

    Advertisement

    मोस्ट वान्टेडको श्रीमती कसरी सांसद ?
    फौजिय तत्कालीन नेकपा एमालेको कोटामा प्रदेश नम्बर ५ को समानुपातिक सांसद भएकी हुन् । उनी पूर्णकालीन राजनीतिक कार्यकर्ता होइनन् । ‘मोस्ट वान्टेड’ पतिकै चाहना र राजनीतिक सम्पर्कमा उनले स्थानीय तहमा पनि टिकट पाएकी थिइन् ।फौजिय नसिमले स्थानीय तहको निर्वाचना कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्षमा एमालेबाट टिकट पाएकी हुन् तर चुनाव हारिन् । पत्नी स्थानीय तहको निर्वाचनमा पराजयपछि ‘मोस्ट वान्टेड’ पतिले फेरि अर्को राजनीतिक गोटी चाले । तत्कालीन एमालेका जिल्ला नेताहरूसँग संवाद बढाए । त्यसै स्वरूप फौजिय नसिमको नाम प्रदेश सांसदका लागि सिफारिस भयो । उनी प्रदेश समानुपातिकमा मुस्लिम महिला कोटामा १ नम्बरमा सिफारिस भएकी थिइन् र सोहीअनुसार श्रीमती फौजिया प्रदेश सभासद बनिन् ।

    को हुन् नसिम ?
    कपिलवस्तुको मायादेवी गाउँपालिका–४ स्थायी घर भएका उनीमाथि २०६३ यता ८ वटा कर्तव्य ज्यान र डकैतीका मुद्दा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । किसान पृष्ठभूमिका नसिम यही अभियोगमा प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए । अभियुक्त नसिम तत्कालिन एमालेका सक्रिय कार्यकर्ता समेत हुन् । तर, श्रृंखलाबद्ध हत्या र डकैती काण्डमा मुछिएका उनी पछि एमाले छाडेर भूमिगत संगठनतिर जोडिएका थिए । नसिमको अपराधको फेहरिस्त
    प्रहरीका अनुसार ०६३ जेठ १९ मा नसिमले कपिलवस्तु फुलिका–३ बस्ने धर्मराज बराईको छोरालाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । त्यसको करिब २ महिनापछि मात्र नसिमविरुद्ध साउन १४ गते कर्तव्य ज्यान मुद्दा अदालतमा दर्ता भएको थियो । हाल उक्त मुद्दा पुनरावेदन अदालतमा मुलतबीमा रहेको जनाइएको छ । यस्तै २०६४ वैशाख १७ मा कपिलवस्तु नगरपालिका–१ बस्ने सन्दीप कुमार गुप्तालाई हतियार देखाई नसिमले नगद लुटपाट गरेका थिए । गुप्ताले चढ्दै आएको महेन्द्र जीपलाई रोकेर उनले बन्दुक देखाई २ लाख रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ । घटना भएको एक हप्तापछि नसिमविरुद्ध डकैती मुद्दा अदालतमा दर्ता भएको थियो । उक्त मुद्दा सर्वोच्च अदालतमा मुलतवीमा रहेको अदालतबाट जानकारी प्राप्त भएको सीआईबीले जनाएको छ । उनको अपराधको श्रृङ्खला अझैं रोकिएन। २०६४ फागुन ६ मा कपिलवस्तु मोतिपुर–१ बस्ने भुवन भन्ने प्रेम परियारलाई नसिकले गोली हानेर हत्या गरेका थिए । तत्कालीन माओवादी डीसीएम सन्दीप कुमारले जाहेरी ०६५ पुस १ गते कर्तव्य ज्यान मुद्दा अदालतमा दर्ता गराए । सन्दीप कुमारले जाहेरी दिएको मितिदेखि अदलातमा पेश भएको उक्त मुद्दा हाल पुनरावेदन अदालत बुटवलमा मुलतवीमा रहेको जनाइएको छ ।यस्तै २०६४ चैत ९ गते रामहर्ष प्रसाद कुर्मीको छोरा शिवपुजन कुर्मीलाई नसिकले गोली हानी हत्या गरेका थिए । कपिलवस्तु हथिहवा–३ का शिवपुजन कुर्मी बाटो हिँडिरहँदा नसिमले गोली प्रहार गरेका हुन् ।गोली हानेलगत्तै नसिम फरार भएपनि प्रहरीमा दिएको जाहेरीको आधारमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ हथिहवाका ४९ वर्षीय धर्मेन्द्र सिंह क्षत्री तत्कालै पक्राउ परेका थिए । क्षत्रीले बयानका क्रममा नसिमको नाम पोलेका थिए । यस्तै २०६५ भदौ ३० मा नसिमले कपिलवस्तु नगरपालिका–१० बस्ने एक पुरुष र एक महिलाको गोली हानी हत्या गरेका थिए । नसिबुल्लाह मुसलमान र पारसनाथ कोहारको श्रीमती अकला कोहारलाई नसिमले गोली हानेका हुन् ।अकला कोहारको श्रीमान पारसले २०६५ पुस २५ गते अदालतमा नसिकविरुद्ध कर्तव्य ज्यान मुद्दा अदालतमा दर्ता गराए । हाल उक्त मुद्दा पुनरावेदन अदालत बुटवलमा मुलतवीमा रहेको छ ।यसैगरी २०६५ कात्तिक ९ मा नसिमले गाविस सचिवलाई गोली हानेर फरार भएका थिए । कपिलवस्तु नगरापालिका–७ बस्ने पिपरा गाविस सचिव राममिलन प्रसाद गुप्तालाई उनले गोली हानेर हत्या गरेका थिए । सचिवका बाबु पारशनाथ गुप्ताले घटनाको एक महिनापछि प्रहरीमा जाहेरी दिए । हाल उक्त मुद्दा दर्ता भई पुनरावेदन अदालतमा रहेको छ । यस्तै नसिमले २०६७ वैशाख १३ गते कपिलवस्तुको पकडी–६ बस्ने राजेन्द्र प्रसाद तिवारीको हत्या गरेको अभियोग छ ।
    घटना भएको करिब एक महिनापछि जेठ ८ गते नसिमविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । हाल उक्त मुद्दा जिल्ला अदालत कपिलवस्तुमा विचाराधीन छ ।यस्तै नसिमले २०७४ फागुन ३ गते मोहम्मद आयमान मुसलमानको अपहरणपछि हत्या गरे । उनको शव प्रहरीले अपहरणको तीन दिनपछि खानको घर पछाडि फेला पारेको थियो । आयमान मायादेवी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष फत्ते मोहम्मदका छोरा हुन् । मोहम्मद आयमानको अपहरण गरी फरार रहेका खानविरुद्ध छोराको शव फेला परेकै दिन फत्ते मोहम्मदले प्रहरीमा जाहेरी दिए ।प्रहरीका अनुसार नसिम मुसलमान समेतका केही व्यक्तिहरुसँग फत्ते महोम्मदबीच पहिलादेखि नै राजनीतिक, आर्थिक तथा पारवारिक रीसीईबी रहेको बताइएको छ ।२०७४ सालको चुनावमा वडा नं ४ बाट फत्ते मोहम्मद मसुलमान अध्यक्ष पदमा निर्वाचित भएसँगै नसिमले अब आफ्नो हालीमुहाली गर्ने दिन सकिएको भन्दै पूर्व रीसीईबीको कारण छोराको हत्या गरेको परिवारको आरोप छ । हत्या, फिरौती, अपहरण, लुटपाट, अवैध हतियार कारोबार र चन्दा आतङ्कलगायतका आपराधिक गतिविधिमा समेत ‘मोस्ट वान्टेड’ नसिम खाँनको नाम जोडिएको छ । मोस्ट वान्टेड’ सूचीका नसिमलाई लामो समयसम्म प्रहरीले पक्राउ गर्न नसक्दा पटक–पटक उनी कपिलवस्तुको सुरक्षामा चुनौती र प्रहरीको टाउको दुखाइ बन्ने गर्थे ।

    मङ्गलबार, असार २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ५.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation