• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठानका जेष्ठ नागरिक सुविधाबाट बञ्चित,सरकारी घोषणा खोइ कार्यान्वयन?


  •   बिहिबार, असार १२, २०७६ मा प्रकाशित
  • प्यूठान । जिल्लाका जेष्ठ नागरिकहरुले प्यूठान अस्पतालमा जेष्ठ नागरिकहरुको छुट्टै लाइन तथा विश्रामस्थल हुनुपर्ने बताएका छन् । उनीहरुले जेष्ठ नागरिकहरुलाई बढि भिड हुने स्थानमा छुट्टै लाइन तथा बस्ने व्यवस्था हुनुपर्ने धारणा राखेका हुन् ।जेष्ठ नागरिक संघ र वयोवृद्ध एवं अनाथ संरक्षण समितिको संयुक्त आयोजनामा विहीवार विजुवारमा आयोजित जेष्ठ नागरिक सचेतना अभिवृद्ध अन्तरक्रियामा यस्तो धारणा राखेका हुन् । अन्तरक्रियामा बोल्दै जेष्ठ नागरिक नारायण गौतमले प्यूठान अस्पतालमा जेष्ठ नागरिकको छुट्टै लाइन नभएको बताए । उनले भने – ‘सरकारले जेष्ठ नागरिकको लागि विभिन्न सुविधा घोषणा गरेपनि जेष्ठ नागरिकलाई अस्पतालमा घण्टौ लाइन लाग्नुपर्ने बाध्यता छ ।’
    अन्तरक्रियामा जेष्ठ नागरिक तेजप्रसाद मिश्रणले बैंकहरुमा जेष्ठ नागरिकको लागि छुट्टै लाइनको व्यवस्था नहुँदा लामो समय लाइनमा बस्न समस्या भएको बताए । जेष्ठ नागरिक तथा नेपाली कांग्रेसका नेता हुुकुमबहादुर विष्टले जेष्ठ नागरिकका कार्यक्रम सञ्चालन गर्दा स्थानीय सरकारले पूर्वाग्रह राख्न नहुने बताए ।जेष्ठ नागरिक सञ्जाल प्यूठान नगरपालिकाका अध्यक्ष देवराज गौतमले अस्पतालमा जेष्ठ नागरिक वोर्ड स्थापना गरेर जेष्ठ नागरिकको लागि छुट्टै लाइन तथा विश्रामको व्यवस्था गरिनुपर्ने बताए ।नेपाल सरकारले जेष्ठ नागरिकलाई यातायात साधनमा छूट दिने परिपत्र जिल्ला तहमा गरेको भएपनि अहिले सम्म जेष्ठ नागरिक सिटको व्यवस्था नभएकोप्रति उनीहरुको गुनासो रहेको छ । जेष्ठ नागरिकका संविधानप्रदत्त मौलिक अधिकारको स्थापनाको लागि संघर्षशिल हुन जेष्ठ नागरिक संघका केन्द्रिय सदस्य वासुदेव पण्डितले सहभागीहरुलाई आव्हान गरे । जेष्ठ नागरिक संघ प्यूठानका अध्यक्ष गेहराज शर्माले जेष्ठ नागरिकहरुको सञ्जाल जिल्लाभर बिस्तार गर्न लागिएको जानकारी दिदै जिल्लाका सबै जेष्ठ नागरिकसँग सम्वन्धीत संघ संस्थाहरुले समन्वयात्मक रुपले काम गरिरहेको स्पष्ट पारे । यसअघि अन्तरक्रियामा उद्घाटन मन्तव्य दिदै प्यूठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतीले नगरको नीति तथा कार्यक्रममा जेष्ठ नागरिकलाई प्राथमिकता दिएको बताए ।‘हामीले जेष्ठ नागरिकको स्वास्थ्यमा विशेष ध्यान दिएका छौं । नगरभित्रका आँखाका विरामीहरुको सम्पूर्ण खर्च निशुल्क गरेका छौं । आगामी आर्थिक वर्षदेखि ६० वर्ष माथिका जेष्ठ नागरिकको उपचार घरमै गएर गर्ने व्यवस्था मिलाएका छौं ।’ – नगर प्रमुख कक्षपतीले भने । निर्माणाधीन दिवा सेवा केन्द्र सञ्चालनको व्यवस्थापकीय सम्पूर्ण कार्य नगरपालिकाले गर्ने समेत उनले सो अवसरमा प्रतिवद्धता गरे । अन्तरक्रियामा बह्मकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग केन्द्र राप्तीका प्रशिक्षक शिवलाल महतराले जेष्ठ नागरिकहरु कसरी तनावमुक्त हुने भन्ने विषयमा प्रवचन दिएका थिए । वयोवृद्ध एवं अनाथ संरक्षण मञ्चका अध्यक्ष विज्ञान बहादुर कर्माचार्यको अध्यक्षतामा आयोजित अन्तरक्रियामा स्वागत जेष्ठ नागरिक संघका अध्यक्ष कमल पोख्रेलले गरेका थिए । अन्तरक्रियामा जिल्लाका विभिन्न क्षेत्रका जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    बिहिबार, असार १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation