काठमाडौं। अमिताभ बच्चन र आयुष्मान खुरानाको फिल्म गुलाबो सिताबोको फर्स्ट लूक सार्वजनिक भएको छ । सुजित सरकारले निर्देशन गरेको यो फिल्म कमेडी हो । फिल्मको शूटिङ लखनउमा शुरू भइसकेको छ । अमिताभले शूटिङ शुरू गरिसकेका छन् । उनले आफ्नो नयाँ लूक पनि सार्वजनिक गरे ।फिल्मको सेटका केही तस्वीरहरू लीक भएपछि भने फिल्ममेकरहरू चिन्तित बनेका छन् । लीक गर्नमा लापरवाही देखाउनेलाई आलोचना गरिएको छ । सूत्रहरूका अनुसार, सुजित सरकार र फिल्म निर्माताहरूले शूटिङ चलिरहेको ठाउँमा सुरक्षा बढाएका छन् । यसैले गर्दा बिहीवार शूटिङ ढिलो गरी भयो । अहिले कसैलाई पनि सेटमा फोन लैजान दिइएको छैन । नो रेकर्डिङ र नो मोबाइल फोन्सका संकेत सबैतिर देखिन्छ ।’फिल्ममेकरहरूले अमिताभ बच्चनको बूढो मान्छे लूक आफैं रिलिज गरिदिएका छन् । अमिताभ लामो दाह्री र चश्मासहित देखिन्छन् । उनको नाकमा प्रोस्थेटिक्स लगाइएको छ र उनी निकै किचकिचे जस्तो देखिन्छन् ।एजेन्सी
अमिताभ बच्चनको अनौठो रूप, गुलाबो सिताबो फिल्मको फर्स्ट लूक सार्वजनिक
अमिताभ बच्चनको अनौठो रूप, गुलाबो सिताबो फिल्मको फर्स्ट लूक सार्वजनिक
Advertisement
तपाईको प्रतिक्रिया