• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

रोक्का जग्गा फुकवा गर्न सुनवलका सकुम्बासीको माग


  •   शुक्रबार, जेठ १०, २०७६ मा प्रकाशित
  • कामना डेली, पश्चिम नवलपरासी ।पश्चिम नवलपरासी सुनवलका सुकुम्बासीहरुले सुकुम्बासी आयोगबाट उपलब्ध गराईएको जग्गा फुकुवा गर्न सरकारसँग माग गरेका छन् । राजश्व बुझाएर प्राप्ती गरेको जग्गा फुकुवा नभए आन्दोलन गर्ने समेत उनीहरुले चेतावनी दिएका छन् । उनीहरुले स्थानीय स्तरमा रोक्का जग्गा फुकुवा संघर्ष समिति गठन गरेर आन्दोलनको चेतावनी दिएका हुन् ।जग्गा फुकुवा नभए मालपोत कार्यालय घेराउदेखि राजमार्ग बन्द समेत गरिने संघर्ष समितिले चेतावनी दिएको छ । जग्गा रोक्का हुँदा बैंक तथा वित्तिय संस्था र सहकारीहरुमा धितो राखेर व्यापार व्यवसाय र अन्य आर्थिक कारोबार गर्न समस्या भएको उनीहरुको भनाई छ । २०६६ सालमा सरकारले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेर जिल्ला स्तरमा मनसोवा आयोगलाई लालपूर्जा वितरण गर्न जिम्मेवारी दिएको थियो । पुराना आयोगहरुले नाप नक्सा गरी पूर्जा वितरण गर्ने अधिकार जिल्ला स्तरको आयोगलाई दिइएको थियो । सोही अधिकारअनुसार जिल्लास्तरको आयोगले ९ हजार बढी लालपूर्जा वितरण गरेको थियो । प्रमाणका आधारमा राजश्व लिएर पूर्जा वितरण गरिएको हो । तर अनियमित तरिकाले लालपूर्जा वितरण गरेको भन्दै उजुरी परेपछि अख्तियारले २०६९ सालदेखि उक्त जग्गा रोक्का राखेको हो । सर्वोच्च अदालतले समेत जग्गा रोक्का राख्नु पर्ने कारण नभएको जनाएपनि जिल्ला स्तरमा फुकुवा नभएको संघर्ष समितिका संयोजक टेकप्रसाद न्यौपानेले बताउनुभयो । भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले समेत मालपोत र नापी कार्यालयलाई जग्गा रोक्का राख्नु पर्ने कुनै कारण नभएको भन्दै पत्रचार गरेपनि फुकुवा नभएको पीडितहरुको भनाई छ । तत्कालिन मनसेवा आयोगका जिल्ला सदस्य इन्द्र रेग्मीले आयोगलाई दिइएको अधिकारअनुसार जिल्लामा ९ हजार १ सय पूर्जा वितरण गरेको बताउनुभयो । जग्गा फुकुवाका लागि पटक पटक मन्त्रालयमा पुगेको र जिल्ला स्तरमा फुकुवा गर्न पत्रचार गरेपनि मालपोत कार्यालयले वास्ता नगरेको रेग्मीले बताउनुभयो । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सबैभन्दा बढी ३ हजार पाँचसयको हाराहारीमा पूर्जा वितरण गरिएको छ । त्यसैगरी माकर, जहदालगायतका तत्कालिन गाविसमा अव्यवस्थित र भोगचलनका आधारमा पूर्जा वितरण गरिएको छ । नगरपालिकाको कार्यपालिका बैठकले समेत रोक्का भएको उक्त जग्गा फुकुवा गर्नका लागि मालपोत कार्यालयमा पत्रचार गरेको छ । तर अहिलेसम्म फुकुवा नगर्दा नगर क्षेत्रका ३ हजार बढी स्थानीय मर्कामा परेको नगरपालिकाका उपप्रमुख एंव सार्वजनिक जग्गा व्यवस्थापन समितिका संयोजक दधिराम अर्यालले बताउनुभयो । मालपोत कार्यालय परासीका मालपोत अधिकृत पुष्पराज पाण्डेले उहाले अख्तियारले रोक्का राखेको जग्गा मन्त्रालयकै पत्रका आधारमा फुकुवा गर्न नमिल्ने बताउनुभयो । तैपनि जग्गा फुकुवाका लागि मन्त्रालयबाट कुनै पत्र नआएको उहाले जानकारी दिनुभयो ।

    Advertisement

    शुक्रबार, जेठ १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation