• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार २४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

लोकप्रिय समाचार

  • १. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • २. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ३. सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

  • ४. झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

  • ५. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ६. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ७. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ८. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • ९. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • १०. पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रोक्का जग्गा फुकवा गर्न सुनवलका सकुम्बासीको माग


  •   शुक्रबार, जेठ १०, २०७६ मा प्रकाशित
  • कामना डेली, पश्चिम नवलपरासी ।पश्चिम नवलपरासी सुनवलका सुकुम्बासीहरुले सुकुम्बासी आयोगबाट उपलब्ध गराईएको जग्गा फुकुवा गर्न सरकारसँग माग गरेका छन् । राजश्व बुझाएर प्राप्ती गरेको जग्गा फुकुवा नभए आन्दोलन गर्ने समेत उनीहरुले चेतावनी दिएका छन् । उनीहरुले स्थानीय स्तरमा रोक्का जग्गा फुकुवा संघर्ष समिति गठन गरेर आन्दोलनको चेतावनी दिएका हुन् ।जग्गा फुकुवा नभए मालपोत कार्यालय घेराउदेखि राजमार्ग बन्द समेत गरिने संघर्ष समितिले चेतावनी दिएको छ । जग्गा रोक्का हुँदा बैंक तथा वित्तिय संस्था र सहकारीहरुमा धितो राखेर व्यापार व्यवसाय र अन्य आर्थिक कारोबार गर्न समस्या भएको उनीहरुको भनाई छ । २०६६ सालमा सरकारले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेर जिल्ला स्तरमा मनसोवा आयोगलाई लालपूर्जा वितरण गर्न जिम्मेवारी दिएको थियो । पुराना आयोगहरुले नाप नक्सा गरी पूर्जा वितरण गर्ने अधिकार जिल्ला स्तरको आयोगलाई दिइएको थियो । सोही अधिकारअनुसार जिल्लास्तरको आयोगले ९ हजार बढी लालपूर्जा वितरण गरेको थियो । प्रमाणका आधारमा राजश्व लिएर पूर्जा वितरण गरिएको हो । तर अनियमित तरिकाले लालपूर्जा वितरण गरेको भन्दै उजुरी परेपछि अख्तियारले २०६९ सालदेखि उक्त जग्गा रोक्का राखेको हो । सर्वोच्च अदालतले समेत जग्गा रोक्का राख्नु पर्ने कारण नभएको जनाएपनि जिल्ला स्तरमा फुकुवा नभएको संघर्ष समितिका संयोजक टेकप्रसाद न्यौपानेले बताउनुभयो । भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले समेत मालपोत र नापी कार्यालयलाई जग्गा रोक्का राख्नु पर्ने कुनै कारण नभएको भन्दै पत्रचार गरेपनि फुकुवा नभएको पीडितहरुको भनाई छ । तत्कालिन मनसेवा आयोगका जिल्ला सदस्य इन्द्र रेग्मीले आयोगलाई दिइएको अधिकारअनुसार जिल्लामा ९ हजार १ सय पूर्जा वितरण गरेको बताउनुभयो । जग्गा फुकुवाका लागि पटक पटक मन्त्रालयमा पुगेको र जिल्ला स्तरमा फुकुवा गर्न पत्रचार गरेपनि मालपोत कार्यालयले वास्ता नगरेको रेग्मीले बताउनुभयो । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सबैभन्दा बढी ३ हजार पाँचसयको हाराहारीमा पूर्जा वितरण गरिएको छ । त्यसैगरी माकर, जहदालगायतका तत्कालिन गाविसमा अव्यवस्थित र भोगचलनका आधारमा पूर्जा वितरण गरिएको छ । नगरपालिकाको कार्यपालिका बैठकले समेत रोक्का भएको उक्त जग्गा फुकुवा गर्नका लागि मालपोत कार्यालयमा पत्रचार गरेको छ । तर अहिलेसम्म फुकुवा नगर्दा नगर क्षेत्रका ३ हजार बढी स्थानीय मर्कामा परेको नगरपालिकाका उपप्रमुख एंव सार्वजनिक जग्गा व्यवस्थापन समितिका संयोजक दधिराम अर्यालले बताउनुभयो । मालपोत कार्यालय परासीका मालपोत अधिकृत पुष्पराज पाण्डेले उहाले अख्तियारले रोक्का राखेको जग्गा मन्त्रालयकै पत्रका आधारमा फुकुवा गर्न नमिल्ने बताउनुभयो । तैपनि जग्गा फुकुवाका लागि मन्त्रालयबाट कुनै पत्र नआएको उहाले जानकारी दिनुभयो ।

    Advertisement

    शुक्रबार, जेठ १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट
    गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा
    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    लोकप्रिय

    • १.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • २.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ३.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको

    • ४.
      झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    • ५.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ६.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख

    भर्खरै

    • १.
      सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

    • २.
      प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

    • ३.
      प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

    • ४.
      वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

    • ५.
      कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

    • ६.
      गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

    • ७.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

    • ८.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation