राम बहादुर बिश्वकर्मा,प्युठान।
प्युठानमा बहिरा तथा सुस्त श्रवण शक्ति भएका विद्यार्थीका लागि निर्माणधीन आवासीय भवन र कक्षाकोठा अलपत्र हुंदा बिद्यार्थीलाई बस्न समस्या भएको छ ।प्यूठान नगरपालिका-१ खैरास्थित भुवनेश्वरी मावि परिसरमा निर्माण थालिएको भवन पाच वर्षदेखि अलपत्र परेको हो। पाच वर्षअघि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पाको सहयोगमा आवासीय भवन निर्माण थालिए पनि सम्बन्धित निकायको बेवास्ताले गर्दा भवन पूरा हुन सकेको छैन । निर्माण गरिएको संरचना घाँसले ढाकेको र जीर्ण निर्माणधीन कक्षाकोठा र आवासीय भवन अलपत्र परेकाले लक्षित वर्गलाई समस्या भएको प्रधानाध्यापक मुक्तिप्रसाद पोख्रेलले बताउनुभयो। कक्षाकोठाको पिलर र गारो लगाइएको छ भने आवशिय भवनको पिलर मात्र उठाइएको छ ।।’ अलपत्र भएको ५ बर्ष भयो खोइ भबन बन्छ बन्दैन केही पत्तो छैन। पोख्रेलले भन्नुभयो।’ शौचालय सहित ६ वटा आवशिय भवन निर्माण गर्ने योजना अँधुरै छ ।’ कक्षाकोठा अभावले प्रभावकारी पठन पाठन र आवासका लागि समस्या भइरहेको सुस्त श्रवण स्रोत शिक्षक धनेश्वर पोख्रेलले गुनासो गर्नुभयो । उक्त बिद्यालयमा अध्ययन गर्ने बहिरा तथा सुस्त श्रवण शक्ति भएका बिद्यार्थिका लागी प्रति बिध्यार्थी ४ हजार सहित खाना, बस्न, लत्ताकपडा लगाएत शैक्षिक सामाग्रीको जोहो गरिदै आएको छ। तर यो रकम प्युठान नगरपालिकाले गत श्रावण देखि निकासा नगर्दिएको शिक्षक पोख्रेलले बताउनुभयो ।‘एकदेखि तीन कक्षासम्मका विद्यार्थी एउटै कोठामा राखेर पढाउछौँ’,उहाले निर्माणधिन अलपत्र भवन पुरा गरिदिन आग्रह गर्नुभयो । उक्त विद्यालयमा प्यूठान, गुल्मी, अर्घाखाँची जिल्लाका १० जना छात्रा र २२ जना छात्र गरी ३२ जना सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरू अध्ययनरत छन । विद्यालयले २०५९ सालदेखि सुस्त श्रवण स्रोत कक्षा संचालन गर्दै आएको छ । गत बर्ष २ जना बिध्यार्थी एसइईमा बि पलसमा पास गरेका र २ जनाले जिल्ला बाहिर ब्याच्लर अध्ययनरत र १२ पास गरेका एक जनाले बिध्यालयमै अध्यापन गर्दै आएको बिध्यालयले जनाएको छ। शान्ति तथा पूनःनिर्माण मन्त्रालय अन्तर्गत निर्माणधीन भवनहरूलाई सम्बन्धित स्थानीय तहले पूर्णता दिनुपर्ने प्रावधान रहे पनि स्थानिय सरकारले पनि पहल थालेको छैन।
सुस्त श्रवण भवन ५ बर्ष देखि अलपत्र,बिद्यार्थीलाई समस्या
सुस्त श्रवण भवन ५ बर्ष देखि अलपत्र,बिद्यार्थीलाई समस्या

Advertisement
तपाईको प्रतिक्रिया