मुम्बई। बलिउड हट अभिनेत्री सुरबीन चावला आमा बनेकी छन्। उनले छोरीलाई जन्म दिएकी छन्। छोरीलाई जन्म दिएपछि उनले पहिलोपटक छोरीसँग खिचेको फोटो समाजिक संजालमा शेयर गरेकी छन्। उनी छोरीसँग फोटो शुट गराउँदै गरेको फोटो भाइरल भएको छ। भर्खर छोरीलाई जन्म दिएकी सुरवीन उक्त फोटोमा निकै हट देखिएकी छन्। सुरवीनले यो फोटो शेयर गर्दै लेखेकी छन्, ‘यो त्यो प्रेम हो, जसलाई अहिले मैले चिनेकी छु।’
Advertisement
सुरवीनले १५ अप्रिलमा जन्म दिएकी थिइन्। र उनले एक महिला पहिला छोरीसँग फोटोशुट गराएकी थिइन्। सुरवीन व्यापारी अक्षय ठक्करसँग जुलाई २०१५मा विवाह गरेकी थिइन्।