बिमल प्रसाद पोख्रेल,पाल्पा।
Advertisement
पाल्पामा जन्ती बोकेको जीप दुर्घट्ना हुँदा पाच जनाको मृत्यु भएको छ।
पाल्पाको निस्दी गाउँपालिका ७ हुवासमा जन्ती बोकेको लु १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको पाल्पा प्रहरी प्रमुख एसपी विश्वमणि पोख्रेलले जानकारी दिए । मृत्यु हुनेमा निस्दी गाउँपालिका–७ का खडगबहादुर सोमै, देवलाल खनगाह, लालबहादुर सारु, सन्तबहादुर सारु र बुद्धिवल क्षेत्री छन।
हुवासबाट भिरपानी तर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो। घटनाको विस्तृत विवरण आउन बाँकी छ।