अनिल खत्री, गुल्मी । गुल्मीमा झाडा पखलाबाट सिङ्गो गाउँ नैै संकट परेको छ । जिल्लाको मुसिकोट नगरपालिको वडा नम्वर ४ रहेको दजाकोटमा सिङ्गोगाउँ नै झाडा पखलाको महामारिमा फैलिएको हो । झाडा पखलबाट ५८ जना बिरामी परेका छन् । भने ३ जनाको अबस्था गम्भीर रहेको छ ।झाडा पखलबाट बिरामी मध्ये गम्भीर अबस्थामा रहेकाको गुल्मी अस्पताल र अरु बिरामीको बिभिन्न स्थानमा उपचार भइरहेको स्थानिय हरि छन्तेलले बताए । सोमबार ४ जनाबाट फैलिएको झाडा पखला बिहिबारसम्म माहमारीको रुपमा फैलिएको हो । दजाकोटका ७५ घरधुरीका बालक देखि बृद्ध सम्म सयौजनालाई गत चार दिन देखि झाडा पखलाको माहमारीले सिङ्गो गाउँ नै संकट ग्रस्त बनेको स्थानिय हरि छन्तेलले बताए । संक्रमण थप बढ्ने डरले दुई दिन देखि स्थानिय पशुपति निवि समेत बन्द गरिएको छ ।प्रभावित क्षेत्रमा मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाको नेतृत्वमा जिल्ला अस्पतल गुल्मी, जनस्वस्थ्य कार्यालय गुल्मी, वामीटक्सारबाट स्वास्थ्यकर्मी आएर यस विद्यालयको प्रङ्गणमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् । स्वास्थ्य शिविरमा १५ देखि २० जनालाई उपचार गरिरहेको मेयर सापकोटाले बताए ।केहिलाई अहिले गुल्मी अस्पताल तम्घास पठाउने तयारीमा रहेको सापकोटाले बताए । उनका अनुसार लुरेखोला मुहानको पानी पिउने सवै घरधुरी छाडापखलाको माहमारीमा परेका हुन् । पानी पिउने मध्ये ७० देखि ७५घरधुरी खोलाको पानी पाईप मार्फत गाउँमा ट्याङकीमा संकलन गरि पिउँदै आएका थिए ।पानी पिउने जति सबै संकटमा परेका हुन् । नगरप्रमुख सापकोटाका अनुसार पानीकै कारण झाडा पखलाको महामारी फैलिएको बताए । आगोलागीका बेला अस्थाई रुपमा नुरखोला लालाङली मुहानको पानी खुवाएको सापकोटाले बताए ।पहिला बिरामीको उपचारमा ध्यान दिने र त्यस पछि मुहान के प्रदुर्षण छ त्यस बारे छानविन गर्ने नगर प्रमुख सापकोटाले बताए । उनका अनुसार त्यस मुहानको तलबाट त्यस दजाकोटवासीले पानी पिउने गरेका छन् ।त्यस भन्दा अलि माथीको मुहानमा स्थानियले कपडा धुने गर्दछन् । त्यसको सावुन लगायत दुषित पानी बगेर तलको मुहानमा गएर मिस्सीदा दजाकोटवासीलाई झागापखला लागेको स्थानियको अनुमान छ ।बिरामी मध्ये १ जना बेहोस महिलालाई जिल्ला अस्पताल पठाई सकिएको र थप ४ जनालाई पनि पठाउनु पर्ने देखिएको मेयर सापकोटाले बताए । सोहि स्थानमै ०७३ साल बैशाख १८ गते पारी जंगलमा लागेको आगो पानीको अभावमा स्थानियले नियन्त्रणमा लिन नसक्दा वारी दजाकोटमा फैलिएर त्यो पुरै गाउँ खरानीमा परिणत भएको थियो ।५६ घरधुरी जलेर नष्ट भएको थियो । भने १जनाको मृत्यु समेत भएको थियो । घर गोठ सहित ७० वटा जलेको १० करोड भन्दा बढिको क्षति भएको थियो ।
गुल्मीमा झाडा पखलाबाट सिङ्गो गाउँ नैै प्रभावीत
गुल्मीमा झाडा पखलाबाट सिङ्गो गाउँ नैै प्रभावीत

Advertisement
तपाईको प्रतिक्रिया