काठमाडौं ।नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले केपि शर्मा ओलि नेतृत्व वर्तमान सरकार लुट तन्त्रको जालोमा फसेको आरोप लगाएका छन। शाहले न्यायलय लगाएत जताततै सेटिङ्ग गर्न ओलि सरकार ब्यस्त रहेको भन्दै यो सरकारलाई सडकबाट फाल्न अब नेपाल विद्यार्थी संघले आन्दोलन गर्नु पर्ने जिकिर गरे। नेपाल विद्यार्थी संघ काठमाडौं जिल्लाले राष्ट्रिय सभागृहमा गरेको कार्यक्रममा बोल्दै नेता शाहले अब यतिबेला पनि हामी गुटबन्दी लागे मुलुक गम्भीर दुर्घटनामा फस्ने बताए। उनले केपि ओलि सरकार समाजमा अधिनायकवाद लाद्न खोजेको सपना देखेको भन्दै ती सपनाहरुलाई नेपाल विद्यार्थी संघले पूरा गर्न नदिने पनि उल्लेख गरे। देशलाई भड्खालोमा हाल्न उद्द्त यो सरकारलाई अब जनताले आगामी निर्वाचनबाट पनि ठेगान लगाउने उनको आसय थियो।
Advertisement