• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन

नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

लोकप्रिय समाचार

  • १. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • २. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • ३. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ४. वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

  • ५. कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा

  • ६. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ७. पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

  • ८. राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न

  • ९. राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

  • १०. मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

‘शिक्षकले चाहे विद्यालय सुध्रिन्छ’


  •   बिहिबार, चैत २८, २०७५ मा प्रकाशित
  • केशर रोका,माण्डवी(प्यूठान) ।
    माण्डवी गाउँपालिका अन्तर्गत रहेका शिक्षा प्रेमीहरुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन संकल्प गरेका छन् । शैक्षिक क्षेत्रको विकासबीना समृद्ध मुलुकको परिकल्पना गर्न नसकिने उनीहरुको जोड छ । गाउँपालिकाले मंगलवार संचालन गरेको विद्यार्थी भर्ना अभियान २०७६ सम्वन्धी सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रममा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र जनप्रतिनिधीहरुले यस्तो संकल्प गरेका हुन् । ‘अहिलेको शिक्षा व्यवहारिक त छैन्’,माण्डवी मावीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष जितामित्र सुनारले भने,‘तर, संचालन भइरहेको शिक्षा प्रणालीको सुधार गर्नैपर्छ ।’ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा एक अर्कोलाइ दोष दिएर कोहीपनि उम्कन नहुने उनको धारणा छ ।
    नयाँ वर्षको दोस्रो दिनदेखि शुरुहुने विद्यार्थी भर्ना अभियान अगावै गाउँपालिकाले कार्ययोजना बनाएर अघि बढ्ने तयारी थालेको छ । दुइ सातासम्म विद्यालय उमेर पुगेका बालवालिकाहरुलाइ भर्ना गराउने योजना तय भएको प्रमुख प्रशासकिय अधिकृत शिशिर रिजालले जानकारी गराए । विद्यार्थी भर्नाको समयसिमाभित्र छुटेका बालवालिकाहरुलाइ घरदैलो गरेरै विद्यालय ल्याउने योजना रहेको उनको भनाइ छ ।
    गाउँपालिकाले हालै सार्वजनिक गरेको विद्यालय सुधार योजनाको लागि २६ बुदे निर्देशन र २७ बुदे प्रतिवद्धता पत्रलाइ कडाइका साथ कार्यान्वयन गर्न अध्यक्ष श्रीधर रोकामगरले विद्यालयलाइ निर्देशन दिएका छन् । सरकारी सेवा सुविधा लिने गाउँपालिकाकै स्थायी बासिन्दाले आफ्ना छोराछोरीलाइ नीजि विद्यालयमा पढाएको पाइएमा सेवा सुविधाबाट बञ्चित गराउन प्रतिवद्धता जनाइएको छ । सहभागी सवै विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति अध्यक्ष र जनप्रतिनिधीहरुले निर्देशन इमान्दारीपूर्वक कार्यन्वयन गर्ने संकल्प गरेका छन् ।
    कार्यरत शिक्षकहरुले चाहेमा सामुदायिक विद्यालयको शैक्षिक सुधार धेरै टाढाको विषय नभएको विद्यालय निरिक्षक एवं गाउँपालिका शिक्षा शाखा प्रमुख दुर्गा बहादुर खड्काले धारणा राखेका छन् । ‘अनुगमन, नियमन भनेको क्षणिक समयका लागि हुनसक्छ’,उनले भने,‘तर, शिक्षकहरु जतिवेला पनि विद्यालयकै पेरीफेरीमा हुन्छन् । शिक्षा सुधार्न पहिलो प्रयास शिक्षकबाटै थाल्नुपर्छ ।’ भर्ना भएका बालवालिकाहरुलाइ विद्यालय भर्ना गराउने, सिकाउने, टिकाउने र विकाउने गरी सरकारका योजना नीति बजेट तथा कार्यक्रम हुनुपर्ने सहभागीहरुले धारणा राखेका छन् । गाउँपालिकाभर मावी ५, आधारभुत ३, प्रावी १८ गरी २६ वटा सामुदायिक र दुइवटा संस्थागत विद्यालय संचालनमा छन् ।

    Advertisement

    बिहिबार, चैत २८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो
    अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    लोकप्रिय

    • १.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट

    • २.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ३.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ४.
      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    • ५.
      कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना

    • ६.
      न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार

    भर्खरै

    • १.
      सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

    • २.
      पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

    • ३.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ४.
      ५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन

    • ५.
      नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

    • ६.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

    • ७.
      स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

    • ८.
      सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation