काठमाडौं । हावा हुरी सहित परेको असिनापानीका कारण पूर्वी तराई बारा र पर्सा जिल्लामा गरी २७ जनाको मृत्यु भएको छ । आइतबार साँझ आएको हावा हुरीले बारामा २६ र पर्सामा १ जनाको मृत्यु भएको दुई नम्बर प्रदेशका प्रहरी प्रमुख हरिबहादुर पालले मध्यरातसम्म बारामा २६ र पर्सामा एक जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा १५ महिना र ११ पुरुष रहेका छन् । मृतकको सनाखत हुन भने बाकी रहेको छ । त्यस्तै वीरगञ्ज-१२ गण्डकमा बिजुलीको पोल ढल्दा एक जनाको मृत्यु भएको छ।बारा र पर्सामा राति साढे ८ बजेबाट करिब आधा घन्टा तीब्र हावाहुरी चलेको थियो। बाराको फ्रेटा गाउँपालिका, पर्सौनी गाउँपालिका र सुवर्ण गाउँपालिकामा ठूलो क्षती भएको छ
रातिदेखि नै घाइतेको उद्दार जारी भए पनि अस्पतालमा प्राप्त बेडहरू नहुदा समस्या भएको छ । ठूलो हावाहुरी आएको र घर लगायतका भौतिक संरचनामा क्षति भएकाले त्यहाँ पुरिएको हुनसक्ने शाहीले बताए । बारामा ४०० भन्दा बढी घाइते रहेको बताइएको । उद्दार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको छ ।
पर्साका विभिन्न स्थानमा १२० जना घाइते भएको र उनीहरूको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ । हुरीका कारण आपतमा परेकाहरूको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ ।
पुर्वी तराईमा हावाहुरीको कहर: मृत्यु हुनेको संख्या २७ पुग्यो, उद्दार जारी
पुर्वी तराईमा हावाहुरीको कहर: मृत्यु हुनेको संख्या २७ पुग्यो, उद्दार जारी

Advertisement
तपाईको प्रतिक्रिया