गुडिरहेको विङ्गरबाट खसेर महिला गंभीर

कामना डेली,प्युठान । जिल्लाको भालुवाङ-दर्भान सडक खण्ड अन्तर्गत सरुमारानी गाउपालिका २ ददेरीमा गुडिरहेको विङ्गरको ढोकाबाट खसेर एक महिला गम्भीर घाईते भएकी छन। सोमबार बिहान मल्लरानी गाउपालिका –१ सोल्हाल्ना बस्ने ३० वर्षीया एमकला थापा वीङ्गरबाट खसेर गंभीर घाईते भएको प्रहरीले जानकारी दिएको हो ।

ईलाका प्रहरी कार्यालय भालुवाङका अनुसार आज बिहान दाङको भालुवाङवाट प्युठानको बिजुवार तर्फ जाँदै गरेको लु१ज २३१३ नंवरको यात्रुबहाक  विङ्गरको ढोकाबाट खस्दा थापा गंभिर घाइते भएकि हुन ।

गम्भीर घाइते थापालाई स्थानीय अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि बुट्वल पठाईएको घटनास्थल पुगेका प्रहरी हवल्दार भीम अधिकारीले बताए ।

विङ्गर र त्यस्का चालक प्रहरीको नियन्त्रणमा राखिएको छ ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...