• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, कार्तिक ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ४. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ५. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ


  •   बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित
  • काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ गोरखा–१ का जलविद्युत् व्यवसायीको जम्बो टोली लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेका छन् ।
    गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनामा देखिएका समस्या समाधानका लागि गृहमन्त्री गुरुङले ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरणका अधिकारीसँग छलफल गरेका हुन् ।
    छलफलमा व्यवसायीहरूले विद्युत् उत्पादनको तयारीमा रहेका आयोजनाका लागि प्रसारण लाइन विस्तारदेखि विभिन्न व्यवस्थापकीय समस्या उठाएका थिए ।
    गृहमन्त्री गुरुङले गोरखाका नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको काममा देखिएका समस्या समाधानका लागि सहजीकरण गरिदिन ऊर्जामन्त्री श्रेष्ठ र प्राधिकरणलाई आग्रह गरे ।
    उनले जलविद्युत् आयोजनाले स्थानीय जनतालाई लाभ दिनुपर्ने भन्दै व्यवसायीलाई सामाजिक उत्तरदायित्व (सीएसआर) मा पारदर्शिता अपनाउन र राजनीतिमा नलागी व्यवसायमा केन्द्रित हुन आग्रह गरे ।
    ‘राजनीति नगरी काम गर्नुस्, जलविद्युत् आयोजनाबाट स्थानीय जनताले सुविधा पाउनुपर्छ,’ गुरुङले भनेका थिए ।
    सरकारका तर्फबाट पूर्ण सहजीकरण हुने र प्राधिकरणले आयोजनाका बाधा फुकाउने उनको भनाइ थियो ।
    छलफलमा ऊर्जामन्त्री श्रेष्ठले गोरखाका जलविद्युत् आयोजनामा देखिएका समस्या समाधानका लागि पूर्ण सहजीकरण गर्ने प्रतिबद्धता जनाए । उनले प्राधिकरणलाई आवश्यक पहल गर्न निर्देशनसमेत दिए।
    प्राधिकरणका कामु निर्देशक दीर्घायु श्रेष्ठले आयोजनाका समस्या सम्बोधनका लागि पहल भइरहेको जानकारी दिए । प्रसारण लाइनका समस्या समाधान गर्न स्रोत जुटाउने विषयमा गृहकार्य भइरहेको उनले बताए ।
    गोरखामा बूढीगण्डकीसहित दर्जनभन्दा बढी जलविद्युत् आयोजना निर्माणाधीन छन् । निर्माणका क्रममा देखिएका समस्या लिएर गृहमन्त्री गुरुङ व्यवसायीको टोलीसहित ऊर्जा मन्त्रालय पुगेका हुन् ।

    Advertisement

    बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ४.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ५.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation