गुल्मी — माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को पुनर्योग (रि–टोटलिङ) नतिजापछि गुल्मीमा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या थपिएको छ। यसअघि सार्वजनिक नतिजामा सीमित विद्यार्थीले मात्र ४ जीपीए प्राप्त गरेका थिए।
Advertisement
पुनर्योगपछि तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयका विशाल बिक र विश्वास थापाले ४ जीपीए हासिल गरेका छन्। यस्तै जिल्लाका रेम्बो इङ्ग्लिस बोर्डिङ स्कुलका २ जना, महेन्द्र माध्यमिक विद्यालय, रिडी माध्यमिक विद्यालय, रेसुङ्गा माध्यमिक विद्यालय र शारदा माध्यमिक विद्यालयका १–१ जना विद्यार्थीले पनि ४ जीपीए प्राप्त गरेका छन्।
पुनर्योगपछि नतिजा सुधार भएसँगै विद्यार्थी, अभिभावक तथा विद्यालयमा खुसी छाएको छ। सरोकारवालाहरूले यसलाई विद्यार्थीको मेहनत र विद्यालयको शैक्षिक गुणस्तरको प्रमाणका रूपमा लिएका छन्।