दाङ । दाङको राप्ती गाउँपालिकाले सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति रोक्न ९ वटै वडाका सार्वजनिक चोकमा ४५ वटा फलामे डस्टबिन राखेको छ ।
बजार क्षेत्र, मुख्य सडक तथा मानिसको बढी आवतजावत हुने स्थानलाई लक्षित गरी डस्टबिन राखिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको सरसफाइ शाखा प्रमुख गीता चौधरीका अनुसार डस्टबिन राख्नुका साथै त्यसको सही प्रयोग र नियमित फोहोर व्यवस्थापनमा समेत ध्यान दिइनेछ । यसबाट नागरिकमा डस्टबिन प्रयोग गर्ने बानीको विकास हुने र सार्वजनिक स्थानको सरसफाइमा सुधार आउने अपेक्षा गरिएको छ ।
गाउँपालिकाले सार्वजनिक स्थानमा जम्मा हुने फोहोर दैनिक रूपमा ट्र्याक्टरमार्फत संकलन गर्दै आएको छ । डस्टबिन राखिएसँगै फोहोर संकलनलाई थप व्यवस्थित बनाउने तयारी गरिएको छ ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टले स्वच्छ र सुन्दर राप्ती निर्माणका लागि सरसफाइलाई प्राथमिकतामा राखिएको बताए ।
‘डस्टबिन राखेर मात्रै बजार सफा हुँदैन, यसको सही प्रयोग गर्न नागरिकको भूमिका महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘स्वच्छ र व्यवस्थित राप्ती निर्माण सबैको साझा जिम्मेवारी हो ।’
गाउँपालिकाले डस्टबिनको सही प्रयोग गर्न, जथाभावी फोहोर नफाल्न तथा सार्वजनिक स्थानको सरसफाइमा सहयोग गर्न नागरिकलाई आग्रह गरेको छ ।
जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
Advertisement
तपाईको प्रतिक्रिया