• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, मङि्सर २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

लोकप्रिय समाचार

  • १. प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

  • २. २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

  • ३. एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

  • ४. राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

  • ५. क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

  • ६. दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

  • ७. गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

  • ८. गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल

  • ९. नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

  • १०. सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू

जय शम्भो: शिवरात्री एक महत्व अनेक, बिकृती भित्रदै


  •   आइतबार, फागुन १९, २०७५ मा प्रकाशित
  • सुनिता कंडेल÷तम्घास गुल्मी
    नेपाल भौगोलिक बिबिधताले धनी देश हो । यहाँ थुप्रै जातजातिका मानिसहरु बसोबास गर्दछन् । ती जातीहरुको आ–आफ्नो धर्म संस्कृति र रितिरिवाज रहिआएको छ । त्यस अन्तर्गत हिन्दुधर्म एक हो । यसमा धेरै चाडपर्वहरु छन् । बिभिन्न चाडपर्वहरुको आ–आफ्नो महत्व छ । सबैले आफ्नै ढङ्गले रितिरिवाज मनाउने गरिन्छ ।हिन्दु धर्मालम्बिहरुको लागि विभिन्न चाडपर्वमध्ये महाशिवरात्रि पर्व एक महान पर्व हो । फागुन कृष्ण चर्तुदशीको दिन मनाइने यस बर्षमा देशभरका शिबमन्दिरहरुमा पूजाआजा गर्नेहरुको ठूलो भीड लाग्ने गर्दछ । यस दिन दिनभर व्रत बसेर रातमा जागा बस्ने प्रचलन छ । यसो गर्दा भगवान शिव प्रसन्न हुने र शिवलाई प्रसन्न राख्न सकेमा मानिसबाट जानी नजानि गरिएका पाप कर्मको फलबाट मोक्ष प्राप्त हुने जनबिश्वास रहिआएको छ । शिवरात्रिमा व्रत बस्नाले ठूलो फल प्राप्त हुने मान्यता पनि छ । शिबजिलाइ प्रशन्न बनाउन अबिवाहित नारिहरु पनि बर्त बस्ने गर्दछन । हाम्रो समाजमा रहेका मठमन्दिर मध्ये शिवको मन्दिरहरु धेरैनै रहेका छन् । शिवका बिभिन्न स्वरुप र अदभूत शक्तिले गर्दा पनि अन्य देवताहरु भन्दा शक्तिको प्रतिकको रुपमा शिवलाई मानिदै आएको छ । शिवको पूजा,उपासाना बिशेष गरि तीज, श्रावण महिना, माघे संक्रान्ति र महाशिवरात्रीमा गर्ने गरिन्छ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा,अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन । सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए । शिवरात्रीलाई भगवान शिवको रात्रीको रुपमा लिइन्छ । शिवको अर्थ कल्याण हो । त्यसैले भगवान् शिव कल्याणका प्रतिमूर्ति हुनुहुन्छ । शिवरात्रीलाई भगवान् शिवको प्यारो दिनका रूपमा पनि लिइन्छ । यस दिनको मूख्य विशेषता भनेको कठोर उपबास तथा रातभर जागरण बसी भगवानको आराधना गर्नु हो । हिन्दु शास्त्र अनुसार यस दिनको महत्व तथा विशेषता अत्यन्त ठूलो छ । हिन्दु पुराणअनुसार महाशिवरात्रीको दिन विधिपूर्बृक पूजा गर्दा विभिन्न फल प्राप्त हुन्छ भनिन्छ । फागुन कृष्ण चतुर्दशीका दिनमा स्नान गरी शुद्ध मनले निराहार बसी रातभर जागा बसेर भगवान महादेवको पूजा आराधना गरेमा सबै कार्य सिद्ध हुन्छ । भगवान शिव अत्यन्त दयालु देवता हुनुहुन्छ र उहाँ प्रसन्न भएमा आफुले इच्छाएको पूरा हुन्छ भन्ने विश्वास गरिन्छ ।
    यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ । शिवरात्री पर्वलाई हिन्दु समुदायमा बिशेष आस्था बिस्वास र महत्वका साथ मनाउने गरिन्छ । तर पछिल्लो समय हाम्रो समाजमा पर्व मनाउने शिलशिलामा अनुशासन र त्यसको महत्व भन्दा पनि देखासिकि र बिकृतिले जरा गाडेको छ ।  पर्व मनाउने बाहानामा बिभिन्न नकरात्मक क्रियाकलापहरु वढ्दै गएका छन् । चाडपर्वलाई संस्कृति भन्दा पनि वढि मनोरञ्जन र समय व्यतित गर्ने माध्यमको रुपमा बिकशित गरिदै आएको देखिन्छ । भगवान् शिवलाई प्रसन्न पार्ने हेतुले शिवको प्रिय् गाँजा, भाङ, धतुरो घोट्टा आदिको खुलम खुल्ला सेवन गर्ने चलन छ । यो खाएपछी शिव खुशी हुन्छन् भन्ने मान्यतालाई युवापुस्ताले मनोरञ्जनको माध्यम पनि बनाएका छ्न । बिहानैदेखि नशालु पदार्थ सेवन गर्ने एकआपसना झैझगडा गर्ने जस्ता क्रियाकलाप हाम्रो समाजमा ब्याप्त छ । एकदिन गरिएको रमाइलोले कतिपय युवापुस्ता कुलतको सिकार बन्न पुगेका छन एस्ले पछिसम्मको लागि नकारात्मक असर पारेको छ ।
    हाम्रो समाजमा धेरै युवायुतिहरु नसालु पदार्थको सिकार भएर आज त्यहि नसालु पदार्थ बिना बाच्न नसक्ने अबस्थामा पुगेका धेरै घटनाहरु हाम्रो समाजमा जनजायत छन् । शिब भगवानको प्रसादको रुपमा प्रयोग हुने बिभिन्न नसालु पदार्थ हामिले जति सार्बजनिक रुपमै खुलमखुल्ला प्रयोग गरिरहेका छौ त्यतिनै मात्रामा हाम्रो समाजका धेरै युवापिडिहरु कुलतमा फस्ने र समाजमा बिभिन्न अपराधिक क्रियाकलापहरुमा बढ्ने सम्भावना धेरै हुन्छ । समाजमा पर्व एक तर बिकृति अनेक बढ्दै गएको छ । शिबरात्रीको प्रसादको रुपमा प्रयोग हुने नसालु पदार्थले स्कुल तथा क्याम्पसमा पढ्ने धेरै बिद्यार्थी लागु औषध दूव्यसनीमा फस्ने गरेका छन् । हाम्रो समाजमा शिबरात्रीसँगै प्रयोग हुने नसालु पदार्थको प्रयोगबाट युवापिडिमा पर्ने असर र समाज पार्ने नकरात्मक घटनाहरु तथा बिभिन्न कानुनि अबस्था बारेमा जानकारी हुनु जरुरी छ । यश बिषयमा घरपरिवार अथवा अभिभावकले पनि ध्यान दिनेपर्ने देखिन्छ । हामिले शिबरात्री पर्वको धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक महत्वलाई जोगाइराख्नु जरुरि छ । शिबरात्रीको अबसरमा धार्मिक मान्यता देखाएर नशालु पदार्थको अत्याधिक सेवन गर्ने, समाजमा होहल्ला गर्ने जस्ता बिकृतिजन्य क्रियाकलाप नगरौ । शिबरात्री पर्व समाजमा चेतना फैलाउने संस्कृतिको जगेर्ना र संरक्षण गर्ने किसिमको बनोस । महाशिबरात्रीको शुभकामना ।

    Advertisement

    आइतबार, फागुन १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल
    डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार
    देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण
    लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय

    लोकप्रिय

    • १.
      प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

    • २.
      २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    • ३.
      एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य

    • ४.
      राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

    • ५.
      क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

    • ६.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    भर्खरै

    • १.
      काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

    • २.
      एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

    • ३.
      नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

    • ४.
      ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

    • ५.
      राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

    • ६.
      सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

    • ७.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    • ८.
      चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation