• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

जय शम्भो: शिवरात्री एक महत्व अनेक, बिकृती भित्रदै


  •   आइतबार, फागुन १९, २०७५ मा प्रकाशित
  • सुनिता कंडेल÷तम्घास गुल्मी
    नेपाल भौगोलिक बिबिधताले धनी देश हो । यहाँ थुप्रै जातजातिका मानिसहरु बसोबास गर्दछन् । ती जातीहरुको आ–आफ्नो धर्म संस्कृति र रितिरिवाज रहिआएको छ । त्यस अन्तर्गत हिन्दुधर्म एक हो । यसमा धेरै चाडपर्वहरु छन् । बिभिन्न चाडपर्वहरुको आ–आफ्नो महत्व छ । सबैले आफ्नै ढङ्गले रितिरिवाज मनाउने गरिन्छ ।हिन्दु धर्मालम्बिहरुको लागि विभिन्न चाडपर्वमध्ये महाशिवरात्रि पर्व एक महान पर्व हो । फागुन कृष्ण चर्तुदशीको दिन मनाइने यस बर्षमा देशभरका शिबमन्दिरहरुमा पूजाआजा गर्नेहरुको ठूलो भीड लाग्ने गर्दछ । यस दिन दिनभर व्रत बसेर रातमा जागा बस्ने प्रचलन छ । यसो गर्दा भगवान शिव प्रसन्न हुने र शिवलाई प्रसन्न राख्न सकेमा मानिसबाट जानी नजानि गरिएका पाप कर्मको फलबाट मोक्ष प्राप्त हुने जनबिश्वास रहिआएको छ । शिवरात्रिमा व्रत बस्नाले ठूलो फल प्राप्त हुने मान्यता पनि छ । शिबजिलाइ प्रशन्न बनाउन अबिवाहित नारिहरु पनि बर्त बस्ने गर्दछन । हाम्रो समाजमा रहेका मठमन्दिर मध्ये शिवको मन्दिरहरु धेरैनै रहेका छन् । शिवका बिभिन्न स्वरुप र अदभूत शक्तिले गर्दा पनि अन्य देवताहरु भन्दा शक्तिको प्रतिकको रुपमा शिवलाई मानिदै आएको छ । शिवको पूजा,उपासाना बिशेष गरि तीज, श्रावण महिना, माघे संक्रान्ति र महाशिवरात्रीमा गर्ने गरिन्छ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा,अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन । सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए । शिवरात्रीलाई भगवान शिवको रात्रीको रुपमा लिइन्छ । शिवको अर्थ कल्याण हो । त्यसैले भगवान् शिव कल्याणका प्रतिमूर्ति हुनुहुन्छ । शिवरात्रीलाई भगवान् शिवको प्यारो दिनका रूपमा पनि लिइन्छ । यस दिनको मूख्य विशेषता भनेको कठोर उपबास तथा रातभर जागरण बसी भगवानको आराधना गर्नु हो । हिन्दु शास्त्र अनुसार यस दिनको महत्व तथा विशेषता अत्यन्त ठूलो छ । हिन्दु पुराणअनुसार महाशिवरात्रीको दिन विधिपूर्बृक पूजा गर्दा विभिन्न फल प्राप्त हुन्छ भनिन्छ । फागुन कृष्ण चतुर्दशीका दिनमा स्नान गरी शुद्ध मनले निराहार बसी रातभर जागा बसेर भगवान महादेवको पूजा आराधना गरेमा सबै कार्य सिद्ध हुन्छ । भगवान शिव अत्यन्त दयालु देवता हुनुहुन्छ र उहाँ प्रसन्न भएमा आफुले इच्छाएको पूरा हुन्छ भन्ने विश्वास गरिन्छ ।
    यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ । शिवरात्री पर्वलाई हिन्दु समुदायमा बिशेष आस्था बिस्वास र महत्वका साथ मनाउने गरिन्छ । तर पछिल्लो समय हाम्रो समाजमा पर्व मनाउने शिलशिलामा अनुशासन र त्यसको महत्व भन्दा पनि देखासिकि र बिकृतिले जरा गाडेको छ ।  पर्व मनाउने बाहानामा बिभिन्न नकरात्मक क्रियाकलापहरु वढ्दै गएका छन् । चाडपर्वलाई संस्कृति भन्दा पनि वढि मनोरञ्जन र समय व्यतित गर्ने माध्यमको रुपमा बिकशित गरिदै आएको देखिन्छ । भगवान् शिवलाई प्रसन्न पार्ने हेतुले शिवको प्रिय् गाँजा, भाङ, धतुरो घोट्टा आदिको खुलम खुल्ला सेवन गर्ने चलन छ । यो खाएपछी शिव खुशी हुन्छन् भन्ने मान्यतालाई युवापुस्ताले मनोरञ्जनको माध्यम पनि बनाएका छ्न । बिहानैदेखि नशालु पदार्थ सेवन गर्ने एकआपसना झैझगडा गर्ने जस्ता क्रियाकलाप हाम्रो समाजमा ब्याप्त छ । एकदिन गरिएको रमाइलोले कतिपय युवापुस्ता कुलतको सिकार बन्न पुगेका छन एस्ले पछिसम्मको लागि नकारात्मक असर पारेको छ ।
    हाम्रो समाजमा धेरै युवायुतिहरु नसालु पदार्थको सिकार भएर आज त्यहि नसालु पदार्थ बिना बाच्न नसक्ने अबस्थामा पुगेका धेरै घटनाहरु हाम्रो समाजमा जनजायत छन् । शिब भगवानको प्रसादको रुपमा प्रयोग हुने बिभिन्न नसालु पदार्थ हामिले जति सार्बजनिक रुपमै खुलमखुल्ला प्रयोग गरिरहेका छौ त्यतिनै मात्रामा हाम्रो समाजका धेरै युवापिडिहरु कुलतमा फस्ने र समाजमा बिभिन्न अपराधिक क्रियाकलापहरुमा बढ्ने सम्भावना धेरै हुन्छ । समाजमा पर्व एक तर बिकृति अनेक बढ्दै गएको छ । शिबरात्रीको प्रसादको रुपमा प्रयोग हुने नसालु पदार्थले स्कुल तथा क्याम्पसमा पढ्ने धेरै बिद्यार्थी लागु औषध दूव्यसनीमा फस्ने गरेका छन् । हाम्रो समाजमा शिबरात्रीसँगै प्रयोग हुने नसालु पदार्थको प्रयोगबाट युवापिडिमा पर्ने असर र समाज पार्ने नकरात्मक घटनाहरु तथा बिभिन्न कानुनि अबस्था बारेमा जानकारी हुनु जरुरी छ । यश बिषयमा घरपरिवार अथवा अभिभावकले पनि ध्यान दिनेपर्ने देखिन्छ । हामिले शिबरात्री पर्वको धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक महत्वलाई जोगाइराख्नु जरुरि छ । शिबरात्रीको अबसरमा धार्मिक मान्यता देखाएर नशालु पदार्थको अत्याधिक सेवन गर्ने, समाजमा होहल्ला गर्ने जस्ता बिकृतिजन्य क्रियाकलाप नगरौ । शिबरात्री पर्व समाजमा चेतना फैलाउने संस्कृतिको जगेर्ना र संरक्षण गर्ने किसिमको बनोस । महाशिबरात्रीको शुभकामना ।

    Advertisement

    आइतबार, फागुन १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation