• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

छिन्नभिन्न माओवादी आन्दोलन र २४ औं जनयुद्ध दिवस


  •   बुधबार, फागुन ०१, २०७५ मा प्रकाशित
  • -जायश्वर जैसी

    Advertisement

    ‘राज्य सत्ताबाहेक अरू सबै भ्रम हो’ भन्ने मान्यतामा आधारित भएर २०५२ साल फाल्गुन १ गते तत्कालीन नेकपा ( माओवादी ) को नेतृत्वमा जनयुद्ध सुरु भएको पनि आज २४ औं वर्ष पुगेको छ । २४ औं वर्षको यो अवधिसम्म आइपुग्दा माओवादीहरू छिन्नभिन्न अवस्थाबाट गुज्रिएका छन् । जनतालाई देखाइएका सपनाहरूलाई माओवादीहरूले तिलाञ्जली दिई लात मारी सकेका छन् । माओवादीहरू एक अर्कोलाई आरोप प्रत्यारोप गर्ने काम गरिरहेका छन् । एकले अर्कोलाई उग्रवामपन्थी र प्रतिगमनकारी दक्षिणपन्थी भन्दै आरोपित गर्दै हिडिरहेका छन् । केही माओवादीहरू एमालेसँग मिली नेकपाको नामबाट सिंह दरवारमा छिरेर संसदीय मोजमस्तीमा रमाउँदै खसीको टाउको झुण्डाएर कुकुरको मासु बेचिरहेका छन् ।

    केही माओवादी भन्नेहरू माओवादी नै भन्न घिन मान्दै आफूलाई नयाँशक्तिको रूपमा चिनाउने दुस्साहस गरिरहेका छन् । केही माओवादीहरू न त क्रान्तिको यात्रामा अगाडि बढ्ने साहस गर्छन् न त संसदीय राजनीतिलाई स्वीकार गर्छन् । कुहिरोको कागको रूपमा आफूलाई उभ्याइरहेका छन् । केही माओवादीहरू जनतामाथि धोका भयो भन्दै नेकपाको रूपमा एकीकृत जनक्रान्ति र बैज्ञानिक समाजवादको नयाँ सपना बाँडिरहेका छन् । केही माओवादीहरू अरबका खाडीहरूमा रगत र पसिनाले लत्रक्क भिज्दै माथि उल्लेखित माओवादीका पक्ष र विपक्षमा समाजिक सञ्जालमा आफ्नो मत जाहेर गरिरहेका छन् ।

    केही माओवादीहरू बीच सडकमा गाँस,बासको खोजीमा भौँतारिरहेका छन् । केही माओवादीहरू, माओवादी नेताका खोक्रा विभ्रमबाट माथि उठी जेनतेन आफ्नो गुजारा गर्दै जीविका धान्ने प्रयासमा लागी रहेका छन् । केही माओवादीहरू जुवा, तास र रक्सीको नसामा आफूलाई सिद्धाउन थाली सकेका छन् । केही माओवादीहरू स्वतन्त्र जीवनयापनमा फर्की समाजमा न्याय अन्याय नियालेर बसेका छन् । केही माओवादीहरू दुस्मनले गरेको गाली सहेर निन्याउरो मुख लगाई समाजमा बस्न विवश छन् । ‘माओवादी राज्य सत्ता’ धेरै टाढाको कुरा भैसकेको छ । यतै यतै छ अहिलेको माओवादी आन्दोलन ।
    ‘एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताविना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारा वर्ग एवम् आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौँ । यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दबाब दिई सामान्य सम्झौतामा टुंगाउने साधन बन्न कदापि दिइने छैन ।’ यी वाक्यहरू माओवादी जनयुद्धको थालनीको बेला जनता र कार्यकर्ताको बीचमा माओवादी नेतृत्वबाट उद्घोष गरिएका वाक्य थिए । जुन हतियार अन्तसम्म लैजाने दृढता गरिएन । बीचमै अल्पत्र पारियो । प्रतिक्रियावादी(नाम फेरिएको) भनिएको सत्ताको सेनालाई ती हतियार बुझाइयो । यो कार्य सर्वहारा वर्ग र आम जनताप्रति अपराध गरियो कि न्याय गरियो ? प्रश्न गम्भीर छ । हुन त यस कार्यलाई समयको माग र गतिशील राजनीतिक यात्राको रूपमा अर्थ्याइएको छ । गतिशील राजनीति वा आत्मसमर्पण के थियोे ?

    यसको फैसला इतिहासले पक्कै एक दिन गर्ने छ । जनयुद्ध जनताको स्थितिमा आंशिक सुधारको निम्ति थिएन । जनताको जीवनस्तरमा आमूल परिवर्तनको लागि थियो । जनताका पीडा र व्यथाहरू जस्ताको तस्तै छन् ।

    जनयुद्ध गर्ने बेला भनिएको थियोे, ‘जनयुद्धलाई प्रतिक्रियावादीलाई दबाब दिई सामान्य सम्झौतामा टुङ्गाउने साधन बन्न कदापि दिइने छैन ।’ तर आज जनयुद्धलाई प्रतिक्रियावादीहरूलाई दबाब दिई सामान्य सम्झौतामा टुङ्गाएर नाम फेरिएको भ्रष्ट व्यवस्थामा पुग्ने साधन बनाइएको जगजाहेर छ ।
    आज माओवादीहरू जहाँ जहाँ उछिट्टिएका छन् । जनताका आशा र सपनाहरू त्यस्तै गरी उछिट्टिएका छन् । इतिहास कोट्याएर काम छैन अब भन्ने पनि केही मानवहरूलाई लाग्न सक्छ । तर, इतिहासको गम्भीर समीक्षा र पुनरावलोकनबिना वर्तमान र भविष्यको सही गन्तव्य तय गर्न सकिँदैन ।

    नेताहरूले जनताका बीचमा राखेका प्रस्तावहरू उनीहरूका निजी मामिला हुन सक्दैनन् । जनयुद्धलाई आज निजी मामिलाको साधन बनाइएको छ । जनयुद्धमा ठुला ठुला सपना देखाइयो । घर, परिवार, शिक्षा सबै त्याग्न लगाएर युद्धमा हिड्ने गराइयो । मान्छेहरू त्यो जनयुद्धमा लामबद्ध पनि भए । सत्र हजारको बलिदानसहित हजारौंको सङ्ख्यामा अङ्ग भङ्ग र बेपत्ताको स्थिति सिर्जना भयो । जनयुद्ध न्यायपूर्ण नै थियो ।

    जनयुद्धमा उठाइएका प्रस्तावहरू जाहेज थिए किनकि जनयुद्धका ती प्रस्तावहरूमा देश र जनताको मुहार फेर्ने परिकल्पना थियो । न त जनताको मुहार फेरियो न त देशको, फेरियो त ती झुठ र बैमानहरूको फेरिएको छ । जे जे गफ गरे पनि जनताको जीवनस्तर बदलिएको छैन ।

    माओवादीको मूल नेतृत्व विसर्जनवादमा भाँसिएको छ ।
    माओवादी एउटा बिचार हो । जुन बिचारले समाजमा न्याय स्थपित गर्छ र गर्नुपर्छ । सच्चा र क्रान्तिकारी माओवादीहरू जनताको न्यायको लागि एक ठाउँमा उभिनु आजको अपरिहार्य आवश्यकता बनिसकेको छ । माओवादी जनयुद्धको यो २४ औं वार्षिक उत्सवको क्षेणमा यसले केही माओवादीहरूभित्र उत्साह, खुसी, रमाइलो छाए पनि खास माओवादी बिचारलाई आत्मसात गर्ने जनता र नेता कार्यकर्तालाई भने दुखित र आक्रोशित पनि तुल्याएको छ । २४ औं वर्षको यो समयमा कम्युनिस्ट माओवादीहरू निराशामा नरुमलिएर आशावादी भएर अगाडि बढ्नुको विकल्प छैन । जनयुद्धका घाइते, अपाङ्ग र सहिद परिवारजनप्रति उच्च सम्मान प्रकटसहित २४ औं जनयुद्धको हार्दिक शुभकामना ।

    लेखक  गौमुखी माद्यमिक विद्यालय  प्युठानका शिक्षक हुुुन।

    बुधबार, फागुन ०१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...