• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, मङि्सर २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

लोकप्रिय समाचार

  • १. प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

  • २. २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

  • ३. एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

  • ४. राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

  • ५. क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

  • ६. दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

  • ७. गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

  • ८. गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल

  • ९. नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

  • १०. सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू

छिन्नभिन्न माओवादी आन्दोलन र २४ औं जनयुद्ध दिवस


  •   बुधबार, फागुन ०१, २०७५ मा प्रकाशित
  • -जायश्वर जैसी

    Advertisement

    ‘राज्य सत्ताबाहेक अरू सबै भ्रम हो’ भन्ने मान्यतामा आधारित भएर २०५२ साल फाल्गुन १ गते तत्कालीन नेकपा ( माओवादी ) को नेतृत्वमा जनयुद्ध सुरु भएको पनि आज २४ औं वर्ष पुगेको छ । २४ औं वर्षको यो अवधिसम्म आइपुग्दा माओवादीहरू छिन्नभिन्न अवस्थाबाट गुज्रिएका छन् । जनतालाई देखाइएका सपनाहरूलाई माओवादीहरूले तिलाञ्जली दिई लात मारी सकेका छन् । माओवादीहरू एक अर्कोलाई आरोप प्रत्यारोप गर्ने काम गरिरहेका छन् । एकले अर्कोलाई उग्रवामपन्थी र प्रतिगमनकारी दक्षिणपन्थी भन्दै आरोपित गर्दै हिडिरहेका छन् । केही माओवादीहरू एमालेसँग मिली नेकपाको नामबाट सिंह दरवारमा छिरेर संसदीय मोजमस्तीमा रमाउँदै खसीको टाउको झुण्डाएर कुकुरको मासु बेचिरहेका छन् ।

    केही माओवादी भन्नेहरू माओवादी नै भन्न घिन मान्दै आफूलाई नयाँशक्तिको रूपमा चिनाउने दुस्साहस गरिरहेका छन् । केही माओवादीहरू न त क्रान्तिको यात्रामा अगाडि बढ्ने साहस गर्छन् न त संसदीय राजनीतिलाई स्वीकार गर्छन् । कुहिरोको कागको रूपमा आफूलाई उभ्याइरहेका छन् । केही माओवादीहरू जनतामाथि धोका भयो भन्दै नेकपाको रूपमा एकीकृत जनक्रान्ति र बैज्ञानिक समाजवादको नयाँ सपना बाँडिरहेका छन् । केही माओवादीहरू अरबका खाडीहरूमा रगत र पसिनाले लत्रक्क भिज्दै माथि उल्लेखित माओवादीका पक्ष र विपक्षमा समाजिक सञ्जालमा आफ्नो मत जाहेर गरिरहेका छन् ।

    केही माओवादीहरू बीच सडकमा गाँस,बासको खोजीमा भौँतारिरहेका छन् । केही माओवादीहरू, माओवादी नेताका खोक्रा विभ्रमबाट माथि उठी जेनतेन आफ्नो गुजारा गर्दै जीविका धान्ने प्रयासमा लागी रहेका छन् । केही माओवादीहरू जुवा, तास र रक्सीको नसामा आफूलाई सिद्धाउन थाली सकेका छन् । केही माओवादीहरू स्वतन्त्र जीवनयापनमा फर्की समाजमा न्याय अन्याय नियालेर बसेका छन् । केही माओवादीहरू दुस्मनले गरेको गाली सहेर निन्याउरो मुख लगाई समाजमा बस्न विवश छन् । ‘माओवादी राज्य सत्ता’ धेरै टाढाको कुरा भैसकेको छ । यतै यतै छ अहिलेको माओवादी आन्दोलन ।
    ‘एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताविना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारा वर्ग एवम् आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौँ । यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दबाब दिई सामान्य सम्झौतामा टुंगाउने साधन बन्न कदापि दिइने छैन ।’ यी वाक्यहरू माओवादी जनयुद्धको थालनीको बेला जनता र कार्यकर्ताको बीचमा माओवादी नेतृत्वबाट उद्घोष गरिएका वाक्य थिए । जुन हतियार अन्तसम्म लैजाने दृढता गरिएन । बीचमै अल्पत्र पारियो । प्रतिक्रियावादी(नाम फेरिएको) भनिएको सत्ताको सेनालाई ती हतियार बुझाइयो । यो कार्य सर्वहारा वर्ग र आम जनताप्रति अपराध गरियो कि न्याय गरियो ? प्रश्न गम्भीर छ । हुन त यस कार्यलाई समयको माग र गतिशील राजनीतिक यात्राको रूपमा अर्थ्याइएको छ । गतिशील राजनीति वा आत्मसमर्पण के थियोे ?

    यसको फैसला इतिहासले पक्कै एक दिन गर्ने छ । जनयुद्ध जनताको स्थितिमा आंशिक सुधारको निम्ति थिएन । जनताको जीवनस्तरमा आमूल परिवर्तनको लागि थियो । जनताका पीडा र व्यथाहरू जस्ताको तस्तै छन् ।

    जनयुद्ध गर्ने बेला भनिएको थियोे, ‘जनयुद्धलाई प्रतिक्रियावादीलाई दबाब दिई सामान्य सम्झौतामा टुङ्गाउने साधन बन्न कदापि दिइने छैन ।’ तर आज जनयुद्धलाई प्रतिक्रियावादीहरूलाई दबाब दिई सामान्य सम्झौतामा टुङ्गाएर नाम फेरिएको भ्रष्ट व्यवस्थामा पुग्ने साधन बनाइएको जगजाहेर छ ।
    आज माओवादीहरू जहाँ जहाँ उछिट्टिएका छन् । जनताका आशा र सपनाहरू त्यस्तै गरी उछिट्टिएका छन् । इतिहास कोट्याएर काम छैन अब भन्ने पनि केही मानवहरूलाई लाग्न सक्छ । तर, इतिहासको गम्भीर समीक्षा र पुनरावलोकनबिना वर्तमान र भविष्यको सही गन्तव्य तय गर्न सकिँदैन ।

    नेताहरूले जनताका बीचमा राखेका प्रस्तावहरू उनीहरूका निजी मामिला हुन सक्दैनन् । जनयुद्धलाई आज निजी मामिलाको साधन बनाइएको छ । जनयुद्धमा ठुला ठुला सपना देखाइयो । घर, परिवार, शिक्षा सबै त्याग्न लगाएर युद्धमा हिड्ने गराइयो । मान्छेहरू त्यो जनयुद्धमा लामबद्ध पनि भए । सत्र हजारको बलिदानसहित हजारौंको सङ्ख्यामा अङ्ग भङ्ग र बेपत्ताको स्थिति सिर्जना भयो । जनयुद्ध न्यायपूर्ण नै थियो ।

    जनयुद्धमा उठाइएका प्रस्तावहरू जाहेज थिए किनकि जनयुद्धका ती प्रस्तावहरूमा देश र जनताको मुहार फेर्ने परिकल्पना थियो । न त जनताको मुहार फेरियो न त देशको, फेरियो त ती झुठ र बैमानहरूको फेरिएको छ । जे जे गफ गरे पनि जनताको जीवनस्तर बदलिएको छैन ।

    माओवादीको मूल नेतृत्व विसर्जनवादमा भाँसिएको छ ।
    माओवादी एउटा बिचार हो । जुन बिचारले समाजमा न्याय स्थपित गर्छ र गर्नुपर्छ । सच्चा र क्रान्तिकारी माओवादीहरू जनताको न्यायको लागि एक ठाउँमा उभिनु आजको अपरिहार्य आवश्यकता बनिसकेको छ । माओवादी जनयुद्धको यो २४ औं वार्षिक उत्सवको क्षेणमा यसले केही माओवादीहरूभित्र उत्साह, खुसी, रमाइलो छाए पनि खास माओवादी बिचारलाई आत्मसात गर्ने जनता र नेता कार्यकर्तालाई भने दुखित र आक्रोशित पनि तुल्याएको छ । २४ औं वर्षको यो समयमा कम्युनिस्ट माओवादीहरू निराशामा नरुमलिएर आशावादी भएर अगाडि बढ्नुको विकल्प छैन । जनयुद्धका घाइते, अपाङ्ग र सहिद परिवारजनप्रति उच्च सम्मान प्रकटसहित २४ औं जनयुद्धको हार्दिक शुभकामना ।

    लेखक  गौमुखी माद्यमिक विद्यालय  प्युठानका शिक्षक हुुुन।

    बुधबार, फागुन ०१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल
    डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार
    देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण
    लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय

    लोकप्रिय

    • १.
      प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

    • २.
      २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    • ३.
      एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य

    • ४.
      राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

    • ५.
      क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

    • ६.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    भर्खरै

    • १.
      काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

    • २.
      एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

    • ३.
      नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

    • ४.
      ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

    • ५.
      राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

    • ६.
      सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

    • ७.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    • ८.
      चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...