• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • १०. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

माघीको रौनक:प्युठानमा कहाँ कहाँ लाग्दै छ मेला?


  •   सोमबार, पुष ३०, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी, प्युठान । जिल्लाका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुमा आज माघे सक्रान्ति मेला लाग्दैछन् । जिल्लाका मगर समुदायले यसपटक माघी पर्व धुमधामले मनाउने तयारी गरिएको छ। मगर बाहुल्य गाउँमा सांस्कृतिक र खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको छ ।कार्यक्रममा मगरका परम्परागत खाना र रहनसहनसमेत प्रदर्शन गरिने योजना छ । प्रदेश ५ कै उत्कृष्ट्र पर्यटकिय गन्तव्य स्वर्गद्धारी सहित झिमरुक नदिको उत्गम स्थल गौमुखी, झिमरुक नदि र माण्डवी नदिको संगम स्थल ऐरावती, तिरामको किमिचौर दह, मरण्ठानाको बुलवुल मुल बाइसधारा लगायत स्थलहरुमा भव्य मेला लाग्दैछन् ।यहाँ श्रदालुहरुको बाक्लो चहलपहल हुने गरेको छ।

    Advertisement

    गौमुखी

    पुस मसन्ता देखि यहाँ मेला शुरु हुने गर्दछ। माघ महिनाको पहिलो दिन यी स्थानहरुमा स्नान गरेमा वर्षभरी जानेर वा अन्जानमा भएका गल्ती पखालिन्छ भन्ने धार्मिक बिश्वास रहिआएको छ । माघे सक्रान्तिको दिन खिचडी खाने, विभिन्न प्रकारका तरुल र रोटीहरु खाने चलन छ ।

    हरेक बर्ष पर्यटन सम्वन्धी गतिविधि संचालन भैरहदाँ यस पटक जिल्लाका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम संचालन गरिएको छ । स्थानिय कला भाषा र लोपउन्मुख संस्कृतीको जगेर्नाका साथै पर्यट्न बिकासका लागि मेलाको आयोजना गरिएको आयोजकले जानकारी दिएका छ्न् ।
    माघे सक्रान्तिकै अवसर पारेर स्वर्गद्धारीमा यश बर्ष पनि खिचडि मेला आयोजना गरिएको छ। झिमरुक नदि र माण्डवी नदिको संगम स्थल ऐरावतीमा पनि नुहाउनेहरुको निकै घुइचो लागेको छ ।

    ऐरावती

    राप्ती नदि बन्ने यस स्थानमा नुहाउनका लागि प्युठान सहित दाङ,अर्घाखाँची,गुल्मी,कपिलबस्तु लगाएत छिमेकी राष्ट्र भारतबाट समेत दर्शनार्थी आउने क्रम शुरु भएको छ ।गौमुखी र ऐरावतीमा श्रदालुहरुले नुहाए पुर्णयलाभ हुने,सन्तान प्राप्ती हुने र मनले चिताएको।कुरा पुग्ने धार्मिक बिश्वास छ।
    भालुवाङ्ग–प्यूठान सडक सडक खण्डमा पर्ने बड्डाडाँ बजारदेखि करिव १८ किलोमिटर कच्चि सडक पार गरि माण्डवी नदीमाथि बनेको झोलुंगे पुल तरिसकेपछि ऐरावती पुग्न सकिन्छ । पुसको अन्तिम दिन राती स्थानीय सोरठी नाँच, लोक गीत, भजन क्रितन कार्यक्रम गरी माघे संक्रान्तिको दिन दोभानमा नुहाउने गरिएको छ ।गौमुखिमा विहानै गाईको मुख जस्तो आकारबाट छङछङ बग्ने चिसो पानीमा नुहाउनेहरुको घुँइचो लागेको थियो । दर्शनार्थीहरुलाई प्रसाद वितरण र भजन सहित स्थानीय लोक सास्कृतिक प्रदर्शनी कार्यक्रम समेत गरिएको छ । गौमुखी पुग्नका लागि अर्खासम्म कच्चि मोटरबाटो पुगेकाले दर्शनार्थीको संख्यामा बृद्धि भएको स्थानीयले बताएका छन् ।
    यसै गरी प्युठानको सरुमारानी ६ को तिराम स्थित किमिचौर गाउँमा रहेको किमिचौर दहमा पनि मेला लागने त्यहाँका स्थानीयबासीहरुले जनाएका छन् ।त्यस्तै नौबहिनी गाँऊपालिका–६ बाहाने बजारमा कला सस्कृति प्रदर्शन सहित सास्कृतिक कार्यक्रम तथा प्रतियोगिता, प्यूठान नगरपालिका–४ खेलकुद मैदानमा आदिवासी जनजातिहरुको कला सस्कृति प्रदर्शनी,प्यूठान नगरपालिका–१० बाईसधारा मुल मरन्ठानामा विभिन्न प्रतियोगिता सहित माघे सक्रान्ती मेला लाग्ने आयोजकहरुले बताएका छन।

    भलापाटामा रामजी आउने
    वर्षैपिच्छे हुँदै आईरहेको सालघारी भलापाटामा हुने माघीमेलामा प्यूठानीरुलाई मनोरञ्जन दिन लोक तथा दोहरी क्षेत्रका सर्वाधिक चर्चित गायक रामजी खाँण आउने भएका छन।
    प्यूठान नगरपालिका वडा नंं. १ स्थित सालघारी भलापाटालाई पर्यटकिय गन्तब्य बनाउन र स्थानिय विद्यालयलाई सहयोग गर्न माघी मेलाले सहयोग गर्ने आयोजक समितिका अध्यक्ष गायक तथा संगितकार राजकुमार टरालीको विश्वास छ ।
    सालघारीमा रहेको सालघारी प्राथमिक विद्यालयमा अक्षयकोष बृद्धि गर्न लक्ष्य लिईएकोले पनि माघी मेलालाई विशेष रुपमा अघि बढाईएको उनको भनाई छ । ‘यहा अध्ययन गर्ने गरिब जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहज होस ।’ टरालीलीले भने, ‘हामी विद्यालयको समग्र विकासको पहलमा जुटेका छौँ ।’
    विगत ४ वर्षयता टरालीको एकल आयोजनामा मेला लाग्दै आएको छ । यस पटक रामजी संगै भटभटे माईला, चित्र अविरल श्रिपाली, भरतमणी पौडेल र स्थानिय कलाकारहरु रविनासिंह टराली, समिक्षा वलि, चिराग मगर, सुजित परियार, अमर घर्तीको बेजोड प्रस्तुति रहने आयोजकले बताएको छ । हजारौँ दर्शक उपस्थित हुने मेलाको संचालन तथा उद्धघोषण प्यूठानका चर्चित संचारकर्मी प्यार अलि खाँनले गर्नेछन् ।

    सोमबार, पुष ३०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • २.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ७.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ८.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...