• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, फागुन ०८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

गुल्मीमा निर्वाचनअघि पर्याप्त मौज्दात राख्न प्रशासनको निर्देशन

एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता

कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड

अछाम–२ मा राजेश रावलले उम्मेदवारी फिर्ता, भुपदेव शाहलाई पूर्ण समर्थन

लोकप्रिय समाचार

  • १. रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड

  • २. प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा

  • ३. एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

  • ४. संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

  • ५. कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

  • ६. दाङमा सिकलसेल परीक्षण सुरु, ९ सयको जाँच

  • ७. एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण

  • ८. किसानलाई डिजिटल आईडीमार्फत प्रत्यक्ष अनुदान, ५०% कृषि क्षेत्र जैविक बनाउने उज्यालो पार्टीको घोषणा

  • ९. अछाम–२ मा राजेश रावलले उम्मेदवारी फिर्ता, भुपदेव शाहलाई पूर्ण समर्थन

  • १०. एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता

लिफ्ट आयोजनाले फेरिदै उदिक गाउँको मुहार


  •   बिहिबार, पुष २६, २०७५ मा प्रकाशित
  • सागर रिजाल÷प्युठान ।
    उदिक गाउँ,ऐरावती गाउँपालिका–६ मा पर्छ । यस क्षेत्रमा जलवायु परिवर्तनका कारण खानेपानीको मुहान सुकेर यहाँका स्थानियले खानेपानीको समस्या भोगेका थिए । आपखोलाको मुलबाट खानेपानी जोहो गर्दै आएका यस क्षेत्रका स्थानियहरुलाई खानेपानीको मुहान सुकेपछि पानीको समस्या थियो । झिमरुक खोलाको दुषित पानी पिउनु बाहेका कुनै विकल्प थिएन यहाँका स्थानियलाई ।
    खानेपानीको समस्या समाधानका लागि ऐरावती गाउँपालिका र पश्चिम नेपाल ग्रामिण तथा सरसफाई परियोजना दोस्रो चरणले यस क्षेत्रमा शुद्ध खानेपानी पु¥याउनको लागि उदिक लिफ्ट खानेपानी योजना मार्फत काम गरिएको छ । करिब ९ महिना लामो समयपश्चात लिफ्ट आयोजना सम्पन्न गरि उदिक गाउँमा खानेपानी पु¥याएको गाउँपालिकाका वास इकाई संयोजक श्रीधर भट्टराईले जानकारी दिए । उनले भने,–‘झिमरुक खोलाको पानी लिफ्ट मार्फत गाउँलेलाई पानी पु¥याएका छौँ ।
    उदिक लिफ्ट खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत घरघरमा धारा पुगेपछि एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष नबील विक्रम शाह, उपाध्यक्ष बुद्ध बहादुर बस्नेत, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण कास्कीका मिन बस्नेत, जिल्ला वास सल्लाहाकार प्रमोदलाल श्रेष्ठ, वडा अध्यक्ष चन्द्र बहादुर राना मगर को उपस्थितीमा धाराको पानी खोली योजनाको उद्घाटन गरिएको हो ।
    उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नबील विक्रम शाहले गाउँपालिकाले पालिका क्षेत्रका स्थानियलाई स्वच्छ खानेपानी खुवाउने लक्ष्य लिएको बताए । उदीकमा पश्चिम नेपालको सहयोगमा खानेपानी पुगेको छ । उनले भने,–‘खानेपानीलाई टिकाउन स्थानियको भुमिका महत्वपूर्ण हुन्छ ।’
    त्यस्तै गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले विकास निमार्णमा बस्ति स्तरको आवश्यकता र जनताको भावना अनुसार काम गर्नुपर्ने हाम्रो जिम्मेवारी रहेको बताए । अहिलेको सरकारले भन्दै आएका २ वटा विषय मुलुकमा शान्ति र समृद्धि जनतालाई महुशुस गराउने कुरा छ । उनले भने,–‘हामी सोही अनुसार लागेका छौँ ।’ जनताहरु सुखी भए आफु पनि खुसी हुने र जनता दुखी रहेमा आफु पनि दुखी हुने उनले बताए । उनले भने,–‘जनताको जीवनस्तर बदल्न हामीले योजना बनाउदै छौँ ।’ उनले अहिले घरघरमा धारा ल्याउनु हामीले देखेको सपनाको पहिलो खुडकिलो रहेको बताए ।
    घर घरमा धारा
    उदीक गाउँमा खानेपानीको समस्या निकै थियो लिफ्ट आयोजना समितिका कोषाध्यक्ष राधा खत्रीले बताईन् । उनले भनिन,–‘मुहान सुकेर निकै समस्या थियो, फोहोर पानी खानु बाहेक अरु विकल्प थिएन् ।’ परियोजनाले खानेपानी घरघरमा पु¥याईदिएकोमा उनले खुसि हुँदै भनिन,–‘शुद्ध खानेपानी हामी संगै अनेत्रका जनतालाई नी खुवाउनुहोला । ’ खानेपानी आयोजना सम्पन्न भएपश्चात यस क्षेत्रका ५४ घरधुरीका २ सय ९६ जनता लाभाम्वीत भएका छन् ।
    आयोजना सम्पन्न भएसंगै जतिबेला नि खानेपानी आँउने गरेको स्थानिय मधुसुदन थापाले बताए । धारामा नियमित खानेपानी आएको १ महिना भयो । उनले भने,–‘न्युनतम खानेपानीको बिल २ सय ५० रुपिँया तिरेको छु । ’ घर धुरी संगै यस क्षेत्रमा रहेको पोखराचौर प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पनि खानेपानी विद्यालयमै पुगेपछि सहज भएको छ । विद्यालयकी प्रधानाध्यापक सरस्वती आचार्यले भनिन,–‘विद्यालयको चौरमा ३ वटा र विद्यालय भित्र १ वटा धारा निमार्ण गरिएको छ ।’ विद्यालयमै खानेपानीको धारा बनेसंगै विद्यार्थीलाई घरबाट बोत्तलमा खानेपानी बोक्ने समस्या हल भएको बताईन् ।
    ६१ लाख लागतमा लिफ्ट आयोजना निमार्ण
    पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरणको ३९ लाख ८२ हजार ८ सय ३५ रुपिँया, ऐरावती गाउँपालिकाको ६ लाख ११ हजार ७ सय ७३ रुपिँया, उपभोक्ता श्रमदान ६१ हजार १ सय ७७ रुपिँया र जनताको श्रमदान १५ लाख २३ हजार १ सय २३ रुपिँया गरि ६१ लाख १६ हजार ७ सय ३२ रुपिँया लागतमा आयोजना सम्पन्न भएको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरणका वास इन्जिनियर धुव्र थापाले बताए ।
    सोचेको पनि थिईन धारामा पानी खस्छ भनेर ः स्थानिय
    दुषित खानेपानी पिउदै आएका उदीक बासी खानेपानी आएसंगै खुसि भएका छन् । ्यस गाउँमा खानेपानी आउँला भन्ने कल्पना पनि गरेको थिएन स्थानिय ७५ बर्षिय बृद्धा भिमा थापाले खुसि हुदै भनिन ,–‘पानी आउँछ भन्ने सोचेको पनि थिएन ,घरमा पानी खस्यो ।’ उनी संगै यस क्षेत्रका स्थानियहरु खानेपानी आएसंगै खुसि भएका छन् ।
    घर घरमा खानेपानीका धारा भएसंगै यस क्षेत्रका स्थानियको दैनिकि फेरिएको छ । खानेपानी नहुँदा पानीको जोहो गर्न समस्या थियो । स्थानिय राधा खत्रिले भनिन,–‘अहिले घर घरमा खानेपानीका धारा भएसंगै खानेपानी संगै कपडा धुन, नुहाउन सहज भएको छ ।’ यस क्षेत्रमा तरकारी खेति धेरैले गर्छन् । उनले भनिन,–‘तरकारी खेति गर्नेहरुलाई पनि घर घरमा धारा भएसंगै सहज भएको छ ।’

    Advertisement

    बिहिबार, पुष २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल
    रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता
    एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड
    एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता
    एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण
    संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

    लोकप्रिय

    • १.
      रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं :

    • २.
      प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक

    • ३.
      एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र

    • ४.
      संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि

    • ५.
      कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

    • ६.
      दाङमा सिकलसेल परीक्षण सुरु, ९ सयको जाँच

    भर्खरै

    • १.
      कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

    • २.
      ‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

    • ३.
      रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

    • ४.
      एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

    • ५.
      गुल्मीमा निर्वाचनअघि पर्याप्त मौज्दात राख्न प्रशासनको निर्देशन

    • ६.
      एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता

    • ७.
      कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

    • ८.
      रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...