• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

दुई हात र एक खुट्टा गुमाएका कृष्णःहात खुट्टा जोडिदिएर रुपाको आशु कस्ले पुछिदिने ?


  •   मङ्गलबार, पुष २४, २०७५ मा प्रकाशित
  • रुकुम– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ का २१ वर्षीय कृष्ण ओली । मिजासिलो बोली, हँसिलो मुहार, खाइलाग्दो तन्नेरी जोवन, फूलजस्तै सुन्दर जीवन संगिनी । आमाले अर्कै रोजिन्, बाबाले घर छोडे । धेरै सपना साँचेका कृष्णले सानैमा ठूलै भारी बोके जिम्मेवारीका । ऋण सापट गरेर इलेक्ट्रिक सबइञ्जिनियर पढे । वर्ष दिनअघि काभ्रेकी रुपासँग लगनगाँठो कसे । जेठ २४ गते पहिलो वैवाहिक वर्षगाँठ मनाए । आफ्ना साथीभाइ र परिवारका केही सदस्यलाई पनि बोलाए । त्यतिबेला जीव नसाथी रुपालाई कृष्णले काठमाडौं पठाएका थिए, स्टाफ नर्स पढाउन ।आफूले कष्ट गरेर, हड्डी घोटेर पनि रुपालाई स्टाफ नर्स पढाउने धोको थियो कृष्णको । केही वर्ष त्रिवेणी गाउँपालिका–९, रुकुम पश्चिमको सिम्ली बजारमा दुवै जना मिलेर होटेल पनि चलाए । रुपाको स्टाफ नर्समा नाम निस्केको थियो, वैशाख पहिलो साताबाट आफूले तुलसीपुर दाङको विद्युत कार्यालयमा साइट सुपरभाइजरको काम पनि सुरु गरे । यति लोभलाग्दो दैनिकी र आशालाग्दो भविष्य सबैसामु देखाएका थिए उनीहरुले । भोलि के हुन्छ कस्लाई पो थाहा छ र ? अघिल्लो दिन विवाहको वर्षगाँठ, भोलिपल्ट अर्थात २६ गते जागिरमा कामको पूर्ण जिम्मेवारी पाउने दिन थियो ।तर, जेठ २५ उनीहरुको जिन्दगीको कालो दिन बन्यो, नियति अर्कै बनेर आयो । रुपा र कृष्णको जिन्दगीमा बज्रपात भयो । त्यो दिन, तुलसीपुर उपमहानगरपालिका वडा नं। १४ बखरिया भन्ने ठाउँमा ग्राहकहरुलाई विद्युतको लाइन प्रवाह गर्न कृष्ण पोलमा चढे का थिए । करिब–करिब तार जोड्ने काम सकिएको थिए । एक्कासि आएको ११ हजार भोल्टेजको करेन्टले उनी बेहोस हुँदै जमिनमा पछारिए । विद्युतको झड्काले पछारिएनन् मात्र, करेन्टले मृत्युको मुखमा लगेर छोड्यो । साँझको बेला, विद्युतको लाइन काटेर नै उनी पोलमा चढेका थिए । तर, अर्कैको गल्तीको सिकार भए कृष्ण ।नजिकैको मिलवाला साहुले लाइन अन गरिदिएछन्, कृष्णलाई करेन्ट लाग्यो र जमिनमा बजारिए । साथमा सहयोगीहरु पनि थिए । तत्कालै एम्बुलेन्स बोलाएर कोहलपुर मेडिकल कलेज लगियो । उपचार सम्भव भएन, नेपालगञ्ज पुर्‍याइयो । त्यहाँ पनि उपचार हुन नसकेपछि भारतको लखनउ लगियो । त्यतिञ्जेल कृष्णको स्वास त फिर्ता भयो तर शरीर सग्लो नहुने देखियो । १८ दिनको लखनउमा ट्रमा सेन्टरको उपचारले कृष्णको अवस्थामा सुधार आएन । काठमाडौंबाट बेहोसीमै लखनउ पुगेकी उनकी जीवनसंगिनी रुपाले काठमाडौं ल्याइन् ।कहिले ग्राण्डी त कहिले कीर्तिपुर अस्पतालमा लगिन् ।लामो उपचारपछि निको त भए, तर उनका दुवै हात र एउटा खुट्टा काट्नुपर्ने भयो । रुपा जसोतसो सम्हालिने प्रयास गरिन्, कृष्णलाई अजम्बरी साथ दिनलाई गरेको वाचा निभाउँदैछिन्, रुपाको साथले कृष्ण आफ्नो स्वास चलिरहेको बताउँछन् । अहिले उनीहरु का ठमाडौंको कुलेश्वरमा छन् । कृष्णको दुवै हात छैनन्, देब्रे खुट्टा छैन । देबे्र खुट्टालाई तीन पटकसम्म काटियो । रुपाले हारेकी छैैनन्, नेपाली दाजुभाइ दिदी बहिनी आफ्नै हुन् र अप्ठ्यारो मद्धत गर्छन् भन्ने विश्वास बोकेकी छिन् । अहिलेसम्म उपचार गर्दा करिब ५० लाख सकियो । रुपा भन्छिन्, ‘अब ५० लाख भए हात खुट्टा जोड्न मिल्ने थियो ।’ग्रान्डी इन्टरनेशनल हस्पिटलका डाक्टरले हात खुट्टा जोड्न मिल्छ भने तर उनलाई थप ५० लाख जुटाउन मुश्किल छ । रुपाले जग्गा बेचेर, ऋण काढेर अहिलेसम्मको खर्च जोहो गरिन् । रुपाका अनुसार अझै ५० लाख तिर्न बाँकी छ । कृष्णका दाइ सुशीलले घर को जायजेथा बेचेर भाइको हालसम्मको खर्च जुटाउन सक्रिय रहे । अब परिवारले सम्पूर्ण नेपाली मनहरुलाई हात फैलाएर सहयोगको याचना गरेको छ । सबैको सहयोग पाए कृष्णको शरीरमा इलेक्ट्रोनिक हातखुट्टा जोड्न सम्भव छ । उनलाई हात र खुट्टा जोड्न सबैले सहयोग गर्न जरुरी छ कि भगवान भनेको मानवीय मनहरु नै हो ।सानैमा बुवाआमाको मायाबाट अलग रहेका, सुन्दर जीवन र सपनाका चाङ बोकेका २१ वर्षीय कृष्णको जोवन अहिले बेडमा सुस्ताएको छ । देश विदेशमा हुने मनकारी दाजुभाइ दिदीबहिनीहरुलाई कृष्णको हातखुट्टा जोड्नको लागि जतिसक्दो आर्थिक सहयोग गरि दिन परिवारजनले आग्रह गरेका छन् । कृष्ण ओलीकै नाममा सनराइज बैंक काठमाडौं, कालिमाटी शाखामा रहेको खाता नम्बर ०७७०५०३१६५२०५००१ र मोबाइल नम्बर ९८०३७४५७०८ मा सम्पर्क गर्न सकिने परिवारले बताएका छन् । तपाईँ हाम्रो सानो सहयोग कृष्णको लागि भगवानको रुप हुन सक्छ ।

    Advertisement

    मङ्गलबार, पुष २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • २.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ३.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ४.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ५.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ६.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ७.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ८.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation