रोल्पा –सुलिचौरबाट सिर्पका लागि छुटेको यात्रु बस जुतुङखोलामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । रोल्पाको लुङ्ग्री गाउँपालिका–३, जुतुङखोलामा सोमबार साँझ आशीर्वाद यातायात प्रालिको बा १ ख ५५२१ नम्बरको यात्रु बस दुर्घट्नामा परेको हो।जुतुङखोलाको उकालो घुम्तीमा चिप्लिएर दुर्घटना हुँदा स्वर्गद्धारी नगरपालिका–५ सारी प्यूठानका २४ वर्षीय चालक नवराज आले र लुङ्ग्री गाउँपालिका–३, जुतुङखोलाका ११ महिने बालक नितेश विकको मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ ।आलेलाई उपचारका लागी अस्पताल लैजादै गर्दा बाटो मै ज्यान गएको हो। वसमा ३० जना सवार रहेकोमा अन्य २३ जना घाइते भएको र तीमध्ये २ जना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए ।बस सडक बाट करिव ५० मिटर तल खसेको अनुमान गरिएको छ ।गम्भीर घाइतेहरुको उपचारका लागि नेपालगञ्ज रिफर गरिएको र २१ जनाको सुलिचौरमा उपचार भएको प्रहरीले जनाएको छ ।
रोल्पामा यात्रु बस दुर्घटना : २ जनाको मृत्यु, २३ घाइते
रोल्पामा यात्रु बस दुर्घटना : २ जनाको मृत्यु, २३ घाइते

Advertisement
तपाईको प्रतिक्रिया