अराज सिहं बेल्बासे, कपिलबस्तु
रोट्रयाक कल्व अफ कपिलबस्तुले अन्तराष्टिय नव बर्षको अबसरमा शुुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सन २०१९ को अबसरमा सम्पुर्ण रोट्रयाक रोट्री लयायत स्वदेस तथा बिदेशमा रहने नेपाली हरुमा शुुभकामना ब्यत्त गर्नुका साथै आजको दिन मनाइने राष्टिय टोपी दिवसको अबसरमा नेपाली टोपी हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका साथ टोपी दिवस मनाएको छ । कार्यक्रममा सुभकामना मन्तब्य दिदै रोट्रयाक कपिलबस्तुका अध्यक्ष सुनिल गैरेले सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) पहिचान हराउने डर भएकोले पनि टाका टोपी लाइ राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्नु पर्ने बताउनु भयो । सन्दिप मिश्रको संयोजनमा सम्पन्न कार्यक्रममा सुरेस खनाल ,सिताराम पोख्रेल, शिशिर पोख्रेलले ढाका टोपी दिवस तथा नयाँ बर्षको शुभमामना ब्यत्त गर्नु भएको थियो । कार्यक्रम रोट्रायाक गोपाल बन्जाडेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।