रुपन्देही,कामना डेली!
बुटवल उपमहानगर पालिकाले बालविकास केन्द्रका बालबालिकाहरुलाई टिफिन बक्स सहित दिवा खाजाको व्यवस्थापनमा जोड दिएको छ । बालबालिकाको नियमितता र स्वास्थ्यलाई मध्यनजर गरी यस्तो गर्न लागिएको नगरपालिकाको भनाई छ ।
बुटवलको कान्ति माविका बालविकास केन्द्रका बालबालिकाहरुलाई अभिभावकको उपस्थितीमा टिफिन बक्सको वितरण गर्दै उपमहानगपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले कार्यक्रमको शुरुवात गरेकी छिन् ।
टिफिन बक्सको वितरण गर्दै उपप्रमुख आचार्यले बालबालिकाले खाने खाजा र प्रयोग गर्ने भाडाको अवस्थालाई ध्यान दिइ टिफिन बक्स वितरण र खाजा रकमको व्यवस्थापन गरेको बताइन् ।
Advertisement