• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ८. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

कपिलवस्तुको सोनवागढमा पहिलो पटक उत्खनन सुरु


  •   मङ्गलबार, पुष १०, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे
    कपिलवस्तु( चन्द्रौटा )।
    कपिलवस्तुको शिवराज नगरपालिका ३ भितिरियमा रहेको सोनवागढ मन्दिरमा पहिलो पटक उत्खनन सुरु गरिएको छ । प्रचुर पर्यटकीय सम्भावना बोकेको सोनवागढ मन्दिर लुम्बिनि विकास कोषको प्राविधीक सहयोगमा मंगलबार देखि उत्खनन कार्य सुरु भएको छ । उत्खनन कार्यको शुभारम्भ नगर प्रमुख नेत्रराज अधिकारी, प्रमुख प्रशाकिय अधिकृत शेषकान्त पौडैल, वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटा, वडा नं. ४ का वडा अध्यक्ष सफिक अहमद मुसलमानले कुटो कोदालोले उत्खनन क्षेत्रमा खनेर सुरभारम्भ गरिएको हो ।
    कोषको पुरातत्व विभागले गत बर्ष देखि नै सोनवागढ मन्दिर क्षेत्रलाई संरक्षण गर्दै आइरहेको , नदी कटानको चपेटामा पर्दै जाँदा धरापमा पर्न सक्ने सम्भावित खतरालाई नियन्त्रण गर्न गत बर्ष तटबन्धन समेत गरिएको वरिष्ठ पुरातत्वविद कृष्ण बहादुर के.सी.ले बताए ।
    प्रदेश नं. ५ का सभासद अर्जुन कुमार के.सी.ले बारम्बार पुरातत्व विभाग संग सोनवागढमा उत्खनन गर्न पहल गर्दै आएकाले कोषको पुरातत्व विभागको टोलीले गत बर्ष देखि नै मन्दिर क्षेत्रमा खोज र अनुसन्धान सुरु गरेको हो । नदी कटानले इतिहास बगाउला भनेर सभासद के.सी.कै पहलमा कटान क्षेत्रमा तट बन्धन गरिएको लुम्बिनी विकास कोषले जनाएको हो ।
    रुपन्देही र कपिलवस्तुमा गरी उत्खनन गर्नु पर्ने १० वटा साइटहरु भए पनि सोनवागढलाई प्राथमिकतामा राखेर उत्खननको काम सुरु गरिएको कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताए । “अहिले हामी परिक्षण उत्खनन मात्रै गर्दैछौं , यस उत्खननबाट केहि एतिहासिक पुराना बस्तुहरु भेटिए भने हामी त्यी वस्तुहरुको परिक्षण गछौं, र कति बर्ष पुरानो हो भन्ने पत्ता लगाउछौं ”। उप्रेतीले भने । हाल १० दिन सम्म मात्रै उत्खननको काम हुने लुम्बिनी विकास कोषले जनाएको छ । १० दिन सम्म सोनवागढमा रहेको दुई अग्ला स्थानहरुबाट उत्खनन गरिने पुरातत्व विद के.सी.ले बताए । कोषका ४ जनाको टिमले सुरुवाती दिनमा उत्खननको काम गर्ने भए पनि विज्ञहरुको टोली पनि उत्खनन अवलोकन गर्न आउने के.सी.ले जनाए ।
    चन्द्रौटा बजारदेखि झण्डै ५ किलोमिटर उत्तरतर्फको घना जंगलमा अवस्थित उक्त मन्दिर बौद्धकालीन शाक्यवंशी राजाले सुनको खजाना लुकाएर राखिएको किंवदन्ती अनुसार मन्दिरको नाम सोनवागढ राखिएको स्थानीयबासी बताउँछन । संरक्षणको अभावमा मन्दिरमा रहेका पुरातात्विक धेरै बस्तुहरू चोरी भैसकेको छ । उत्खननको काम सुरु भइ सकेपछि जमिन तल केहि महत्वपूर्ण इतिहास भेटिए मन्दिरको महिमा र यस क्षेत्रको विकास हुने स्थानीयले आसा गरेका छन ।
    लुम्बिनी र तिलौराकोटका जस्ता बौद्धकालीन इँटाबाट निर्माण गरिएका संरचना र मायादेवीको एक मात्र मूर्तिले हजारौँ वर्ष पुरानो भएको स्थानियले दावी गर्दै आएका छन । हजारौं वर्ष पुरानो तथा धार्मिक धरोहरका रूपमा रहेको सोनवागढ मन्दिरको महत्व बढ्दै गए पनि यस क्षेत्रलाई अझै प्रचार प्रसारमा ल्याउन र मन्दिरको वास्तविक इतिहास पत्ता लगाउन उत्खननले सहयोग पुराउने वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटाले बताए ।
    यहाँका पर्यटकीय स्थललाई सदुपयोग गरी पर्याप्त पर्यटकलाई भित्राउन सकिने हुनाले यस क्षेत्रमा आवत जावतमा सहज भनि यस आर्थिक बर्षमा नै दुइ वटा पुलहरुको निर्माण कार्य सुरु भैइसकेको नगर प्रमुख अधिकारीले बताए । हजारौं बर्ष पुरानो भन्ने स्थानियको भनाइ अनुसार उत्खनन गर्दा बुद्धकालिन इतिहास भेटियो भने यस मन्दिरमा पर्यटकलाई आर्कषण गर्न अझ सजिलो हुने अधिकारीले बताए ।
    तस्विर ः सोनवागढमा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी सहितको टोलीले उत्खनन् क्षेत्र खन्दै गरेको

    Advertisement

    मङ्गलबार, पुष १०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • २.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ३.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ४.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ५.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ६.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ७.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ८.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...