• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, फागुन ०८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

गुल्मीमा निर्वाचनअघि पर्याप्त मौज्दात राख्न प्रशासनको निर्देशन

एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता

कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड

अछाम–२ मा राजेश रावलले उम्मेदवारी फिर्ता, भुपदेव शाहलाई पूर्ण समर्थन

लोकप्रिय समाचार

  • १. रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड

  • २. प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा

  • ३. एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

  • ४. संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

  • ५. कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

  • ६. दाङमा सिकलसेल परीक्षण सुरु, ९ सयको जाँच

  • ७. किसानलाई डिजिटल आईडीमार्फत प्रत्यक्ष अनुदान, ५०% कृषि क्षेत्र जैविक बनाउने उज्यालो पार्टीको घोषणा

  • ८. एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण

  • ९. अछाम–२ मा राजेश रावलले उम्मेदवारी फिर्ता, भुपदेव शाहलाई पूर्ण समर्थन

  • १०. एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता

प्युठान उद्योग बाणिज्य संघमा कक्षपति नेतृत्वको प्यानल बिजयी( कुराकानी सहित)


  •   आइतबार, पुष ०१, २०७५ मा प्रकाशित
  • प्यार अलि खाँन
    प्यूठान÷प्यूठान उद्योग वाणिज्य संघको ११ औँ अध्यक्षमा नेपालकै प्रतिष्ठीत व्यवसायी केदारमान कक्षपति भारी मतले विजयी भएका छन् । कक्षपतिले कुल खसेको मत १ हजार २ सय ९९ मा सबै भन्दा बढी १ हजार ४८ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धोन्दी प्रमोद पोख्रेलले २ सय ३८ मत मात्रै ल्याए । संयुक्त व्यवसायीक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा यज्ञ बहादुर केसी (प्रभात) ले ९३१ मत प्राप्त गरे भने प्रतिद्धोन्दी रामचन्द्र पौडेललाई ३२६ मत प्राप्त भएको थियो । प्रथम उपाध्यक्ष वाणिज्य तर्फ दुर्गा प्रसाद भुसालले ९५६ मत प्राप्त गरे भने प्रतिद्धोन्दी केशवराज पण्डितलाई २९९ मत परेको थियो ।
    द्धितिय उपाध्यक्ष उद्योग तर्फ मुक्ति पोख्रेल र उपमहासचिव पदमा पदम बहादुर खड्का यस अघि नै निर्विरोध निर्वाचित भईसकेका छन् । महासचिव तथा कोषाध्यक्ष पदमा संयुक्त प्यानलकै कृष्णभक्त गिरी र सुरेन्द्र जि.सी विजयी भएका छन् । गिरीले ९४९ मत प्राप्त गरे भने प्रतिद्धोन्दी भण्डारीले ३०६ मत मात्रै प्राप्त गरे । जि.सि.ले ९२६ मत ल्याए भने प्रतिद्धोन्दी सनत कुमार श्रेष्ठलाई ३२१ मत परेको थियो । कुल २ हजार ४३ मतसंख्यामा १ हजार २ सय ९९ मत खसेको प्रमुख निर्वाचन अधिकृत डा.शिव पण्डितले बताए ।
    यसै अघिनै ९ वटा बजार क्षेत्रमा सम्पन्न अधिवेशनले बजार क्षेत्रका अध्यक्ष र जिल्ला प्रतिनिधिको चयन गरिसकेको छ । ९ वटै बजार क्षेत्रमा संयुक्त व्यवसायिक प्यानलका अधिकांस उम्मेदवारहरु यस अघिनै विजयी भैसकेका छन् ।
    संघको २१ औँ साधारणसभा तथा १० औँ अधिवेशन सनिवार खलंगामा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय एसोसियट उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गरेका थिए । व्यवसायीहरु चौतर्फी करको मारमा परीरहेको तर राज्यबाट उचित सेवा तथा सुविधा नपाएको ढकालले गुनासो गरे । चन्द्रागिरि केबुलकारका संचालक एंव आईएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकालले सरकार र नीजी क्षेत्रको सहकार्यबिना दिगो सम्बृद्धि हाँसिल हुन नसक्ने बिचार राखे । लगानीमैत्री वातावरण तयार गर्न सरकारनै बढी अग्रसर हुनुपर्नेमा ढकालले जोड दिए । ढकालले एक कार्यक्रमकाबिच प्यूठान उद्योग वाणिज्य संघको सचिवालय भवनको समेत उद्धघाटन गरेका थिए ।अधिवेशनमा अध्यक्षको प्रतिवेदन संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले प्रस्तुत गरेका थिए भने महासचिव विष्णु लवटले संघको प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामचन्द्र पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघले संघको हितमा सहयोग गर्ने विभिन्न विधागत दाताहरुलाई सम्मान समेत गरेको छ ।

    Advertisement

    नवनिर्वाचित् अध्यक्ष कक्षपतिसंग गरिएको कुराकानीको सारसंक्षेप……
    १.अध्यक्षमा फराकिलो मतले विजयी हुनुभयो कस्तो लागिरहेको छ ?
    यो आम प्यूठानी व्यवसायीको जित हो यहाँ कसैको हार भएको छैन् । म व्यवसायी हु व्यवसायीको हक हित र अधिकारका निम्ती हामी सबै मिलेर काम गर्ने हो । मलाई संघकोे हितमा काम गर्न अध्यक्ष पदमा जिम्मेवारी दिने सबै प्यूठानी आम उधमी तथा व्यवसायी मतदाताहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु साथै उहाँहरुले बोकाईदिएको भारीलाई सहि गन्तब्यमा पु¥याउन इमान्दारिताका साथ लागि पर्ने प्रण समेत गर्दछु ।
    २.तपाईको पहिलो काम के हुने छ ?
    सचिवालय र भवन व्यवस्थित भैसकेको छ । अब हामी हाम्रो स्थानिय उत्पादनलाई बजारिकरण गर्न विशेष अभियान थाल्नेछौँ । जिल्लामा लगानी भित्राउन आवस्यक पहलकदमी गर्नेछौँ । सबै बजार क्षेत्रमा व्यवस्थित सचिवालय निर्माण हाम्रो प्राथमिकतामा पर्ने छ साथै सहिद पार्कको कामलाई तिब्रता दिनेछौँ ।
    ३ संघको आगामी नेतृत्वले प्राथमिकतामा पार्ने अन्य कामहरु के हुन सक्लान?
    हाम्रो प्यूठानलाई हवाई सेवामा जोड्दै बर्जिबांगको चाल्नेटारमा स्वर्गद्धारी विमानस्थल निर्माण, स्वर्गद्धारीमा केबुलकार निर्माण साथै नौमुरे बहुउद्धेश्यीय जलविद्युत परियोजना नीजि क्षेत्र र नेपाल सरकारको संयुक्त लगानीमा निर्माणका लागि हाम्रो सक्रिय पहल हुने छ । बजार विशिष्टीकरण, भिंगृमा निर्माण भएको स्वर्गद्धारी धर्मशालाको तला थप गर्ने, उद्धेश्य निर्धारण गरि व्यवस्थित मेला महोत्सवलाई निरन्तरता दिने र व्यवसायीलाई लाभ पुग्ने गरि व्यवसायी हित कोषको संचालन गरिने छ ।
    ४.पर्यटन प्रवद्र्धनलाई यहाँले कसरी लिनुभएको छ ?
    स्वर्गद्धारी, मल्लरानी, गौमुखी र भित्रिकोटलाई पर्यटकिय आकर्षणको केन्द्रको रुपमा विकास गर्ने योजना छ । साथै सदरमुकाम खलंगालाई पर्यटन र बहुउद्धेश्यीय अध्ययन केन्द्रको रुपमा विकास गर्ने र सहिद स्मृति पार्कको निर्माण कार्य स्थानिय तहसंगको सहकार्यमा पुरा गर्ने छौँ साथै अन्य सम्भावित पर्यटकिय गन्तब्यको पनि खोजी गर्नेछौँ ।
    ५ तपाईले मुख्य गरि कर र भ्याटको कुरा गर्नुभएको छ ,करदाता शिक्षा प्रभावकारी बनाउन के गर्ने योजनामा हुनुहुन्छ ?
    तपाईले राम्रो प्रश्न गर्नुभयो, हामीले व्यापार मात्र गर्न जानेर पुग्दैन त्यसको सहि दाखिला के–कसरी गर्ने,कर तथा भ्याटका बारेमा पनि राम्रो जानकारी हुनप¥यो । यहाँ धेरै व्यवसायिहरु मिसम्याचमा पर्नुभएको छ धेरै व्यवसायिहरु जरिवानामा पर्ने गर्नुहुन्छ ति सबैको कारण कर र भ्याट सम्वन्धि जानकारी नभएर हो भन्ने लाग्छ । भ्याट, आयकर, अन्तशुल्क, स्थानिय कर बारे करदाता शिक्षा अभियानका रुपमा नै संचालन गर्ने योजना छ । र सबै बजार क्षेत्रमा भ्याट विवरण दाखिला गराउन सहजिकरण पनि गर्नेछौँ साथै कर संकलनमा स्थानिय तहसंग सहकार्य गर्दै जानेछौँ ।
    ६.उप–बजार तथा उद्योगधन्दा विस्तार लगानी भित्राउने कुरा गर्नुभएको छ यसबारे केही बताईदिनुस न ?
    पहिलो कुरा दाखाक्वाडीबाट दम्तीसम्म बजार क्षेत्रलाई व्यवस्थित गर्न वैकल्पीक मार्ग निर्माणको लागि पहल गर्नेछौँ । लघु तथा घरेलु उद्योगका साथै ठूला उद्योगको स्थापना गर्न उद्योगग्रामको निर्धारण गरिने छ । बाग्दुला, मरण्ठाना, दाखाक्वाडी, ढुंगेठाटी, दर्भान आदी ठाउँहरुमा उप–बजार निर्माण गरि उपभोक्ताहरुको हितलाई ख्याल गर्दै गुणस्तरिय सामान उपलब्ध गराउने छौँ ।
    अन्तमा मैले सोध्न भुलेका तपाईले भन्न छुटाउनु भएका केही छ की ?
    प्यूठानको लोकप्रिय अनलाईन पत्रिका कामना दैैैैनिक मार्फत केहि बिचार राख्ने मौका दिनुभएकोमा धन्यवाद छ । तपाई हामी सबैको सहकार्यमा प्यूठानलाई विकसित जिल्लाको रुपमा चिनाउने आधार थुप्रै छ । यहाँको धार्मिक तथा पर्यटकिय क्षेत्र, कृषि, पर्यटन र उर्जामा धेरै सम्भावनाहरु छन् हामीले बाहिरको लगानी यहाँ आकर्षण गर्न सक्नुपर्दछ र साथै हामीले पनि यहाँ गरेको कमाई आम्दानी आफ्नै जिल्लामा लगानी गर्नुपर्दछ तब मात्र जिल्ला सम्बृद्ध बन्छ । हामी सबैको सहकार्यमा संघको बृहत्तर हितका साथै आम व्यवसायीको हितको लागि काम गर्न चाहान्छौँ । आशा छ हाम्रो सामुहिक नेतृत्वलाई संम्पूर्ण प्यूठानी व्यवसायी, स्थानिय सरकार र राज्यको चौथो अंग प्रेसको पनि पुरा साथ रहने छ धन्यवाद ।

    आइतबार, पुष ०१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल
    रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता
    एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड
    एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता
    एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण
    संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

    लोकप्रिय

    • १.
      रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं :

    • २.
      प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक

    • ३.
      एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र

    • ४.
      संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि

    • ५.
      कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

    • ६.
      दाङमा सिकलसेल परीक्षण सुरु, ९ सयको जाँच

    भर्खरै

    • १.
      कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

    • २.
      ‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

    • ३.
      रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

    • ४.
      एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

    • ५.
      गुल्मीमा निर्वाचनअघि पर्याप्त मौज्दात राख्न प्रशासनको निर्देशन

    • ६.
      एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता

    • ७.
      कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

    • ८.
      रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...