नुवाकोट , नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ को घ्याङफेदीमा आज साँझ बा३ ख ३९१३ नम्बरकाे मिनिट्रक दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईका अनुसार दुर्घटनामा तीन जना महिला र १५ जना पुरुष गरि १८ जनाको घटनास्थलमैमृत्यु भएको बताए । मृतक मध्ये घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेशीका रितेश पण्डितको पहिचान खुलेको छ ।दुर्घटनामा १६ जना घाइतेको उद्धार गरिएको छ । दुर्घटनामा हामफालेर घाइते भएका थेवा तामाङले कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनीट्रक ब्याक भएर दुर्घटना भएको बताए ।।तामाङ समुदायको साँस्कृतिक पर्व मनाएर फर्किदै गरेकाहरु दुर्घटनामा परेका हुन् । दुर्घटनामा मृत्यु हुने एकै गाउँका रहेको बताइएको छ ।
अफ्ठेरो भीरमा दुर्घटना भएको र भीरमा शव छरपस्ट भएकाले शव संकलनमा समस्या भएको प्रहरीले जनाएको छ ।
दुप्चेश्वर गाउँपालिकाको वडा नं ७ शिखरवेशीमा तामाङ समुदायको घ्यावा खान आएका स्थानियहरु घ्यावा खाएर फर्कदा गाउँपालिकाको सावकको वडा नं ४ को घ्याङडाँडाँबाट खसेको थियो । गाडीमा ४१ जना यात्रु सवार रहेकोमा अन्यको पहिचान खुल्न सकेको छैन् ।भीरमा टर्च बालेर शव खोज्दै प्रहरी
स्थानियले रातको समय भएकाले शब खोज्न समस्या भएको बताएका छन। अफ्ठेरो भीरमा दुर्घटना भएको र भीरमा शव यत्रतत्र छरिएकाले उद्धारमा कठिनाई भएको उनिहरुको भनाई छ । । अहिले नेपाली सेना सहित शशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली घटनास्थल पुगेर उद्धार गरिरहेको जिल्ला प्रशासन कार्यलय नुवाकोटले जनाएको छ । घाइतेहरुको उद्धार र शव संकलन गर्न पाँच घण्टा भन्दा बढी समय लाग्ने उद्धारकर्मीहरुले बताएका छन् । कच्ची र साँघुरो सडकमा क्षमताभन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
घटनास्थल सदरमुकाम विदुरदेखि ५० किलोमिटर पुर्वमापर्छ।
नुवाकाेट समाचार: १८ जनाको घटनास्थलमै मृत्यु
नुवाकाेट समाचार: १८ जनाको घटनास्थलमै मृत्यु

Advertisement
तपाईको प्रतिक्रिया