• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, जेठ ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

अस्पताल बने, सेवा सुरु भएन

गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

लोकप्रिय समाचार

  • १. गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • २. गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

  • ३. पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

  • ४. बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

  • ५. डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित

  • ६. भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

  • ७. रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

  • ८. ३ लाख नदिए मलेसिया उड्न नदिने म्यानपावर एजेन्ट पक्राउ

  • ९. अस्पताल बने, सेवा सुरु भएन

  • १०. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

सिर्जना शक्तिले जमेका रेशम सापकोटा


  •   शनिबार, मङि्सर २२, २०७५ मा प्रकाशित
  • सन्तोष खनाल,काठमाण्डौ
    रेशम सापकोटा नाम सुन्नेबित्तिकै जो कोहीले पनि भजन चुड्का, चेलीका तीज गीत र सामाजिक परिवेश झल्कने मौलिक गीत संगीत मात्रै नभई पेट मिचीमिची हँसाउने ठट्यौली गीत सम्झने गर्दछन्। बाग्लुङका रेशम कलाकार मात्रै नभई सामाजिक अभियन्तासमेत हुन्। गीत संगीतमार्फत उनले समाजमा विसंगति उजागर गर्दै असल मार्ग देखाउने काम गरिरहेका छन्। समाजमा जे हुन्छ, त्यही सापकोटाको गीत बन्ने गरेको छ। उनले धेरै गीत, भजन र तीजका कोशेली बजारमा ल्याएका छन्।उनले समाज र परिवारिक संस्कारको साँघुरो घेराभित्रैबाट आफ्नो रुचिको विषय गीत संगीतलाई गुपचुप अगाडि बढाएका थिए। छोरो गीताङे भएर पढाइ बिगार्छ भन्ने ठूलो डर उनको परिवारलाई थियो। २०४८ सालमा गाउँबाटै एसएलसी पास गरी काठमाडौं भित्रिएका उनले शुरूमै गायन र लोक संगीतको क्षेत्र रोजे। बाल्यकालदेखि नै गाउँतिर गीत गाउने सापकोटाको यही क्षेत्रमा लागेर केही गर्छु भन्ने अठोट थियो।कलेज पढ्दाताका गीत गाएर मास्टर (क्यासेट) बेच्दै गुजारा टारेका कलाकार हुन् रेशम। उतिबेला मास्टरकै आडमा गीत गाएर कलाकारहरू बाँच्न सक्ने अवस्था थिएन। पछि अडियो क्यासेटको जमाना आएपछि भने कलाकारका लागि लैनो भैंसी ब्यायसरहको अवस्था सिर्जना भयो। समाजमा जे देखिन्छ, यथार्थ कुरालाई उजागर गर्ने, जुन अरूले नगरेको तर गर्नैपर्ने होस्। सोहीबमोजिम उनले पहिलोपल्ट नेपाली लोक संगीतको क्षेत्रमा गीतिकथालाई प्रवेश गराए। २०६१ साल भाद्र महिनामा वैदेशिक रोजगारीको सिलसिलामा इराक पुगेका १२ जना निर्दोष नेपालीको निर्ममतापूर्वक हत्या भएको घटनाको गीतिकथा बनाएपछि रेशम संगीत क्षेत्रमा पहिलेभन्दा चम्किए। लक्ष्मी न्यौपानेको स्वर रहेको यो गीतिकथाको रचना गरेका रेशमले सशस्त्र द्वन्द्वको समयमा भएका घटनादेखि अनेकौं कारुणिक घटनाका विषयवस्तुलाई गीतीकथामार्फत बाहिर ल्याएका छन्।२०५१ को घटनाले पनि सापकोटालाई संगीतमा जग बलियो बनाउन सघाएको थियो। बाग्लुङ जिल्लामा जन्मिएकी माया सुवेदी नामकी एक चेलीको पर्वतमा बिहे भएपछि दाइजोको निहुँमा उनलाई यातना दिन थालियो। काखमा १५ महिनाको एउटा बच्चा र गर्भमा ३ महिनाको अर्को बच्चा थियो। यस्तो अवस्थामा आफ्नै श्रीमान्ले जाँतोले थिचेर श्रीमती मायाको वीभत्सतापूर्वक हत्या गरे। त्यही गीत बनेपछि उनको प्रयास सफल भयो। त्यसपछि नेपाली चेलीहरू विदेशमा गएर बेचिनुपर्ने पीडामा आधारित मुम्बईको कोठीमा निरन्तर भाग १ देखि ४ सम्म निकाले। यो पनि अत्यधिक चर्चाको शिखरमा पुग्न सफल भयो।देशमा सशस्त्र माओवादी जनयुद्ध चर्किरहेको समयमा रगतले धर्ती मुछियो बोलको अर्को कारुणिक गीतिकथा तयार पारे। त्यसले उनको उचाइ बढ्दै गयो। २०५२ सालमा रेडियो नेपालमा कार्यक्रम सञ्चालक बनेपछि तरेली संगीतकुञ्ज शुरू गरेका थिए। राजधानीमा रेडियो सगरमाथामा रेशमले चलाएको झर्ना संगीत कार्यक्रम एकदमै लोकप्रिय बनेको थियो। त्यसबाट उनी झन चिनिए। पछि रेडियो एचबीसीमा कार्यक्रम लोक कोसेली चलाउँदा रेशमलाई नचिन्ने कमै मात्रै भए। उनले बिसौनी कार्यक्रम पनि चलाउन शुरू गरे। यसबाट उनमा आत्मविश्वसका साथै केही गर्नुपर्छ भन्ने सोच आयो। उनले कार्यक्रम शुरू गरेको सात महिनामै लोकगीतको कार्यक्रम चलाउने सञ्चारकर्मीको तर्फबाट घटस्थापनाको दिन रेडियोले वितरण गरेको लोकगीत संगीत कार्यक्रम सञ्चालकको अवार्ड पहिलोपटक उनैले पाए। सापकोटाले फेरि भजन निकाल्ने सोच बनाए र पहिलो चरण बोलमा भजन निकाले। जसले युट्युबमा सबैभन्दा धेरै भ्युवर्स पाएको छ।भजनकै माग बढ्न थालेको पाएपछि उनले अहिले पनि वार्षिक २÷४ वटा भजन चुट्का तथा लोक खैजेडी भजनहरू ल्याइरहेका छन्। उनले अंशबन्डा, पण्डितेकी जोई, बुढाबुढी एक्सप्रेस, वृद्धाश्रम भाग १ र २, पापिनी आमा, बोक्सीजस्ता सामाजिक तथा यथार्थवादी तीज गीत निकालेका छन्। परिवार र समाजमा हुने यथार्थ घटनालाई जस्ताको तस्तै गीतमार्फत उठाउने गरेका सापकोटा आधुनिकता सँगसँगै गीतसंगीतका परिवेशमा पनि फरकपना आउन सक्नुपर्छ भन्नेमा विश्वास रेहको बताउँछन्।‘आफूले चाहेको पेशामा लाग्न पाउनु एउटा सन्तुष्टि हो। त्यसमाथि पनि सफलतासँगै लाग्न पाउनु अर्काे परम सन्तुष्टि हो’, सापकोटा सुनाउँछन्– ‘वास्तवमा भन्नुपर्दा म नेपाली लोकगीत संगीतमा पृथकता र मौलिकता चाहने कलाकार हुँ। लोकगीत संगीतको यही धारलाई पछ्याउँदै अगाडि बढिरहेको छु। नेपाली लोकगीत संगीतका निम्ति काम गरिरहेको छु। त्यहाँभित्रका अँधेरा पक्षहरू, जुन बाहिर आउन सकेका छैनन् त्यस्ता पक्षलाई उजागर गर्ने सोचमा छु। यसै क्षेत्रमा लागेर धन सम्पत्ति आफूलाई चाहिने कमाएको छु। धन सम्पत्तिभन्दा ठूलो मेरा दर्शक र स्रोताको माया पाएको छु, जुन सम्पत्तिभन्दा धेरै गुणा मूल्यवान छ।’‘आफूले चाहेको पेशामा लाग्न पाउनु एउटा सन्तुष्टि हो। त्यसमाथि पनि सफलतासँगै लाग्न पाउनु अर्काे परम सन्तुष्टि हो’, सापकोटा सुनाउँछन्– ‘वास्तवमा भन्नुपर्दा म नेपाली लोकगीत संगीतमा पृथकता र मौलिकता चाहने कलाकार हुँ। लोकगीत संगीतको यही धारलाई पछ्याउँदै अगाडि बढिरहेको छु। नेपाली लोकगीत संगीतका निम्ति काम गरिरहेको छु। त्यहाँभित्रका अँधेरा पक्षहरू, जुन बाहिर आउन सकेका छैनन् त्यस्ता पक्षलाई उजागर गर्ने सोचमा छु। यसै क्षेत्रमा लागेर धन सम्पत्ति आफूलाई चाहिने कमाएको छु। धन सम्पत्तिभन्दा ठूलो मेरा दर्शक र स्रोताको माया पाएको छु, जुन सम्पत्तिभन्दा धेरै गुणा मूल्यवान छ।’स्टेज कार्यक्रममा र विदेश जान नपाए यो क्षेत्रमा टिक्नै नसक्ने बताइन्छ। ‘अहिलेको बजारले कलाकारलाई गारो त बनाएकै छ। स्टेज प्रोग्राम र विदेशका कार्यक्रमले कलाकारलाई राम्रो आधार दिएका छन्। तर यीबाहेक युट्युब पनि ठूलो आधार हो कलाकारका लागि। कलाकारिता सामाजिक उत्तरदायित्व बहन गर्ने पेशा हो। माया प्रेमका सस्ता गाथा गाउनु मात्रै कलाकारको काम होइन। समाजलाई मार्गदर्शन गर्ने खालका कृति दिनु पनि कलाकारको दायित्व हो’, रेशम भन्छन्– ‘मेरो सोचाइमा मैले नेपाली लोक संगीतको फाँटमा जे जति गरें, नयाँ र नौलो प्रयोग गरें।

    Advertisement

    नेपाली लोकगीत संगीतको फाँटमा गीतिकथाको प्रवेश मैले नै गराएको हुँ। बम्बईको कोठीमा भाग १ देखि भाग ४ सम्म, विधवाको वेदना, रगतले धर्ती मुछियो, इराकको घटना, दरबार हत्याकाण्डलगायतका मेरा एल्बमहरू यसका उदाहरण हुन्। त्यसै गरी गीत रुनका लागि मात्रै होइन, संगीतले पेट मिचीमिची हसाउन पनि सक्नुपर्छ भन्ने मूल्य र मान्यतालाई लिएर ठट्यौली गीतहरू पनि एल्बमका रूपमा ल्याएँ। जसका उदाहरण हुन् मार्यो नि मायाले, ड्राइभर दाइ मन पर्यो मलाई, पल्के भेना बाई, चाल पाइयो ठूला, अब त अत्ति भो पोथी बास्नै पर्यो। यी सबै गीतमा सामाजिक मर्म अटाएको छ। यस्तै अधिकांश दर्शक स्रोताको मन जित्न सफल गीत वृद्दाश्रम पनि हो। देउसी भैलो र भजन चुड्काको संरक्षण र संबद्र्धनका लागि पनि मैले भरमग्दुर प्रयास गरिरहेको छु।’

    उनलाई लाग्छ ‘विदेशी संस्कृतिले नेपाली गीत संगीतलाई असर पारेको छ। परन्तु जतिसुकै असर पार्न खोजे पनि नेपाली गीत संगीतको आफ्नैपन र अस्तित्व छ, जुन कहिल्यै मेटिँदैन। मलाई भन्न मन लागेको छ अब कला र कलाकारलाई हेर्ने सरकारी नीति नियम गतिलो बनोस्। अझैपनि कलाकारलाई भोज भतेरमा आफू सिँगारिन पहिरिने गहना नबनाइयोस्। कलाकार सरस्वतीका सपूत हुन्। यी भावनाको खेती गर्छन्। सक्नुहुन्छ यिनको भावनाको कदर गरिदिनुहोस्, नसके ठेस नपुर्याइदिनुहोस्।’

    शनिबार, मङि्सर २२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग
    हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

    लोकप्रिय

    • १.
      गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    • २.
      गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई

    • ३.
      पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

    • ४.
      बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने

    • ५.
      डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२

    • ६.
      भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय

    भर्खरै

    • १.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

    • २.
      ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

    • ३.
      बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

    • ४.
      अस्पताल बने, सेवा सुरु भएन

    • ५.
      गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    • ६.
      बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

    • ७.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

    • ८.
      पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation