• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार २१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

लोकप्रिय समाचार

  • १. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • २. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ३. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ४. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ५. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

  • ६. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ७. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • ८. क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

  • ९. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • १०. शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

दाङमा आधा दर्जन मोटरसाइकलमा आगजनी! कारण यस्तो !!


  •   सोमबार, मङि्सर १७, २०७५ मा प्रकाशित
  • टेक बहादुर पुन, लमही । गोरु किन्ने समुह र गाउँलेहरुका बीचमा विवाद बढेपछि दाङको लमही नगरपालिका वडा नं ८ को सतवरिया र राजपुर गाँउपालिकाको सिमानामा आइतबार राती सवा ९ बजे झडपको स्थिती उत्पन्न हुनुका साथै आधा दर्जनबढि मोटरसाईकलमा आगजनी भएको छ ।
    सोमवार बिहान प्रहरीले गाउँमा जलाइएका ७ र २ मोटरसाईकल खरकट्टीमा सकुशल अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ जसमध्ये ७ मोटरसाइकल पूर्णरूपमा जलेका छन्।
    प्रहरीले रातको समयमा खरकट्टीमा लुकेर बसेका लमहीका युवा अर्जुनकुमार गुप्तालाई घटनामा संलग्न भएको आंशँकामा अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

    Advertisement

    किन भयो विवाद?

    स्थानियहरूले गोरू तस्करीको आशंकामा गोरू लानेहरूलाई सोधपुछ गर्ने क्रममा विवाद बढेपछि उक्त घटना घटेको हो ।
    स्थानीयका अनुसार गएराति केही युवाहरु गोरु डोर्याएर राजपुर गाउँपालिका हुँदै जंगलको बाटो जाँदै गरेको देखेपछि स्थानीयले आशंका गरेर कहाँ लैजान लागेको भन्ने सोधपुछ गर्न थाले । गोरु लैजाँदै गरेका व्यक्तिहरुले किनेर घर लैजान लागेको भन्ने जवाफ फर्काए ।
    त्यही मध्येका एकजना मदिरा सेवन गरेका एक स्थानिय युवाले ‘गाई गोरुको तस्करी गरि विदेश पुर्‍याउन पाइदैन’ भने । त्यसपछि गोरु लैजाँदै गरेका व्यक्तिहरुले आफ्ना साथी र प्रहरीलाई खवर गरे ।
    ‘लमही क्षेत्रबाट गुण्डाहरु हतियारसहित हल्ला गर्दै गाउँमा पसे’ गङ्गदीका एकजना स्थानीयले भने, ‘उनीहरु मोटरसाईकलमा हतियार देखाउँदै गोरु लैजान नदिने को हो? भन्दै धम्काउन खोजेपछि आक्रोशित बनेका गाँउलेले रातको समयमा गाउँमा नचिनेका युवाहरु पसेर धम्काउन खोजेको भन्दा सबै गाउँलेहरु घरेलु हतियारसहित छिनमै भेला भए ।’
    गाउँलेहरुले ती धम्काउने युवाहरुको सामुहिक रुपमा प्रतिकार गरे । सयौं गाउँलेहरु आएपछि उनीहरु मोटरसाईकल सहित भागेको उनको भनाइ छ ।
    तर उनका अनुसार उक्त जंगलको बाटो हुँदै झुलुङ्गे पुल सम्ममात्र मोटरसाइकल जाने बाटो छ। त्यो भन्दा अगाडि मोटरसाईकल लैजाने बाटो छैन् ।
    त्यसपछि मोटरसाईकलमा आएका युवाहरु ज्यान जोगाउन मोटरसाईकल छोडेर राप्ती नदीमा हाम फालेर भागेका थिए।
    त्यसपछि लखेट्दै पुगेको गाउँलेहरुले उनीहरुले प्रयोग गरेका मोटरसाईकलमा आगजनी गरेर ध्वस्त पारिदिएको ती स्थानियले बताए ।
    घटनाबारे बोल्दै स्थानिय विन्तिराम यादवले सुरुमा गुण्डाहरु गाउँमा पसेर गाउँलेहरुलाई कुटपिट गर्दे उत्तेजित पार्ने काम भएपछि साह्रा गाउँलेले उनीहरुलाई लखेटनुका साथै मोटरसाईकलमा आगजनी गरेको बताए ।
    ‘गोरु तस्करी गरि बंगलादेश पुगाएर बेच्ने दलालहरुले गुण्डाहरु बोलाएर गाउँलाई कुट्ने र लुट्ने गरेपछि सबै गाउँलेले त्यसको प्रतिकार गरेका हुन,’ यादवले भने ।
    उनले त्यसमा स्थानीय प्रहरी प्रशासन र केही स्थानीय दलालहरुको समेत मिलेमतो रहेको यादवले दाबी गरे ।
    ‘प्रहरी प्रशासनकै सेटिङमा गोरु तस्करी हुँदै आएको सत्य हो,’ विन्तिराम यादवले भने ‘ त्यसमा करोडौंको चलखेल छ ।’

    अपराधिक व्यक्तिले आगोजनी गरे – एसपी पाण्डे!!

    आधा दर्जन मोटरसाईकलहरुमा आगजनी भएको विषयलाई प्रहरीले भने अपराधिक कार्य भनेको छ ।
    दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले केही अपराधिक व्यक्तिहरुले ७ वटा जति मोटरसाईकलमा आगजनी गरेको जानकारी दिए ।
    ‘पुरै गाउँले नभनौं, केही अपराधिक व्यक्तिले आँफै न्यायाधिस बन्ने र कानुन उलंघन गर्ने कार्य गरेका छन्,’– एसपी पाण्डेले भने ‘उनीहरुको पहिचान भइसकेको हुँदा खोजी भइरहेको छ ।’
    उनले कुनैपनि कमजोरी कसैले गरेको भए कानुन हातमा लिनुको सट्टा प्रहरीलाई खवर नगरी कानुन हातमा लिने कार्य स्थानीय केही अपराधिक व्यक्तिले गरेको बताए ।
    ‘मैले बुझेको केही बच्चाहरुले डोर्याएर ७-८ वटा गोरुहरु लैजाँदै गर्दा स्थानीयले रोक्न खोजे पछि विवाद उत्पन्न भएको हो,’ एसपी पाण्डेले भने ।
    उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

    सोमबार, मङि्सर १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट
    गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा
    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
    बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार
    गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए

    लोकप्रिय

    • १.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • २.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ३.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ४.
      बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव

    • ५.
      नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

    • ६.
      गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

    भर्खरै

    • १.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • २.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ३.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    • ४.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    • ५.
      गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

    • ६.
      गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

    • ७.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ८.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation