सुर्खेत – सुर्खेतमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।बनभोजबाट फर्कदै गर्दा बस दुर्घट्नामा परेको हो।कटकुवाबाट बीरेन्द्रनगर आउदै गरेको भे १ ख ८४९ नम्बरको बस कपासे नजिकै दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
लेकबेशी नगरपालिकाकी जानकी दर्लामी र देउमाया बनकाटेको बस दुर्घटनामा ज्यान गएको हो । दुर्घटनामा ४२ जना घाइते भएका छन् । ९ जना गम्भीर घाइते छन् ।
घाइतेहरुलाई उपचारको वीरेन्द्रनगर स्थित माया नर्सिङ पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।
आज शनिवार साझ करिव ६ बजेतिर जन जागृती युबा क्लब लेकबेसी – ८ गन्नेपानीको पिक्निक टोलि सुर्खेतको कटकुवा बाट पिक्निक खाएर फर्कदै गरेको अबस्थामा कपासे नजिकैको मोडमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको छ ।
Advertisement