कामना डेली,पोखरा
Advertisement
प्रहरीले पोखराका बिभिन्न रेष्टुरेन्ट, दोहोरी साँझ, डिस्को र डान्सबारहरुमा मादकपदार्थ सेवन गरी अस्वाभाविक हर्कत देखाउने १८ बर्ष मूनिका २० जना बालबालिकालाई नियन्त्रणमा लिई अभिभावकलाई बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरीको टोलीले शुक्रबार पोखराका बिभिन्न रेस्टुरेन्ट, लोकदोहोरी र डान्सबारमा गरेको अनुगमनमा २० जनालाई नियन्त्रणमा लिइएको कास्कीका प्रहरी नायव उपरीक्षक रविन्द्र मान गुरुङले जानकारी दिए ।
कम उमेर का बालबालिकाले चुरोट तथा मादकपदार्थ सेवन पदार्थ सेवन गरी अस्वाभाविक हर्कत देखाउने गरेको जनगुनासोको आधारमा नियन्त्रणमा लिएका उनीहरुलाई सम्झाई बुझाई अभिभावकको जिम्मा लगाई पठाएको प्रहरीले जनाएको छ ।