• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

विदेशबाट फर्केका युवा कृषिमा जमे


  •   शुक्रबार, मङि्सर १४, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी,प्युठान, १३ मंसिर । ५ बर्ष अघि खांडिबाट फर्कदा ३९ बर्षीया नेक बहादुर बिक बिदेशको कामबाट थकित थिए । धेरै पैसा कमाउने र राम्रो घर बनाएर परिवारलाई सुख शीत पाल्ने रहर बोकेर कतार पुगेका नेक बहादुर घर फर्कदा उनमा फेरि बिदेश जाने र पैसा कमाउने रहर मरिसकेको थियो ।‘महिनाको २० हजार रुपैयाँ तलब लिनका लागि दैनिक बाह्र घन्टा असारको गोरुझैं जोतिनु पर्थ्यो,’ उनले स्मरण गर्दै नेपाल समाचारपत्रसँग भने । सरुमारानी ३ हंसपुर स्थित राटामाटाका नेक बहादुर बिक अहिले बिदेशको सवै हण्डर भुलेर आफ्नै व्यावसायमा रमाएका छन । उनले आठ लाख रुपैयाँ लगानी गरेर गाउंमै जेएनटि बाख्रा तथा कुखुरा फार्म दर्ता गरि खोलेका हुन । बिदेश जानुभन्दा आफ्नै गाउँ ठाउँमा केही गर्ने उद्देश्य र कृषि तथा पशुपालनबाट जिबिकोपार्जन गर्न सकिने संभावना देखेर ब्याब्सायिक रुपमै कृषिमा लागेको उनले बताए। उनले सबै रकम बैंकबाट ऋृण काढेर ब्याबसायिक बाख्रा तथा कुखुरा पालनमा लगानी गरेको सुनाए। उनको खोरमा अहिले १ सय २० वटा खरी जातका बाख्रा छन् । ती सबै उन्नत जातको बोकासंग क्रस गरिएको हो । नेक बहादुरले ३ लाख ५० हजारको लगानिमा आधुनिक खोर बनाएका छन ।व्यबस्थित खोर भएकाले खोरमै दानापानी र घाँस खुवाउने प्रवन्ध मिलाईएको छ । वाख्रा र खसी बिक्रीका लागि उनलाई वजारको समस्या छैन खोरमै खसी बोका किन्न ग्राहक आउछन । एउटा बाख्राको पाठो बेचे महिना भरी खान पुग्ने उनी बताउछन । गत बर्ष १ लाख ५० हजारको खसी बेचेको उनले सुनाए । अब बिदेश जानू छैन, उनले भने, आफ्नै देशमा दुख गरे मनग्ये कमाईदोरहेछ । नेक बहादुरले बाख्रापालनका साथै तरकारी खेती र लोकल कुखुरापालन गरेका छन ।बाख्रालाई घांसमा आधारित बनाउन करिव १४ रोपनि जमिनमा घाँस खेती गरेका छन । बाख्रालाई चरण पर्याप्त चाहिदो रहेछु, उनले भने । स्थानीय कुखुरालाई संरक्षण गर्ने उद्धश्यका साथ १ सय ५० कुखुरा समेत उनले पालेका छन । कुखुरा जति सबै गाउँघरमै बिक्री हुन्छ । प्रतिकिलो ५ सयमा कुखुरा बिक्री हुने उनले बताए । बेच्ने लाईकको कुखुरा बनाउन कम्तिमा ५ महिना समय लाग्ने उनको अनुभव छ । बाख्रा र कुखुरावाट निक्लिएको मल आफ्नै खेतबारीमा प्रयोग गरेर तरकारी खेती समेत गरिरहेका छन उनी ।२ वर्ष कतारमा बस्दा निकै दुःख पाए उनले । घर जग्गा धितो राख्दै होस् या चर्को व्याजमा ऋण काढेर होस्, धन कमाउने सपना बोकेर विदेश पुगेका नेपालीका सुख दुःख पनि देखे उनले विदेशबाट फिर्दा हातमा थोरै पैसा थियो,बैंकबाट ऋृण काढेर गरेको व्याबसायिक कृषिबाट प्रती महिना २५ देखि ३० हजार सम्म कमाउछन । कृषि फार्मको ४ बर्षे अन्तरालमा उनले ठूलो सफल्ता हात पारेका छन । यसैको कमाईबाट गाउमै १५ लाखको खेतवारि जोडेको नेक बहादुर बताउछन ।स्वदेशमै केही गर्न सक्छु भन्ने लाग्यो,कृषि पेशामा लागेँ यसैको कमाईले जिवनस्तर पनि उठ्यो। उनी भन्छन । लगानि भए ब्याबसाय गर्न कुनै समस्या छैन । गोठ सरसफाइ देखि कुखुरा बाख्रालाइ घाँस, दाना र पानी खुवाउने काममा आफुलाइ परिवारले पनि पूर्ण साथ दिने गरेको बताए। जिल्ला पशुसेवा कार्यालय र स्थानिय सरुमारानी गाउँपालिका गरि १ लाख अनुदान सहयोग गरेको उनको भनाई छ । सरोकारवाला निकायबाट सहयोग पाए ब्यावसायलाइ जिल्ला कै नमुना ब्याबसायको रुपमा बिकास गर्ने सोच रहेको उनको भनाइ छ । आफू जस्ता कृषकलाइ राज्यले सहयोग गर्नुपर्ने धारणा उनको छ।

    Advertisement

    शुक्रबार, मङि्सर १४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल
    डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार
    देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation