• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

विदेशबाट फर्केका युवा कृषिमा जमे


  •   शुक्रबार, मङि्सर १४, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी,प्युठान, १३ मंसिर । ५ बर्ष अघि खांडिबाट फर्कदा ३९ बर्षीया नेक बहादुर बिक बिदेशको कामबाट थकित थिए । धेरै पैसा कमाउने र राम्रो घर बनाएर परिवारलाई सुख शीत पाल्ने रहर बोकेर कतार पुगेका नेक बहादुर घर फर्कदा उनमा फेरि बिदेश जाने र पैसा कमाउने रहर मरिसकेको थियो ।‘महिनाको २० हजार रुपैयाँ तलब लिनका लागि दैनिक बाह्र घन्टा असारको गोरुझैं जोतिनु पर्थ्यो,’ उनले स्मरण गर्दै नेपाल समाचारपत्रसँग भने । सरुमारानी ३ हंसपुर स्थित राटामाटाका नेक बहादुर बिक अहिले बिदेशको सवै हण्डर भुलेर आफ्नै व्यावसायमा रमाएका छन । उनले आठ लाख रुपैयाँ लगानी गरेर गाउंमै जेएनटि बाख्रा तथा कुखुरा फार्म दर्ता गरि खोलेका हुन । बिदेश जानुभन्दा आफ्नै गाउँ ठाउँमा केही गर्ने उद्देश्य र कृषि तथा पशुपालनबाट जिबिकोपार्जन गर्न सकिने संभावना देखेर ब्याब्सायिक रुपमै कृषिमा लागेको उनले बताए। उनले सबै रकम बैंकबाट ऋृण काढेर ब्याबसायिक बाख्रा तथा कुखुरा पालनमा लगानी गरेको सुनाए। उनको खोरमा अहिले १ सय २० वटा खरी जातका बाख्रा छन् । ती सबै उन्नत जातको बोकासंग क्रस गरिएको हो । नेक बहादुरले ३ लाख ५० हजारको लगानिमा आधुनिक खोर बनाएका छन ।व्यबस्थित खोर भएकाले खोरमै दानापानी र घाँस खुवाउने प्रवन्ध मिलाईएको छ । वाख्रा र खसी बिक्रीका लागि उनलाई वजारको समस्या छैन खोरमै खसी बोका किन्न ग्राहक आउछन । एउटा बाख्राको पाठो बेचे महिना भरी खान पुग्ने उनी बताउछन । गत बर्ष १ लाख ५० हजारको खसी बेचेको उनले सुनाए । अब बिदेश जानू छैन, उनले भने, आफ्नै देशमा दुख गरे मनग्ये कमाईदोरहेछ । नेक बहादुरले बाख्रापालनका साथै तरकारी खेती र लोकल कुखुरापालन गरेका छन ।बाख्रालाई घांसमा आधारित बनाउन करिव १४ रोपनि जमिनमा घाँस खेती गरेका छन । बाख्रालाई चरण पर्याप्त चाहिदो रहेछु, उनले भने । स्थानीय कुखुरालाई संरक्षण गर्ने उद्धश्यका साथ १ सय ५० कुखुरा समेत उनले पालेका छन । कुखुरा जति सबै गाउँघरमै बिक्री हुन्छ । प्रतिकिलो ५ सयमा कुखुरा बिक्री हुने उनले बताए । बेच्ने लाईकको कुखुरा बनाउन कम्तिमा ५ महिना समय लाग्ने उनको अनुभव छ । बाख्रा र कुखुरावाट निक्लिएको मल आफ्नै खेतबारीमा प्रयोग गरेर तरकारी खेती समेत गरिरहेका छन उनी ।२ वर्ष कतारमा बस्दा निकै दुःख पाए उनले । घर जग्गा धितो राख्दै होस् या चर्को व्याजमा ऋण काढेर होस्, धन कमाउने सपना बोकेर विदेश पुगेका नेपालीका सुख दुःख पनि देखे उनले विदेशबाट फिर्दा हातमा थोरै पैसा थियो,बैंकबाट ऋृण काढेर गरेको व्याबसायिक कृषिबाट प्रती महिना २५ देखि ३० हजार सम्म कमाउछन । कृषि फार्मको ४ बर्षे अन्तरालमा उनले ठूलो सफल्ता हात पारेका छन । यसैको कमाईबाट गाउमै १५ लाखको खेतवारि जोडेको नेक बहादुर बताउछन ।स्वदेशमै केही गर्न सक्छु भन्ने लाग्यो,कृषि पेशामा लागेँ यसैको कमाईले जिवनस्तर पनि उठ्यो। उनी भन्छन । लगानि भए ब्याबसाय गर्न कुनै समस्या छैन । गोठ सरसफाइ देखि कुखुरा बाख्रालाइ घाँस, दाना र पानी खुवाउने काममा आफुलाइ परिवारले पनि पूर्ण साथ दिने गरेको बताए। जिल्ला पशुसेवा कार्यालय र स्थानिय सरुमारानी गाउँपालिका गरि १ लाख अनुदान सहयोग गरेको उनको भनाई छ । सरोकारवाला निकायबाट सहयोग पाए ब्यावसायलाइ जिल्ला कै नमुना ब्याबसायको रुपमा बिकास गर्ने सोच रहेको उनको भनाइ छ । आफू जस्ता कृषकलाइ राज्यले सहयोग गर्नुपर्ने धारणा उनको छ।

    Advertisement

    शुक्रबार, मङि्सर १४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • २.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ३.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ४.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ५.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ६.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ७.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ८.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation