• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

रोल मोडल सिडियो: कुरुम्बाङ्गलाई ‘इन्टिग्रिटी आइडल’मा उत्कृष्ट बनाउन भोटिङ सुरु


  •   बिहिबार, मङि्सर ०६, २०७५ मा प्रकाशित
  • सागर थापा,६ मंसिर २०७५
    बर्दिया यस वर्षको ‘इन्टिग्रिटी आइडल’ को उपाधि बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गलाई जिताउन बर्दिया सहित अधिकाँश जिल्लाबासीले अभियान चलाएका छन् । बर्दियाका प्रजिअ कुरुबाङ्गलाई यतिबेला सामाजिक संजाल र एसएमएसबाट भोट गर्ने तरिका दिँदै भोट गर्न आग्रह गरिरहेका छन् ।

    Advertisement

    देशभरीका झण्डै एक हजार जना प्रतिस्पर्धी मध्येबाट बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग ‘इन्टिग्रिटी आइडल’ को सर्वोत्कृष्ट कर्मचारी मध्ये टप पाँच भित्र प्रतिस्पर्धिमा पर्नु भएको हो ।

    एकाउन्ट्याबिलिटी ल्याबले आयोजना गर्ने इन्टिग्रिटी आइडलको सम्भवतः पाँचौ संस्करणको विजेताका लागि बर्दियाका प्रजिअ कुरुम्बाङ्ग परेपछी यतिबेला उहाँलाई यो उपाधि प्राप्त गराउन बर्दियाबासी सहित अधिकाँश जिल्लाबासीले इमान्दार र कर्तव्यनिष्ट भएर काम गर्नेलाई हौसला प्रदान गर्न भएपनि बर्दियाका प्रजिअ कुरुम्बाङ्गलाइ भोट गर्नु पर्ने जनाएका छन् ।

    अन्तिम प्रतिस्पर्धामा राम बहादुर कुरुम्बाङ्ग सँगै ध्रुबराज आचार्य, महेन्द्र प्रसाद पौड्याल, अरुण काफ्ले र सीता कुमारी शर्मा रहनुभएको छ । एकाउन्ट्यबिलिटीका लागि बर्दियाका प्रमुख जिल्ला अधिकारीका अनुसार वेबसाइट र एसएमएस बाट बर्दिया सहित विभिन्न जिल्लाबासीले आफुलाई भोट गर्नेहरु बढदै गएको प्रजिअ कुरुम्बाङ्गले बताउनुभयो । मंगलवार बेलुका ७ बजेदेखि सुरु भएको भोटिङ मंसिर १७ गते अर्थात डिसेम्बर ३ तारिख भोट गर्न सकिने जनाईएको छ ।

    को हुन त ? रोलमोडल कुरुम्बाङ्ग

    तेह्रथुम जिल्ला फेदाप गाउँपालिका–१, का रामबहादुर कुरुम्बाङ्ग निजामति कर्मचारीमा आएको २९ वर्ष भयो । एमए पास गर्नुभएका कुरुम्बाङ्ग २०४६ सालमा सुब्बाबाट सरकारी जागिरमा प्रवेश गर्नुभयो ।

    त्यसपछी २०४९ सालमा नेपाली सेनाको (सहायक सेनानी) सेकेण्ड लप्टनमा नाम निकालेपछी २०५३ सालसम्म नेपाली सेनाको सेकेण्ड लप्टनमा जागिरे हुनुभयो । कुरुम्बाङ्गले नेपाली सेनाको जागिर पनि छोडेर फेरी २०५५ सालमा निजामति कर्मचारीको अधिकृतमा नाम निकाल्न सफल हुँदै उपसचिव भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो ‘शैक्षिक योग्यताको अनुभवले होला, जुनबेला पनि नाम निकाल्न सफल भँए ।’ हरेक पटक नाम निकाल्न सफल भएको सम्झिदै उहाँले भन्नुभयो । सुरुमा अछाम जिल्ला त्यसपछि ताप्लेजुङ्ग, सोलुखुम्बु, म्याग्दी, प्युठान, मोरङ्ग लगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी हुँदै अहिले बर्दियाको प्रमुख जिल्ला अधिकारी भएर झण्डै ७ महिना अघि बैशाखमा आएको छु ।

    आफूले काम गर्ने जिल्लाको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक र ऐतिहासिक अवस्था, सरकारी कार्यालयले गरिरहेको कामकारवाही, विकास निर्माणका बारेमा जानकारी लिएर जाँदा सजिलो हुने उहाँको अनुभव छ । त्यसैले उहाँले जिल्लामा आफु आउनु अघि कार्यरत प्रजिअ सँगै स्थानीयबासिन्दाको सहयोग पनि लिने गर्नुहुन्छ । सधैँ सच्चा नागरिककै पक्षमा रहेर काम गर्ने उहाँको अडान छ ।

    काल्पनीक कथाका हिरोभन्दा कम छैनन् वास्तवीक हिरो कुरुम्बाँङ्ग

    काल्पनिक कथाबस्तुमा आधारित एउटा हिन्दी चलचित्रमा एकदिनको सिएम (मुख्यमन्त्रि) को भुमिकामा रहेका कलाकारले निभाएको अभिनय भन्दा कम छैन, उहाँको वास्तविक कार्यदक्षताको वास्तविक काम पनि । यतिबेला प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बर्दियामा वास्तविक रुपमै खेलेको भुमिकाको सबैले प्रसंशा पनि गरिरहेका छन् । सुरुका केहीदिन मात्रै होईन,बर्दिया आएको ७ महिनासम्म बर्दियाको समस्यालाई हटाएर विकास गर्न तर्फ लागि पर्नु भएको बर्दियाबासी नागरिकको भनाई छ ।

    बर्दियामा आउने वित्तिकै सिडियो रामबहादुर कुरुम्बाङ्गले बजार अनुगमनलाई तिब्रता दिँदै सुशासन कायम गर्दै, भष्ट्रचार, कालोबजारी, चोरी निकासीको अन्त्य संगै समग्र बर्दियाको विकासका लागि अग्रणी भुमिका निभाउनु भएको छ, रेडियो टाइगरका समाचार प्रमुख यज्ञ नेपालले भन्नुभयो । यस्तै वर्षाको समयमा बबई नदीमा बाढि नियन्त्रण तथा तटबन्धनमा समेत महत्वपुर्ण भुमिका निर्वा गरेको सह्रायिन रहेको नेपालले बताउनुभयो ।

    अछाममा प्रमुख जिल्ला अधिकारी रहँदा सदरमुकामबाट निकै टाढा रहेको गाउँमा पुगेर नागरिकता लगायतको घुम्ति शिविरको सुरुवात गरेको सम्झिदै उहाँले ‘गाउँ–गाउँमा जिल्ला प्रशासन सेवा’ अभियान सुरु गरेको बताउनुभयो । नागरिकको समस्या समाधान गाउँमै पुगेर गर्न अछाममा रहँदादेखि नै सुरु गरिएको घरदैलोमा सेवा पुर्याउने सुरु गरिएको घुम्ति शिविर अभियान अहिलेसम्म विभिन्न जिल्लाका झण्डै एकसय बढी ठाउँमा संचालन गरिएको उहाँको काम उदाहरणीय पनि मानिन्छ ।

    आफ्नो सेवा जागिर होइन, नागरिकका लागि सेवा हो ः कुरुम्बाङ्ग

    सरकारी जागिरको ‘क्रेज’ बढ्दै गइरहेको छ । सरकारी सेवा प्रवेश गर्दा धेरै तयारी गर्ने तर जागिरे भइसकेपछि ‘काम गरे पनि भयो, नगरे पनि भयो’ भन्ने मनोवृतिको विरोध गर्ने बताउँदै उहाँले भन्नुभयो ‘यो जागिर मात्रै नभइ, सामाजिक सेवा पनि हो ।’ नागरिकहरुको अपेक्षा दिन प्रतिदिन बढिरहेको भएपनि सरकारी कार्यालयबाट त्यसअनुसार काम हुन नसकेको उहाँ बताउनुहुन्छ ।

    कर्मचारीले नागरिकको समस्याप्रति उदासिन हुँदा नागरिक र सरकारबीच दूरी बढिरहेकाले सरकारी सेवालाई जागिर मात्रै नभइ सेवा मानेर जनताप्रति जवाफदेही हुनुपर्ने उहाँ बताउनुहन्छ । सरकारी कार्यालयले जनतालाई दुख दिने नभइ सेवा गर्ने ठाउँका रुपमा विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।

    त्यसैले पनि उहाँले जिल्ला प्रशासन कार्यालय बर्दियाले गरेका निर्णयहरु, कार्यक्रमहरु र सूचनाहरु एसएमएस, इमेल र वेबसाइट मार्फत प्रवाह गर्ने व्यवस्था पनि मिलाउनु भएको छ । सरकारी कामकाजले सेवाग्राहीलाई सजिलो हुने गरी काम गर्नुपर्ने उहाँको भनाई छ ।

    बिहिबार, मङि्सर ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • २.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ३.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ४.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ५.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ६.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ७.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ८.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation