• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन

नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

नेपालगञ्जको विद्युत् समस्या समाधान गर्न बजेट र कार्ययोजना अघि बढाइने

उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

लोकप्रिय समाचार

  • १. सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

  • २. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • ३. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ४. वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

  • ५. कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा

  • ६. राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न

  • ७. राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

  • ८. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ९. पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

  • १०. आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख जरिवाना

गाउँमै रंगशाला बन्ने भएपछि स्थानीय खुसी


  •   मङ्गलबार, मङि्सर ०४, २०७५ मा प्रकाशित
  • केशर राेका
    ४ मङि्सर २०७५

    Advertisement

    मार्सिवाङ (प्यूठान) : माण्डवी गाउँपालिका वडा नम्बर ३ स्थित नयाँगाउँ मार्सिवाङमा रहेको एक सय ५२ रोपनी खाली जमिनमा रंगशाला बन्ने भएको छ । यसअघि गाईबाख्रा चराउनका लागि प्रयोग गर्दै आइरहेको खाली जमिनमा विभिन्न खेल खेल्न मिल्ने गरी स्टेडियम बन्ने भएपछि स्थानीयवासी पनि उत्साहित देखिएका छन् । स्टेडियम निर्माणका लागि प्रदेश सरकार र गाउँपालिकाले रकमसमेत विनियोजना गरिसकेका छन् ।माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण पौडेलका अनुसार रंगशाला निर्माणका लागि प्रदेश नम्बर ५ सरकारले ३७ लाख र गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरिसकेको छ भने त्यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) पनि तयार भइसकेको छ । ‘बजेट विनियोजन भइसकेको छ । रंगशालाको डीपीआर पनि तयार भइसकेको छ’, प्रमुख प्रशासकीय पौडेलले भने, ‘अब मात्रै स्टेडियम निर्माण प्रक्रिया सुरु हुन बाँकी छ ।’

    गाउँपालिका प्राविधिक शाखा प्रमुख सागर पण्डितका अनुसार रंगशाला निर्माणका लागि भ्याटबाहेक १७ करोड ६७ लाख २० हजार रुपैयाँ लागत इस्टिमेट गरिएको छ । सो रकममा भलिबल, क्रिकेट, ब्याडमिन्टन, टेबुलटेनिस, बाँस्केटबललगायत खेलहरू खेल्न मिल्ने स्टेडियमको निर्माण गर्ने उद्देश्य बनाइएको उनले बताए । जसमा चार हजार दर्शक क्षमताको प्यारापिट र खानेपानी सुविधाका लागि ‘ओभरहेड ट्यांक’को समेत निर्माण गरिने जनाइएको छ ।

    स्टेडियम बन्ने निर्णयपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । ‘खाली जमिन यत्तिकै खेर गइरहेको थियो’, मार्सिवाङका स्थानीय प्रदीप भण्डारीले भने, ‘रंगशाला बन्ने खबरले हामी सबै खुसी भएका छौं । रंगशाला निर्माण भएपछि यहाँका प्रतिभाले ठाउँ पाउने मात्रै हैन, नयाँ प्रतिभा जन्मने विश्वास लिएका छौं ।’ यो स्थानमा निकै अघिबाट रंगशाला निर्माणको अभियान सुरु गरिए पनि आर्थिक अभावले पूरा हुन पाएको थिएन ।

    स्थानीय निर्वाचनसँगै आएका जनप्रतिनिधिहरूको सक्रियतामा लामो समयअघिको योजना पूरा हुने सम्भावना देखिएको छ । गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले आगामी पाँच वर्षभित्र रंगशालाको निर्माण पूरा गरिसक्ने बताए । ‘प्रदेश सरकार र पालिकाबाट बजेट विनियोजन गरिएको छ’, उनले भने, ‘गाउँपालिकाको गौरवको आयोजनाअन्तर्गत रंगशाला पनि हो । आगामी पाँच वर्षमा यो काम पूरा गरिसक्ने छौं ।’ नमुना रंगशाला निर्माणपछि छिमेकी जिल्ला रोल्पाका खेलाडीलाई समेत फाइदा पुग्ने उनको विश्वास छ ।
    – आजको अन्नपुर्ण पोष्ट्रमा खबर छ।

    मङ्गलबार, मङि्सर ०४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो
    अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा
    फिफाद्वारा एन्फा निलम्बित

    लोकप्रिय

    • १.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला

    • २.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट

    • ३.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ४.
      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    • ५.
      कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना

    • ६.
      राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न

    भर्खरै

    • १.
      ५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन

    • २.
      नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

    • ४.
      स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

    • ५.
      सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

    • ६.
      कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

    • ७.
      नेपालगञ्जको विद्युत् समस्या समाधान गर्न बजेट र कार्ययोजना अघि बढाइने

    • ८.
      उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation