• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

गाउँमै रंगशाला बन्ने भएपछि स्थानीय खुसी


  •   मङ्गलबार, मङि्सर ०४, २०७५ मा प्रकाशित
  • केशर राेका
    ४ मङि्सर २०७५

    Advertisement

    मार्सिवाङ (प्यूठान) : माण्डवी गाउँपालिका वडा नम्बर ३ स्थित नयाँगाउँ मार्सिवाङमा रहेको एक सय ५२ रोपनी खाली जमिनमा रंगशाला बन्ने भएको छ । यसअघि गाईबाख्रा चराउनका लागि प्रयोग गर्दै आइरहेको खाली जमिनमा विभिन्न खेल खेल्न मिल्ने गरी स्टेडियम बन्ने भएपछि स्थानीयवासी पनि उत्साहित देखिएका छन् । स्टेडियम निर्माणका लागि प्रदेश सरकार र गाउँपालिकाले रकमसमेत विनियोजना गरिसकेका छन् ।माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण पौडेलका अनुसार रंगशाला निर्माणका लागि प्रदेश नम्बर ५ सरकारले ३७ लाख र गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरिसकेको छ भने त्यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) पनि तयार भइसकेको छ । ‘बजेट विनियोजन भइसकेको छ । रंगशालाको डीपीआर पनि तयार भइसकेको छ’, प्रमुख प्रशासकीय पौडेलले भने, ‘अब मात्रै स्टेडियम निर्माण प्रक्रिया सुरु हुन बाँकी छ ।’

    गाउँपालिका प्राविधिक शाखा प्रमुख सागर पण्डितका अनुसार रंगशाला निर्माणका लागि भ्याटबाहेक १७ करोड ६७ लाख २० हजार रुपैयाँ लागत इस्टिमेट गरिएको छ । सो रकममा भलिबल, क्रिकेट, ब्याडमिन्टन, टेबुलटेनिस, बाँस्केटबललगायत खेलहरू खेल्न मिल्ने स्टेडियमको निर्माण गर्ने उद्देश्य बनाइएको उनले बताए । जसमा चार हजार दर्शक क्षमताको प्यारापिट र खानेपानी सुविधाका लागि ‘ओभरहेड ट्यांक’को समेत निर्माण गरिने जनाइएको छ ।

    स्टेडियम बन्ने निर्णयपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । ‘खाली जमिन यत्तिकै खेर गइरहेको थियो’, मार्सिवाङका स्थानीय प्रदीप भण्डारीले भने, ‘रंगशाला बन्ने खबरले हामी सबै खुसी भएका छौं । रंगशाला निर्माण भएपछि यहाँका प्रतिभाले ठाउँ पाउने मात्रै हैन, नयाँ प्रतिभा जन्मने विश्वास लिएका छौं ।’ यो स्थानमा निकै अघिबाट रंगशाला निर्माणको अभियान सुरु गरिए पनि आर्थिक अभावले पूरा हुन पाएको थिएन ।

    स्थानीय निर्वाचनसँगै आएका जनप्रतिनिधिहरूको सक्रियतामा लामो समयअघिको योजना पूरा हुने सम्भावना देखिएको छ । गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले आगामी पाँच वर्षभित्र रंगशालाको निर्माण पूरा गरिसक्ने बताए । ‘प्रदेश सरकार र पालिकाबाट बजेट विनियोजन गरिएको छ’, उनले भने, ‘गाउँपालिकाको गौरवको आयोजनाअन्तर्गत रंगशाला पनि हो । आगामी पाँच वर्षमा यो काम पूरा गरिसक्ने छौं ।’ नमुना रंगशाला निर्माणपछि छिमेकी जिल्ला रोल्पाका खेलाडीलाई समेत फाइदा पुग्ने उनको विश्वास छ ।
    – आजको अन्नपुर्ण पोष्ट्रमा खबर छ।

    मङ्गलबार, मङि्सर ०४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?
    देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation