• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

लुम्बिनीमा पहिलो पटक बौद्ध धर्मग्रन्थ त्रिपिटक वाचन


  •   बुधबार, कार्तिक २१, २०७५ मा प्रकाशित
  • कात्तिक २०, २०७५|

    Advertisement

    लुम्बिनी- लुम्बिनीको आध्यात्मिक विकासमा टेवा पुर्‍याउन पहिलो पटक ३ दिने बौद्ध ग्रन्थ त्रिपिटक वाचन गर्न लागिएको छ।

    त्रिपिटकबारे धेरै नेपाली अनभिज्ञ रहेको र बौद्ध धर्ममा यसको विशेष महत्व भएकाले नेपालमै पहिलो पटक बुद्ध जन्मस्थल लुम्बिनीमा त्रिपिटक वाचन गर्न लागिएको हो।

    त्रिपिटक वाचन कात्तिक २८ गते बिहान ७ बजेदेखि मायादेवी मन्दिर पवित्र उद्यानभित्र गरिँदैछ। समारोह ३० गतेसम्म चल्नेछ।

    यसका लागि १८ देशका ७ सयभन्दा बढी बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिका लुम्बिनी आउँदैछन्। त्रिपिटक भगवान् बुद्धले दिएको ज्ञान र शिक्षाको सार संगृहीत ग्रन्थ भएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवं आयोजक भिक्षु मैत्रीले बताए। अपि धम्मपिटक, सुत्तपिटक, विनयपिटक गरी त्रिपिटक नामकरण गरिएको र अपि धम्मपिटक, सुत्तपिटक भगवान् बुद्धकै पालामा लेखिएको र विनयपिटक दोस्रो शताब्दी ईशापूर्व सम्राट अशोकको पालामा लेखिएको बौद्ध ग्रन्थ हो।

    यस पटक लुम्बिनीमा ३ वटै पिटकसँगै गौतम बुद्धले आफ्ना पिता राजा शुद्धोधनलाई धर्मदेशना (ज्ञान दिँदा) सुनाउनुभएको बसन्त जातक सूत्र र शाक्य र कोलिय राज्यहरुका बीच युद्ध हुन लाग्दा कपिलवस्तुमै युद्ध समाप्तिका लागि देशना गरेका महासमय सूत्र पनि पाठ गरिने हुनाले यो समारोह लुम्बिनीको आध्यत्मिक दर्शनका लागि अत्यन्त महत्वपूर्ण रहने बताइएको छ।

    त्रिपिटक पाली, देवनागरी र थाई भाषा आदिमा वाचन गरिनेछ। जसलाई सहभागी प्रत्येक देशका भिक्षुहरुले आ–आफ्नो भाषा र शैलीमा पछ्याई वाचन गर्नेछन्। लुम्बिनीको आध्यत्मिक विकास र पर्यटकको बसाइ अवधि लम्बाउन त्रिपिटक वाचन समारोह महत्वपूर्ण हुने आयोजक संस्थाका स्थानीय सचिव चेतन पन्तले बताए।

    अमेरिकन बुद्धिष्ट एसोसिएसन, अखिल नेपाल भिक्षु महासंघ, थाई बुद्ध विहार लुम्बिनीको संयुक्त आयोजनामा कार्यक्रम हुँदैछ। कार्यक्रमका लागि भोजन आवास, यातायात व्यवस्थापन सम्बन्धी काम अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिए।

    १५ वर्षदेखि भारतमा मात्र भइरहेको यो आध्यत्मिक कार्यक्रले लुम्बिनीको आध्यत्मिक, सांस्कृतिक महत्व अझ बढाउने र पर्यटकहरुको चहलपहलमा थप टेवा पुग्ने विश्ववास गरिएको छ।

    श्रोत: लाईभ नेपाल

    बुधबार, कार्तिक २१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • २.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ३.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ४.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ६.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ७.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ८.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation