• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

लुम्बिनीमा पहिलो पटक बौद्ध धर्मग्रन्थ त्रिपिटक वाचन


  •   बुधबार, कार्तिक २१, २०७५ मा प्रकाशित
  • कात्तिक २०, २०७५|

    Advertisement

    लुम्बिनी- लुम्बिनीको आध्यात्मिक विकासमा टेवा पुर्‍याउन पहिलो पटक ३ दिने बौद्ध ग्रन्थ त्रिपिटक वाचन गर्न लागिएको छ।

    त्रिपिटकबारे धेरै नेपाली अनभिज्ञ रहेको र बौद्ध धर्ममा यसको विशेष महत्व भएकाले नेपालमै पहिलो पटक बुद्ध जन्मस्थल लुम्बिनीमा त्रिपिटक वाचन गर्न लागिएको हो।

    त्रिपिटक वाचन कात्तिक २८ गते बिहान ७ बजेदेखि मायादेवी मन्दिर पवित्र उद्यानभित्र गरिँदैछ। समारोह ३० गतेसम्म चल्नेछ।

    यसका लागि १८ देशका ७ सयभन्दा बढी बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिका लुम्बिनी आउँदैछन्। त्रिपिटक भगवान् बुद्धले दिएको ज्ञान र शिक्षाको सार संगृहीत ग्रन्थ भएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवं आयोजक भिक्षु मैत्रीले बताए। अपि धम्मपिटक, सुत्तपिटक, विनयपिटक गरी त्रिपिटक नामकरण गरिएको र अपि धम्मपिटक, सुत्तपिटक भगवान् बुद्धकै पालामा लेखिएको र विनयपिटक दोस्रो शताब्दी ईशापूर्व सम्राट अशोकको पालामा लेखिएको बौद्ध ग्रन्थ हो।

    यस पटक लुम्बिनीमा ३ वटै पिटकसँगै गौतम बुद्धले आफ्ना पिता राजा शुद्धोधनलाई धर्मदेशना (ज्ञान दिँदा) सुनाउनुभएको बसन्त जातक सूत्र र शाक्य र कोलिय राज्यहरुका बीच युद्ध हुन लाग्दा कपिलवस्तुमै युद्ध समाप्तिका लागि देशना गरेका महासमय सूत्र पनि पाठ गरिने हुनाले यो समारोह लुम्बिनीको आध्यत्मिक दर्शनका लागि अत्यन्त महत्वपूर्ण रहने बताइएको छ।

    त्रिपिटक पाली, देवनागरी र थाई भाषा आदिमा वाचन गरिनेछ। जसलाई सहभागी प्रत्येक देशका भिक्षुहरुले आ–आफ्नो भाषा र शैलीमा पछ्याई वाचन गर्नेछन्। लुम्बिनीको आध्यत्मिक विकास र पर्यटकको बसाइ अवधि लम्बाउन त्रिपिटक वाचन समारोह महत्वपूर्ण हुने आयोजक संस्थाका स्थानीय सचिव चेतन पन्तले बताए।

    अमेरिकन बुद्धिष्ट एसोसिएसन, अखिल नेपाल भिक्षु महासंघ, थाई बुद्ध विहार लुम्बिनीको संयुक्त आयोजनामा कार्यक्रम हुँदैछ। कार्यक्रमका लागि भोजन आवास, यातायात व्यवस्थापन सम्बन्धी काम अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिए।

    १५ वर्षदेखि भारतमा मात्र भइरहेको यो आध्यत्मिक कार्यक्रले लुम्बिनीको आध्यत्मिक, सांस्कृतिक महत्व अझ बढाउने र पर्यटकहरुको चहलपहलमा थप टेवा पुग्ने विश्ववास गरिएको छ।

    श्रोत: लाईभ नेपाल

    बुधबार, कार्तिक २१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न
    डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार
    ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन
    जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग
    क्याफे कवितामा रसिक राज र विद्याश्री जिते मन
    `प्रल्हादकुमार अग्रवालको जीवनयात्रा व्यवसायीका लागि प्रेरणाको स्रोत´-मुख्यमन्त्री आचार्य

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation