• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, फागुन १०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र

बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

लोकप्रिय समाचार

  • १. रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड

  • २. एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

  • ३. कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

  • ४. गुल्मीमा निर्वाचनअघि पर्याप्त मौज्दात राख्न प्रशासनको निर्देशन

  • ५. एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता

  • ६. भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

  • ७. रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

  • ८. ‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

  • ९. बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

  • १०. राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

समाज,युवा र भविस्य


  •   सोमबार, भदौ ०८, २०७७ मा प्रकाशित
  • कुनैपनि समाजको सम्बृद्धीको मेरुदण्ड भनेको त्यो समाजको युवा शक्ती हो। त्यस्तो युवा शक्ती जो चेतनशील,लगनशील अनि गतिशील छ।आज बिश्वमा रहेका २ सय भन्दा बढी राष्ट्रहरुमध्ये कोहि अति बिकशित भैसकेका छन्,कोहि विकासोन्मुख अवस्थामा छन भने कोहि अति कम बिकशित अवस्थामा छन्। आखिर एउटै पृथिबी भित्रको देशहरुमा आज किन यति धेरै भिन्नता आयो त ।
    अमेरिका,जापान,बेलायत अनि दुबई जस्ता राष्ट्रहरुले विकासको शिखर चढीसके । चीन,भारत,रसिया अनि ब्राजिल जस्ता राष्ट्रहरु द्रुत गतिमा अगाडी बढिराखेका छन। जनसंख्याको आकडा हेर्ने हो भने ति देशहरु र हाम्रो देशमा खासै अन्तर देखिदैन। मतलब युवाहरुको संख्या बृद्धहरुको भन्दा निक्कैनै धेरै पाइन्छ। यस्तो हुँदा हुँदैपनि हामीहरु किन अझै एक आपशमा लडीराखेका छौ त ।

    Advertisement

    देश भित्र अथाह सम्भावना हुँदा हुँदै हामीहरु किन यति पछाडी परिराखेका छौ त ?

    यसको जवाफ हामीहरुले अब ठण्डा दिमागले सोच्नु पर्ने बेला भैसकेको छ। ‘युवा’ सायद‘युग’बाहक शक्ति भएकोले‘युवा’भनिएको हुनुपर्छ। माथि नै उल्लेख गरिएजस्तै देश बिकाशको मेरुदण्ड भनेको चेतनशील,लगनशील अनि गतिशील युवाहरु हुन। चेतनशील भन्नाले म यहाँ त्यस्तो चेतनाको कुरा गरिराखेको छु जसले आफ्नो समाज अनि परिबेसलाई बुझ्न सकोश,आफ्नो माटोलाई चिन्न सकोस र सहि बाटो पहिल्यायर हिड्न र हिडाउन सकोस । लगनशील युवा भन्नाले म त्यस्तो युवाको कुरा गरिराखेको छु जो आफ्नो लागि मात्र सोचेर काम गर्दैन। उसले आफ्नो मानव चेतनाको सहि प्रयोग गरेर समाज अनि राष्ट्रको बारेमा सोचेर सहि र गलत छुट्याएर काम गरोस। उसले यस्तो लगन गरोस जुन सहि मार्गमा होश अनि निरन्तर गरिराखोस। अनि त्यो युवा यस्तो होस् जसले समयलाई बुझेर आफुलाई हरपल गतिशील बनाईराखोस। के हामी युवाहरुले यो सबै गर्न सकिराखेका छौ त ? आज हाम्रो समाज अनि राष्ट्र पछाडी पर्नुमा हामी युबाहरुको पनि ठुलो भूमिका छ। आज खेतहरु बाझो छन् बाली लगाइदिने कोहि छैन,स्कुल कलेज र संघ संस्थाहरु राजनीति गर्ने थलोको रुपमा बिकशित भै राखेका छन। जता गयपनी युवाहरुको भिड देखिन्छ। ग्यांग फाइट,नारा-जुलुश अनि रमिते कामहरुमा युवाहरुको ठुलो उपस्थिति देखिन्छ।

    तर बिडम्बना त्यो भिड न चेतनशील छ, न लगनशील छ न त गतिशील नै छ।

    आज देशको सानो सानो संगठनदेखि राष्ट्रिय राजनीतिसम्म, बिदेशमा रहेका विभिन्न समाज अनि संगठनदेखि लगभग आधा बिश्व ढाकिसकेको गैर आबासीय नेपाली संघसम्म जता ततै हामी युवाहरुले उल्लेखनीय भूमिका खेलेको पाईदैन।देशको भबिष्य उजिल्ल्याउनु पर्ने हामी युबाहरु कतै आज आफु लगनशील हुन छाडेर अनि आफ्नो कर्तब्यलाई भुलेर अरुलाई गाली गरेरै समय व्यथित गरिराखेका त छैनौ ? युवाहरुले आफ्नो कर्तब्य भुलेर अधिकारको मात्र कुरा गर्ने गरेका त छैनौ ? भत्काउनलाई अग्रसर हुने तर बनाउन चुकी राखेको त छैनौ ?

    हामी युवाहरु बिरोधको लागि बिरोध गरेर मात्र बस्ने कि केही नया पनि सोच्ने ? कतै समयको बर्बादि मात्र त गरिराखेका छैनौ ?

    कुनै पनि समस्याको समाधान अरुलाई गाली गरेर र आक्षप लगाएर मात्र हुन सक्छ भन्ने बुझाई सहि हुन सक्दैन। बुझ्नु जरुरी कुरा के छ भने केहि कुरा आफुले अरुबाट अपेक्षा गरेका हुन्छौ भने त्यो कुरा अरुलाई पनि दिन जान्न सक्नुपर्छ। हाम्रो समाजमा अहिले यो कुरा सबै भन्दा खड्कीएको पाइन्छ। चाहे त्यो सानो समाजमा होस् या एनआरएन जस्तो ठुलो संगठनमा। हामी युवा हरुले अब सोच्नु पर्ने अनि आफुलाई सम्हालेर हातमा हात मिलाएर समृद्ध समाज निर्माणको लागि अगाडी बढ्नु पर्ने बेला आइसकेको छ। हामीले यो कुरा भुल्नु हुँदैन कि अहिले हामी बस्ने समाजदेखि सानो-ठुलो सबै संगठनहरु हाम्रा अग्रजहरुले नै निर्माण गरिदिएका हुन। त्यो बेलामा जस्तो परिस्थिति थियो त्यहि अनुसारको समाज अनि संघ-संस्थाहरुको निर्माण भयो र अगाडी बढ्दै आयो। आज हामी जुन धरातलमा उभिएर बिरोध गरिराखेका छौ त्यो धरातल पनि हाम्रा अग्रजहरुले नै तयार गरिदिएका हुन। त्यसैले युवाहरुले अग्रजहरुको आदर र सम्मान गर्न जान्नु पर्छ। अग्रजहरुलाई सम्मान गर्दै वहाँहरुले सुरु गर्नु भएको सभ्य समाज निर्माणको अभियानलाई चेतनशील, लगनशील र गतिशील भएर पुरा गर्नु पर्ने दाहित्व पनि युबाहरुकै काँधमा आएको छ। बहर बाच्छो जतिसुकै बलियो र जति ठुलो जुरो भाको भएपनि उसलाई जोत्न सिकाउन परिपक्व बुढो गोरुसंगै नार्नु पर्छ। त्यस्तै गरी अग्रजहरुको साथ र समर्थन बिना युवाहरुले केहि गर्न असम्भब प्राय छ। अनुभब र शक्तिको सन्तुलित मिश्रणबाट मात्र केहि प्राप्ति गर्न सम्भब हुन्छ। युवाहरुले लगन, चेतना र गतिलाई आत्मसाथ  गर्दै अगाडी बढ्नु पर्छ। साथ-साथै त्यस्तै भाबी पुस्ताको निर्माणमा लाग्नुपर्ने बेला आएको छ।

    चेतना, लगन, गति अनि अनुसासनहिन युबाहरुको जमात बढ्दै जाने हो भने तिनीहरु अनुसरण गर्ने भाबी सन्ततिहरुबाट पनि हाम्रो समाजले सकारात्मक अपेक्षा गर्न सक्दैन।

    त्यसकारण हामी युवाहरुले आजको दिनहरुमा हरेक बिषयको गहनतालाई बुझेर मात्र पाइलाहरु अगाडी बढाउनु जरुरी छ। आजको युग भनेको २१ औँ सताब्दीको हो। जहाँ चेतनशील अनि सम्बृद्ध समाजको कल्पना गरिएको हुन्छ। त्यो समाज निर्माणको लागि हामीहरु सबै मिलेर हातेमालो गर्दै अगाडी बढ्नुको विकल्प छैन। आजको दिनहरुमा हामीले लिने हरेक निर्णयहरु बिबेकशील हुनु आबश्यक छ।हामीहरुले बिरोध गर्नुपर्ने कुराहरुलाई पनि भद्र तरिकाले आफ्नो बिबेकको सहि प्रयोग गरेर गर्नु पर्छ। बल र शक्ति प्रयोग गरेर क्षणिक रुपमा प्रभाब जमाउन सकिएला तर त्यो दिर्घ हुन् सक्दैन। चाप्लुसी गरेर अनि अरुलाई लड़ाएर वर्तमानमा केहि फाइदा लिन सकियला तर कुनै कालखण्डमा गएर त्यो शक्ति आफ्नै लागि अभिसाप हुने निश्चित छ। चेतनशील प्राणी भएर २१ औँ शताब्दीमा ढुंगे युगको ब्यबहार देखाउनु हुँदैन।संघसंस्था,समाज अनि राष्ट्रलाई परिबर्तन गरि सम्बृद्ध बनाउने अठोट छ भने क्षणिक फाइदाको लागि कसैको पक्ष पोसन कदापी गर्नु हुँदैन।
    राजनीतिक रुपमा कुनै पार्टी माथीआस्था राख्नु र त्यसमा लाग्नु नराम्रो होइन तर सामाजिक संघ-संस्थामा प्रवेश गरेपछि राजनीतिको खोलमा समाज भाड्ने गतिबिधि जो कोही भएपनि अबिलम्ब बन्द गर्नु पर्छ।

    सोमबार, भदौ ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग
    बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?
    विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ
    विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

    लोकप्रिय

    • १.
      रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं :

    • २.
      एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र

    • ३.
      कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

    • ४.
      गुल्मीमा निर्वाचनअघि पर्याप्त मौज्दात राख्न प्रशासनको निर्देशन

    • ५.
      एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता

    • ६.
      भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित

    भर्खरै

    • १.
      राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    • २.
      विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र

    • ३.
      बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

    • ४.
      झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

    • ५.
      भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

    • ६.
      कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

    • ७.
      ‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

    • ८.
      रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation