काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अहिले नोटबन्दी गर्नेबारे नसोचेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा सहभागी नागरिकले नोटबन्दी किन नगर्ने भनेर प्रश्न गरेका थिए । जवाफमा अर्थमन्त्री वाग्लेले अहिले नोटबन्दी उपयुक्त नहुने सरकारको निष्कर्ष रहेको बताए ।
‘नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ । तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन । नोटबन्दीबारे हामीले सोचेका छैनौँ,’ उनले भने । उनले नोटबन्दीको अभ्यास गरेका अन्य मुलुकमा पनि यसको सफलता राम्रो नदेखिएको बताए ।
Advertisement