• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

बाँदर धपाउन ‘बाली हेरालु’ राख्न ४५ लाख बजेट

जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

दल परिवर्तनपछि गाउँपालिका अध्यक्ष पदमुक्त

लोकप्रिय समाचार

  • १. गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

  • २. शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

  • ३. पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

  • ४. विपद् आउनुअघि नै तयारी गर्न गृहमन्त्रीको निर्देशन

  • ५. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • ६. कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

  • ७. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ८. ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ९. बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

  • १०. खुट्टाले लेखेर ३.४० जिपिए

राप्ती र गढवाले ल्याए ढकियामा बजेट


  •   बुधबार, असार १०, २०८३ मा प्रकाशित
  • दाङ — स्थानीय तहमा बजेट प्रस्तुत गर्दा झोला वा ब्रिफकेस प्रयोग गर्ने प्रचलनबीच दाङका दुई गाउँपालिकाले फरक शैली अपनाएका छन्। राप्ती र गढवा गाउँपालिकाका उपाध्यक्षहरूले थारू समुदायको परम्परागत हस्तकला सामग्री ‘ढकिया’मा बजेट राखेर गाउँसभामा प्रस्तुत गरेका हुन्।
    राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी र गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदाकुमारी चौधरी थारू पोसाकमा सजिएर ढकियामा बजेट बोकी गाउँसभामा पुगेका थिए। उनीहरूले सोही ढकियाबाट बजेटका कागजात निकालेर बजेट प्रस्तुत गरेका थिए।
    थारू समुदायमा विवाह, पूजाआजा, चाडपर्व तथा अन्य शुभ अवसरमा प्रयोग हुने ढकिया समुदायको सांस्कृतिक पहिचानसँग जोडिएको सामग्री हो। स्थानीय कच्चा पदार्थबाट बुन्ने ढकियालाई बजेट प्रस्तुतिको माध्यम बनाउँदै उपाध्यक्षहरूले आफ्नो समुदायको पहिचान झल्काउने प्रयास गरेका छन्।
    ‘हामीले अरूको शैली पछ्याउनैपर्छ भन्ने छैन। हाम्रो समुदायको सीप र कलाले बनेको ढकियालाई चिनाउने उद्देश्यले यसपटक बजेट त्यसैमा बोकेका हौं,’ गढवा गाउँपालिकाकी उपाध्यक्ष चौधरीले भनिन्, ‘हामी शुभकार्यमा ढकिया प्रयोग गर्छौं, बजेटजस्तो महत्वपूर्ण काममा पनि यसको प्रयोग उपयुक्त लाग्यो।’
    गढवा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ८२ करोड ६४ लाख रुपैयाँ र राप्ती गाउँपालिकाले ७५ करोड ४ लाख ९६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन्।
    गढवाले कृषि भण्डारण, शीत भण्डार, पशुपालन, सिँचाइ तथा युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेको जनाएको छ। राप्ती गाउँपालिकाले कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र सामाजिक विकासलाई केन्द्रमा राखेर बजेट ल्याएको जनाएको छ।
    राप्ती गाउँपालिकाकी उपाध्यक्ष चौधरीले स्थानीय स्रोत र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले ढकियाको प्रयोग गरिएको बताइन्। ‘यो हाम्रो संस्कृति र पहिचानको प्रतीक हो। बजेटजस्तो महत्वपूर्ण कार्यक्रममा यसको प्रयोगले स्थानीय मौलिकतालाई उजागर गरेको छ,’ उनले भनिन्।

    Advertisement

    बुधबार, असार १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)
    गिडिदहमा पहिलो पर्या–पर्यटकीय तथा जलवायु सम्मेलन
    जलुके–नल्सी पुल अलपत्र : निर्माण कम्पनीसँग ठेक्का तोडियो
    रुकुमपूर्वमा भूमे नाचको रौनक
    प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ
    अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

    लोकप्रिय

    • १.
      गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

    • २.
      शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा

    • ३.
      पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

    • ४.
      विपद् आउनुअघि नै तयारी गर्न गृहमन्त्रीको निर्देशन

    • ५.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • ६.
      कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान

    भर्खरै

    • १.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • २.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ३.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    • ४.
      इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

    • ५.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ६.
      ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    • ७.
      बाँदर धपाउन ‘बाली हेरालु’ राख्न ४५ लाख बजेट

    • ८.
      जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...