तनहुँ । देवघाट गाउँपालिका–१ का भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलित १० परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन्। जिल्ला भूमि समस्या समाधान समिति तनहुँले उनीहरूलाई लालपुर्जा वितरण गरेको हो।
लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित परिवारले लालपुर्जा पाएसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन्।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गरी उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने लक्ष्यसहित लालपुर्जा वितरणलाई प्रभावकारी रूपमा अघि बढाएको छ।
Advertisement