• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ८. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध


  •   मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
  • प्युठान। झिमरुक जलविद्युत् आयोजनाको पावरहाउसमा जडित ट्रान्सफर्मरमा प्राविधिक समस्या आएपछि प्युठानसहित रोल्पा र अर्घाखाँचीका केही क्षेत्रमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। आइतबार राति १२ बजेदेखि विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन प्रभावित बनेको छ। बुटवल पावर कम्पनी लिमिटेडअन्तर्गत माण्डवी–३ दारीचौरस्थित झिमरुक जलविद्युत् केन्द्रले सूचना जारी गर्दै पावरहाउसमा रहेको १५ एमभीए क्षमताको पावर ट्रान्सफर्मरमा समस्या देखिएकाले विद्युत् आपूर्ति रोकिएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी शान्तिराम प्रसाईका अनुसार ट्रान्सफर्मर मर्मतमा समय लाग्ने देखिएपछि वैकल्पिक रूपमा अर्घाखाँचीतर्फबाट केन्द्रीय प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति गर्ने प्रयास भइरहेको छ। सोमबार पावरहाउस क्षेत्रको स्थलगत अनुगमनपछि उनले सम्बन्धित निकायलाई काम तीव्र बनाउन निर्देशन दिएको बताउनुभयो। “ट्रान्सफर्मर मर्मतमा समय लाग्ने देखिन्छ, अहिले अर्घाखाँचीबाट केन्द्रीय प्रसारण लाइन जोड्ने तयारी भइरहेको छ,” उहाँले भन्नुभयो, “साँझसम्म प्युठानका केही क्षेत्रमा विद्युत् आपूर्ति पुनः सुरु हुने अपेक्षा छ।” विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लाभर बैंक तथा वित्तीय संस्थाको सेवा प्रभावित भएको छ। मोबाइल नेटवर्कका टावर प्रभावित हुँदा सञ्चार सेवा पनि प्रभावित बनेको छ। लिफ्ट प्रविधिमा आधारित खानेपानी प्रणाली सञ्चालनमा समस्या आउँदा उपभोक्ताले पानी आपूर्तिमा कठिनाइ भोगिरहेका छन्। स्थानीय तह र सरकारी कार्यालयहरूको दैनिक कामकाजमा समेत असर परेको छ। विद्युत् अवरोध लम्बिँदै जाँदा सर्वसाधारणको दैनिकी, व्यवसाय तथा सार्वजनिक सेवा प्रवाहमा दबाब बढ्न थालेको छ।

    Advertisement

    मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation