• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज


  •   आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
  • रुकुमपुर्व। रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटका बासिन्दाले वर्षौँदेखिको एउटा कठिनाइ अन्ततः पार गरेका छन्। वर्षायाममा खोला उर्लिँदा गाउँ नै बाहिरी संसारबाट टुट्ने समस्या अब केही हदसम्म सहज हुने अपेक्षासहित मैकोट खोलामाथि निर्माण गरिएको बेलीब्रिज आइतबारदेखि सञ्चालनमा आएको छ।
    पुथा हिमाल र ढालपानी क्षेत्रबाट बग्दै आउने सानीभेरी नदीको सहायक मैकोट खोला बर्खायाममा जोखिमपूर्ण बन्दै आएको थियो। पुल नहुँदा बिरामी अस्पताल पुर्‍याउन, विद्यार्थीलाई विद्यालय पठाउन र दैनिक उपभोग्य सामग्री भित्र्याउन स्थानीयले वर्षौँसम्म सास्ती खेप्दै आएका थिए। धेरैजसो समय मानिसहरू जोखिम मोलेर खोला तर्न बाध्य हुन्थे।
    संघीय र प्रदेश सरकारसँग पटक–पटक स्थायी पुल निर्माणको माग गरिए पनि अपेक्षित काम अघि नबढेपछि गाउँपालिकाले आफ्नै स्रोतबाट समाधान खोज्ने निर्णय गर्‍यो। करिब १ करोड ५० लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको बेलीब्रिज अब सञ्चालनमा आएको हो।
    उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगरले स्थानीय सरकारको प्राथमिकता नागरिकका आधारभूत समस्या समाधान हुनु पर्ने बताए। माथिल्लो तहको निर्णयको प्रतीक्षामा मात्रै बसिरहँदा जनताको दैनिकी थप कठिन बन्ने भएकाले आवश्यक परे स्थानीय स्रोत परिचालन गरेर पनि पूर्वाधार विकासलाई अघि बढाइने उनको भनाइ थियो।
    स्थानीयका अनुसार प्रत्येक वर्ष जेठदेखि कार्तिकसम्म खोला तर्न नसक्ने अवस्था हुँदा स्वास्थ्य सेवा, शिक्षा र बजार पहुँचमा गम्भीर असर पर्दै आएको थियो। स्थानीय पाना पुनले पुल बनेसँगै बिरामी अस्पताल लैजान, विद्यार्थी विद्यालय जान र कृषि उत्पादन बजारसम्म पुर्‍याउन सहज हुने विश्वास व्यक्त गरे। मैकोट क्षेत्र उत्तर–दक्षिण जोड्ने रणनीतिक महत्वको शहीद मार्गअन्तर्गत पर्छ। कोईलाबास–दाङ–होलेरी–थवाङ हुँदै रुकुमपूर्वका काक्री, तकसेरा, हुकाम र मैकोट जोडेर डोल्पासम्म पुग्ने सडकखण्ड अझै पूर्ण स्तरोन्नतिको पर्खाइमा छ। पूर्वाधारको कमीका कारण हिमाली क्षेत्रका नागरिकले विकासको प्रत्यक्ष अनुभूति गर्न नसकेको स्थानीयको गुनासो छ।
    समाजसेवी चन्द्र रसाइलीका अनुसार पेल्मादेखि सिस्नेसम्म सडक स्तरोन्नति र आवश्यक पुल निर्माण सम्पन्न गर्न सके जिल्लाको यातायात समस्या उल्लेख्य रूपमा समाधान हुन सक्छ। सवारी चालक भागी विकले पनि पुल सञ्चालनले यात्राको जोखिम घट्ने र यातायात सेवा नियमित बनाउन सहयोग पुग्ने बताए।
    वडा नम्बर १३ का अध्यक्ष शिविसन शेर्पालीले पक्की पुल निर्माणका लागि पटक–पटक पहल भए पनि ठोस काम नदेखिएपछि बेलीब्रिज निर्माणलाई विकल्पका रूपमा अघि बढाइएको बताए।
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुर्व विकका अनुसार विगतमा विभिन्न शीर्षकमा छरिएर खर्च हुने बजेटलाई एकीकृत गरी प्रत्यक्ष जनआवश्यकतासँग जोडिएका योजनामा लगानी गर्दा पुल निर्माण सम्भव भएको हो।
    गाउँपालिकाले अन्य दुई स्थानमा निर्माण सम्पन्न भएका बेलीब्रिजसमेत छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ। स्थानीय सरकारको यो पहलले दुर्गम बस्तीमा आवतजावत, कृषि ढुवानी, व्यापार र सार्वजनिक सेवा प्रवाहलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

    Advertisement

    आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...