• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • १०. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश


  •   मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित
  • मोरङ।जिल्लाको उर्लाबारी–४ मा बस्ने २९ वर्षीय रमेश भण्डारीको दिनचर्या अरू युवाको भन्दा फरक छ । कसैको घरको भान्छामा सर्प देखियो, खेतमा फुत्कियो वा ओछ्यानमुनि लुकेर बस्यो भने स्थानीयको पहिलो फोन उनैलाई जान्छ ।
    पछिल्ला आठ वर्षमा उनले १ हजार ३ सयभन्दा बढी सर्प उद्धार गरिसकेका छन् । मानिस र सर्पबीचको द्वन्द्व बढिरहेका बेला भण्डारी भने सर्पलाई मार्ने होइन, सुरक्षित रूपमा जंगल फर्काउने अभियानमा छन् ।
    उनको सर्पसँगको सम्बन्ध २० वर्षको उमेरदेखि सुरु भएको हो । छिमेकी तथा वन प्राविधिक प्रेम विष्टसँगको संगतले उनलाई सर्पप्रति चासो जगायो । कुनै विशेष उपकरणबिनै ठूला सर्प समात्ने विष्टको सीपले प्रभावित बनेका भण्डारी बिस्तारै आफैं पनि उद्धारमा सक्रिय भए ।
    सुरुआती दिन भने सहज थिएनन् । अविषालु सर्प समात्ने क्रममा उनी पटक–पटक डसिए । तर त्यसले उनको आत्मविश्वास कमजोर बनाएन । बरु सर्पको व्यवहार, जोखिम र उद्धार विधिबारे थप सिक्न प्रेरित गर्‍यो ।
    “सर्पले उद्धारकर्तालाई चिन्छ जस्तो लाग्छ,” भण्डारी भन्छन्, “हामी पुगेपछि झन् सतर्क हुन्छ । त्यसैले धेरै सावधानी अपनाउनुपर्छ ।”
    उनका अनुसार सर्प देख्नेबित्तिकै ढुंगा हान्ने, लाठीले प्रहार गर्ने वा आगो लगाउने प्रवृत्तिले जोखिम झन् बढाउँछ । “सर्पले आफूलाई खतरा महसुस नगरेसम्म मानिसलाई टोक्दैन,” उनले भने, “तर मानिसको आक्रमणले उसलाई आक्रामक बनाउँछ ।”
    भण्डारी सर्पलाई केवल डरको प्रतीक नभई वातावरणीय सन्तुलनको महत्त्वपूर्ण कडी मान्छन् । उनका अनुसार सर्पले खेतबारीमा मुसा नियन्त्रण गरेर कृषिमा समेत योगदान पुर्‍याउँछ ।
    समाजमा सर्पप्रतिको त्रास अझै गहिरो रहेको भन्दै उनले विद्यालय, किसान समूह र स्थानीय संघसंस्थामा पुगेर जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छन् । “वासस्थान सुरक्षित रह्यो भने सर्प घरभित्र पस्दैन,” उनी भन्छन्, “मानिसकै गतिविधिका कारण सर्प पनि जोखिममा परेका छन् ।”
    सुरुमा परिवारले यस्तो जोखिमपूर्ण काम नगर्न सुझाएको थियो । तर उनले आफ्नो अभियान छाडेनन् । विशेषगरी वर्षायाममा त उनी प्रायः दैनिकजसो उद्धारमा खटिन्छन् । सूचना आउनेबित्तिकै जुनसुकै समयमा घरबाट निस्किने उनको बानी बनेको छ ।
    यो कामबाट उनले कुनै आर्थिक आम्दानी गर्दैनन् । पूर्ण रूपमा स्वयंसेवी रूपमा काम गरिरहेका भण्डारी भने त्यसैमा सन्तुष्ट छन् । “पैसा कमाइ छैन,” उनी मुस्कुराउँदै भन्छन्, “तर मानिसले चिनेका छन् । त्यही नै मेरो सम्पत्ति हो ।”
    यद्यपि, स्थानीय तहमा क्षमता र योगदानको अपेक्षित सम्मान नपाएको गुनासो उनीसँग छ । “हाम्रो ठाउँमा कला र क्षमताको मूल्यांकन कम हुन्छ,” उनले भने, “तर काम भने गरिरहेकै छु ।”

    Advertisement

    मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    भान्साबाट देश चिनाउने युवराजको सपना
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ
    खुट्टाले लेखेर ३.४० जिपिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • २.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ६.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ७.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ८.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation