• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • ५. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ६. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

  • ७. सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

  • ८. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ९. बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

  • १०. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो


  •   सोमबार, जेठ ०४, २०८३ मा प्रकाशित
  • बुटवल । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको राष्ट्रिय भेला बुटवलमा सम्पन्न भएको छ । भेलाले नेपाल भूमिहीन सुकुम्बासी तथा बसोबासी संरक्षण केन्द्रीय समिति गठन गर्दै ७५ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ ।
    भेलाले खगेन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा दाङका हरिष गिरी, प्रेम बोहरा, रुपन्देहीका विरमान लामा, रिसब पोखरेल, राजकुमार भट्टराई, विवेक गुभाजू, पूर्णबहादुर विक, तेजबहादुर कुंवर क्षेत्री लगायत रहेका छन् ।
    भेलाले सरकारलाई बुझाउने १२ बुँदे मागसहित कार्यपत्र पारित गरेको छ । मागपत्रमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर प्रयोग गरी गरिने जबर्जस्ती निष्कासन, घरटहरा भत्काउने तथा अमानवीय व्यवहार तत्काल रोक्नुपर्ने उल्लेख छ ।
    त्यस्तै भूमि ऐन बमोजिम नाप–नक्सा सम्पन्न क्षेत्रको बाँकी प्रक्रिया पूरा गरी शीघ्र लालपुर्जा वितरण गर्न, भूमिहीन दलितलाई निःशुल्क जग्गाधनी पुर्जा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई न्यून शुल्कमा जग्गाधनी पुर्जा दिन माग गरिएको छ ।
    संविधानको धारा ३७ अनुसार आवासको मौलिक अधिकार कार्यान्वयन गर्न, बाँकी नाप–नक्सा कार्य तत्काल सम्पन्न गर्न र पूर्ववर्ती आयोगका कामलाई निरन्तरता दिन पनि माग गरिएको छ ।
    त्यसैगरी तिनाउ–दानव करिडोर, मोतिपुर औद्योगिक क्षेत्र, दाङस्थित महेन्द्र संस्कृत विश्वविद्यालयका पीडित लगायतलाई सहमतिअनुसार क्षतिपूर्ति वा जग्गाधनी पुर्जा दिन माग गरिएको छ ।
    जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणसहित आवास व्यवस्था गर्न र भूमिहीन तथा सुकुम्बासीमाथि हुने दमन, गिरफ्तारी र हिंसा अन्त्य गर्न पनि भेलाको माग छ ।
    भेलाले भूमि ऐन र वन ऐनबीचका बाझिने प्रावधान हटाई स्पष्ट र न्यायोचित कानुनी व्यवस्था गर्नुपर्ने माग पनि अघि सारेको छ ।
    आगामी कार्यक्रमअनुसार जेठ ८ गते काठमाडौंमा पत्रकार सम्मेलन, जेठ ११ गते प्रधानमन्त्री र दलका शीर्ष नेतालाई ज्ञापनपत्र बुझाउने, र जेठ १४ गते काठमाडौंमा सडक अन्तरक्रिया गर्ने निर्णय गरिएको छ ।

    Advertisement

    सोमबार, जेठ ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा

    भर्खरै

    • १.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • २.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ५.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ७.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ८.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation