• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक


  •   मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित
  • गुल्मी । लोक तथा आधुनिक संगीत क्षेत्रमा आफ्ना सशक्त प्रस्तुति मार्फत श्रोतामाझ परिचित बन्दै आएकी शित्तल पाण्डे ले पहिलो पटक लोक–पप शैलीको गीत सार्वजनिक गरेकी छन् । ‘गालि नि मिठो’ बोलको उक्त गीत सार्वजनिक भएसँगै गायिका पाण्डेको सांगीतिक यात्रामा नयाँ प्रयोगको रूपमा हेरिएको छ ।
    विगतदेखि लोक तथा आधुनिक विधामा निरन्तर सक्रिय रहँदै आएकी पाण्डेले यसपटक पप शैलीमा आफूलाई प्रस्तुत गर्दै दर्शक तथा श्रोताको ध्यान खिचेकी हुन् । माया–प्रेमका भावनात्मक शब्द र आधुनिक संगीत संयोजनले सजिएको ‘गालि नि मिठो’ गीतले प्रेम सम्बन्धका रमाइला अनुभूति, नोकझोक र आत्मीयतालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।
    गीतका शब्दले प्रेममा हुने मिठास, रिस र भावनात्मक सम्बन्धलाई सहज भाषामा चित्रण गरेका छन् । युवा पुस्ताको मनोभावलाई समेट्ने शैलीमा तयार गरिएको गीतले विशेषगरी युवापुस्तामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको पाण्डेले बताइन् ।
    गीतमा गायिका शित्तल पाण्डे सँगै गायक मदन खनाल को सुमधुर स्वर रहेको छ । दुवै कलाकारको स्वर संयोजनले गीतलाई थप आकर्षक बनाएको श्रोताहरूले बताएका छन् ।
    गीतको भावअनुसार प्रस्तुत गरिएको गायन शैलीले गीतलाई सहज, मिठासपूर्ण र श्रवणयोग्य बनाएको छ । गीतका शब्द चर्चित सर्जक राजेन्द्र थापा ले तयार गरेका हुन् भने संगीत संयोजन तथा लय दिपक शर्मा को रहेको छ ।
    नेपाली संगीत क्षेत्रमा लोकप्रिय र सफल संगीत सिर्जनाका लागि परिचित शर्माको संगीतले गीतलाई आधुनिक स्वाद दिएको छ । शब्द र संगीतको सन्तुलित मेलले गीतलाई अझ प्रभावकारी बनाएको गायिका पाण्डेले बताइन ।
    गीतको भिडियोसमेत आकर्षक ढंगले निर्माण गरिएको बताइएको छ । प्रेमकथामा आधारित भिडियोमा आधुनिक जीवनशैली र युवापुस्ताको सम्बन्धलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । गायिका शित्तल पाण्डे ले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेकी हुन् ।
    गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि यसको चर्चा बढ्न थालेको छ । श्रोताले गीतको शब्द, संगीत तथा गायनको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै नयाँ शैलीका सिर्जना ल्याउन आग्रह गरेका छन् ।
    पाण्डेले नेपाली संगीत क्षेत्रमा फरक शैली र नयाँ प्रयोगमार्फत आफूलाई स्थापित गर्ने प्रयास गरिरहेकी छन् । लोक तथा आधुनिक गीतबाट दर्शकको मन जितेकी उनले अब पप विधामा समेत आफ्नो उपस्थिति बलियो बनाउने संकेत गरेकी छन् ।

    Advertisement

    मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो
    लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक
    सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक
    ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      प्यूठानमा चार जनाको शव फेला

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ४.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ५.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ६.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ७.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ८.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation