• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ३. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ४. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ५. विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

  • ६. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ७. शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

  • ८. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ९. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • १०. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी


  •   बुधबार, चैत २५, २०८२ मा प्रकाशित
  • सुर्खेत। राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा निर्माण ढिलाइ भएको छ। तेस्रो पटक म्याद थप गरिएको आयोजनाको अवधि चैत २० गते सकिए पनि कामको आधा मात्र सम्पन्न भएको छ। हाल आयोजनाले चौथो पटक म्याद थप गर्ने प्रक्रिया अघि बढाएको छ।
    आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर हरिबहादुर थापाका अनुसार हालसम्म आयोजनाको कूल भौतिक प्रगति ५० प्रतिशत मात्र भएको छ। दोस्रो चरण अन्तर्गत बाँध निर्माण, पावर हाउस निर्माण र पेनस्टोक (पाइप) निर्माणका काम चीनको ग्वाङ्डोन–युनाटियन र रमण कन्स्ट्रक्सन जेभीले २०७६ साउनमा ठेक्का पाएको थियो। सुरुमा चार वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोरोना महामारी, डिजाइन ढिलाइ, वर्षा, नदीको बहाव, बैंक र बिमा नवीकरण लगायत प्राविधिक कारणले काममा ढिलाइ आएको बताइएको छ।
    ठेक्कापछि भएका म्याद थपका कारणहरूमा पहिलो पटक कोरोना महामारीलाई आधार बनाएर म्याद थप गरिएको थियो भने दोस्रो र तेस्रो म्याद थपमा आयोजनाकै कारणले ढिलाइ भएको देखाइएको थियो। यसमा डिजाइन ड्रइङमा ढिलाइ, वर्षाको समयमा नदीको बहाव बढ्नु, बैंक तथा बिमा नवीकरणको समस्या, तत्कालीन परामर्शदाताको सेवा रद्द भई नयाँ प्रक्रियामा जानु, नयाँ परामर्शदाताबाट आवश्यक डिजाइन र ड्रइङ्स समयमै नपुग्नु, निर्माण व्यवसायीले पूर्ण स्रोत परिचालन गर्न नसक्नु, आवश्यक विषयगत अनुभवी कर्मचारीको अभाव र बजेट सीमित हुनु जस्ता कारण समावेश छन्। ठेकेदार कम्पनीले पनि आयोजनाकै कारणले काम समयमै सम्पन्न गर्न नसकेको जनाएको छ।
    निर्माण कम्पनीका प्रतिनिधि इन्जिनियर हिम्मत लम्सालका अनुसार वर्षाको समयमा भेरी नदीको बहाव बढ्नु र म्याद थप गर्दा बैंक र बिमा नवीकरणमा समस्या देखिनु ढिलाइका मुख्य कारण हुन्। आयोजनाले माग गरे बमोजिम म्याद थप नगरिदिँदा पनि पटक–पटक समय थप्नुपरेको उनले बताए। अबको तीन वर्षभित्र म्याद थप भए निश्चित समयमै काम सम्पन्न हुने योजना छ।
    पहिलो चरणमा सुरुङ निर्माणको काम सकिएको आयोजनाले दोस्रो चरणमा ४८ मेगावाट विद्युत उत्पादन गर्ने र तेस्रो चरणमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। यहाँबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोडिनेछ भने बाँके–बर्दियाको ५१ हजार हेक्टर जमिनमा १२ महिनासम्म सिँचाइ सुविधा उपलब्ध गराइने छ। सुरुङमार्फत प्रति सेकेन्ड ४० घनमिटर भेरी नदीको पानी बबईमा खसालिने योजना रहेको छ।
    आयोजनाले हात्तीखाल–गेरुवानी क्षेत्रमा रिंग रोड निर्माण, सोलार पावर सिँचाइ, स्थानीय सडक सुधार, बर्दियाको चेपाङ–कुरुले–बाटुले–भंगाह क्षेत्रमा कुलो सुधार र नदी नियन्त्रणको कामसमेत गरेको छ। यसले सिँचाइ, ग्रामीण विद्युतीकरण र सडक सुधारमा स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुगेको जनाइएको छ।

    Advertisement

    बुधबार, चैत २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले
    १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    धनुषाका ११० परिवारले पाए लालपुर्जा
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ३.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ५.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा

    • ६.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    भर्खरै

    • १.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ३.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ४.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ६.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ७.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • ८.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...