• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण


  •   मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित
  • गुल्मी । विश्व क्षयरोग दिवसको अवसर पारेर गुल्मी जिल्लामा कारागारभित्र रहेका कैदीबन्दीहरूको स्वास्थ्य अवस्थाप्रति विशेष ध्यान दिँदै स्वास्थ्य परीक्षण सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय गुल्मीको आयोजना, नेपाल क्षयरोग निवारण संस्था गुल्मी शाखाको सहआयोजना तथा गुल्मी अस्पतालको समन्वयमा जिल्ला कारागार गुल्मीमा रहेका कैदीबन्दीहरूको खकार परीक्षण गरिएको हो ।
    कार्यक्रम अन्तर्गत क्षयरोगको सम्भावित जोखिममा रहेका कैदीबन्दीहरूको पहिचान गर्न खकार परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कारागारजस्ता भीडभाडयुक्त र बन्द वातावरणमा क्षयरोग फैलिने सम्भावना उच्च हुने भएकाले यस प्रकारका परीक्षणलाई प्राथमिकतामा राखिएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पुस्पा थापाले बताइन ।
    नेपाल क्षयरोग निवारण संस्था गुल्मी शाखाका अखिलेश्वरप्रसाद पाण्डेले क्षयरोग अझै पनि जनस्वास्थ्यको प्रमुख चुनौतीको रूपमा रहेको उल्लेख गर्दै समयमै परीक्षण र उपचारबाट यस रोगलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिने बताएका छन् । उनले कारागारभित्र रहेका व्यक्तिहरू पनि स्वास्थ्य सेवाबाट वञ्चित नहुनुपर्नेमा जोड दिँदै यस्तो कार्यक्रमले सचेतना र प्रारम्भिक पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
    कार्यक्रमका क्रममा कैदीबन्दीहरूलाई क्षयरोग सम्बन्धी प्रशिक्षण समेत दिइएको थियो । प्रशिक्षणमा क्षयरोग सर्ने तरिका, यसको लक्षण, रोकथामका उपाय तथा उपचार प्रक्रिया बारे जानकारी गराइएको थियो। सहभागीहरूले रोगबारे स्पष्ट जानकारी पाएपछि स्वास्थ्यप्रति थप सचेत हुने प्रतिक्रिया दिएका थिए ।
    जिल्ला स्वास्थ्य कार्यालय गुल्मीकी प्रमुख पुस्पा थापाले क्षयरोग निवारणका लागि समुदायस्तरमै निरन्तर जनचेतना आवश्यक रहेको बताइन् । उनले समयमै परीक्षण, नियमित औषधि सेवन र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सके क्षयरोग नियन्त्रण सम्भव रहेको उल्लेख गरिन् । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले कारागारभित्र रहेका कैदीबन्दीहरूको स्वास्थ्य सुरक्षालाई राज्यले प्राथमिकतामा राखेको स्पष्ट पारे । उनले आफु भित्र भएको रोगलाई लुकाएर नराख्न आग्रह गरे ।
    समयमै उपचार गरेर पूर्ण रुपमा स्वस्थ बन्नका लागि अनुरोध समेत गरे। यस कार्यक्रमले कारागारभित्र रहेका कैदीबन्दीहरूको स्वास्थ्य अवस्था सुधार गर्न, क्षयरोगको जोखिम न्यूनीकरण गर्न तथा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
    जिल्ला भरमा आर्थिक वर्ष २०८०÷०८१ मा २६३ जना, २०८१÷०८२ मा २६६ जना र आर्थिक वर्ष २०८२÷०८३ मा १३४ जना क्षयरोगका बिरामीहरु फेला परेको तथ्याङ्क रहेको छ ।

    Advertisement

    मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • २.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ५.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ७.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ८.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...