• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिरमा एक महिने पूजा सुरु


  •   आइतबार, पुष २०, २०८२ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासस्थित धागिथुममा रहेको स्वस्थानी माताको मन्दिरमा एक महिने स्वस्थानी व्रत तथा कथा वाचन सुरु भएको छ । आजदेखि स्वस्थानी व्रत कथाको शुभारम्भसँगै रेसुङ्गा नगरपालिकाकी नगर उपप्रमुख अमृतादेवी कुँवरले एक कार्यक्रमका बीच मन्दिरमा कथा वाचनको औपचारिक उद्घाटन गरेकी हुन् ।
       अघिल्लो वर्ष मन्दिरमा स्थापना गरिएको स्वस्थानी माताको मूर्तिको विधिवत प्राणप्रतिष्ठा गरिएको थियो । त्यसपछि मन्दिरमा दैनिक पूजा तथा कथा वाचनको व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाले जानकारी दिए ।
       भक्तजनहरूका लागि मन्दिर खुला गरिएको उनले बताए । नगर उपप्रमुख कुँवरले स्वस्थानी व्रत कथा श्रवण गर्ने भक्तजनका लागि मन्दिरले ठूलो सहजता प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।
       हिन्दु धर्मावलम्बीहरूका लागि स्वस्थानी माताको विशेष धार्मिक महत्व रहेको उल्लेख गर्दै गुल्मी क्षेत्र ऋषिमुनिहरूले तपस्या गरेको ऐतिहासिक भूमि भएकाले यस क्षेत्रको धार्मिक गरिमा उच्च रहेको बताइन् ।
       करिब दुई सय वर्षअघि, अर्थात् १८औँ शताब्दीको अन्त्यतिर रेसुङ्गा नगरपालिका–२ स्थित धागिथुममा भगवती मन्दिर निर्माण गरिएको थियो । प्रारम्भमा स्थानीयवासीहरूले संरक्षण गर्दै आएको उक्त मन्दिरको हाल नेपाली सेनाले रेखदेख गर्दै आएको छ ।
       तीन तले प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिरमा छत्रसहित पाँचवटा गजुर रहेका छन् । पित्तलले छाइएको छानोका कारण मन्दिर अझ आकर्षक देखिन्छ ।
       धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने यही स्थानमा स्वस्थानी माताको मन्दिर स्थापना गरिएको हो । मन्दिरलाई आकर्षक रूपमा निर्माण गरिएको छ । लुम्बिनी प्रदेशमै स्वस्थानी माताको मन्दिर नभएकाले तम्घास तथा आसपासका भक्तजनको सहजताका लागि मन्दिर स्थापना गरिएको अध्यक्ष थापाले बताए ।
       मन्दिरमा आजबाट दैनिक पूजा तथा कथा वाचन सुरु भएको छ । हिन्दु महिलाले मनाउने एक महिने श्रीस्वस्थानी व्रत शनिबारबाट आरम्भ भएको हो ।
       धार्मिक विश्वासअनुसार मनोकांक्षा पूरा हुने आशामा नेपाली हिन्दु महिलाहरूले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत बस्ने परम्परा रहेको छ ।
       पौराणिक कथाअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले भगवान शिवलाई पति प्राप्त गर्न श्रीस्वस्थानी व्रत बसेको र व्रतकै प्रभावले शिव–पार्वतीको विवाह भएको मान्यता छ । यही विश्वासका आधारमा परापूर्वकालदेखि नै स्वस्थानी व्रत बस्ने चलन रहँदै आएको छ ।
       यस अवधिमा स्कन्द पुराणको केदारखण्ड अन्तर्गत माघ माहात्म्यमा आधारित स्वस्थानी व्रत कथा श्रवण र वाचन गर्ने परम्परा छ । स्वस्थानी व्रतका समयमा काठमाडौंको साँखुस्थित शाली नदी, पशुपतिनाथ, गौरीघाट, गुहेश्वरीलगायत शक्तिपीठहरूमा भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ ।
       नेपालभूमि र श्रीस्वस्थानी व्रतको धार्मिक महत्व गहिरो रहेको उल्लेख गर्दै स्वस्थानी कथामा नेपाली भूमिको विशेष वर्णन गरिएको पाइने धार्मिक जानकारहरू बताउँछन् ।

    Advertisement

    आइतबार, पुष २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation