• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ८. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ९. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • १०. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न


  •   शनिबार, पुष १९, २०८२ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–१० मा रहेको सिमीचौर साना किसान कृषि सहकारी संस्था ले सातौँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न गरेको छ । महिलाहरूको सक्रिय नेतृत्वमा सञ्चालन हुँदै आएको यो सहकारी संस्थाले गाउँको आर्थिक, सामाजिक तथा कृषि विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको भन्दै सहभागीहरूले संस्थाको खुलेर प्रशंसा गरेका छन् ।
    साधारणसभामा संस्थाकी अध्यक्ष यशोदा अर्यालले आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो। उहाँले सहकारी महिलाहरूको आत्मनिर्भरता, बचत संस्कृतिको विकास र कृषि उद्यम प्रवद्र्धनमा केन्द्रित रहेर अघि बढिरहेको उल्लेख गरिन । त्यस्तै, लेखा समिति संयोजक राधिका बस्नेत ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको वित्तीय अवस्था सुदृढ बन्दै गएको जानकारी दिइन ।
    कार्यक्रममा प्रस्तुत विवरणअनुसार सहकारीको शेयर पूँजी २९ लाख ८ सय रुपैयाँ पुगेको छ भने बचत तथा निक्षेप १ करोड ९५ लाख ७९ हजार ९५५ रुपैयाँ रहेको छ। सहकारीले आर्थिक वर्ष २०८१÷०८२ मा ३ करोड १७ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । जुन संस्थाको आर्थिक प्रगतिलाई देखाउने महत्वपूर्ण सूचक मानिएको छ ।
    सिमीचौर साना किसान कृषि सहकारी संस्था स्थानीय स्तरमा उत्कृष्ट काम गर्दै जिल्लाकै अब्बल सहकारी संस्थाको रूपमा स्थापित बन्दै गएको छ । हाल सहकारीमा ६ सय २२ जना सेयर सदस्य आबद्ध छन् ।
    सहकारीको कार्यक्षेत्र हाल रेसुङ्गा नगरपालिका वडानम्बर–१० र ११ रहेको छ । त्यसलाई बढाएर नगरपालिका भर सञ्चालन गर्ने तयारी संस्थाले गरेको छ ।
    संस्थाले आफ्ना सेयर सदस्यहरूलाई उद्यमशील बनाउन एक लाख रुपैयाँसम्म बिनाधितो तथा धितो राखेर १० लाख रुपैयाँसम्म ऋण प्रवाह गर्दै आएको छ । यसले कृषि, पशुपालन, व्यवसाय र स्वरोजगारमा संलग्न सदस्यहरूलाई ठूलो राहत पुगेको छ ।
    कार्यक्रममा सहकारीका विभिन्न सल्लाहकारहरूले संस्थाको दीर्घकालीन विकासका लागि रचनात्मक सुझाव दिएका थिए । साधारणसभाका प्रमुख अतिथि तथा सल्लाहकार समिति संयोजक पदमप्रसाद अर्यालले सहकारीले पारदर्शिता, सदस्यकेन्द्रित सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले सिमीचौर साना किसान सहकारी महिलाको नेतृत्वमा सफलतापूर्वक सञ्चालन हुनु नै प्रेरणादायी उदाहरण भएको बताए ।
    सहकारी संस्थाले आर्थिक कारोबारसँगै सामाजिक क्षेत्रमा पनि उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । साधारणसभाको अवसरमा सामुदायिक तथा संस्थागत विद्यालयबाट कक्षा ८ र एसईई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने सेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । यसका साथै उत्कृष्ट बचतकर्ता र जेष्ठ नागरिक लाई पनि सम्मान गर्दै सहकारीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको सन्देश दिएको छ । सहकारीले आफ्ना सदस्यहरूको जोखिम न्यूनीकरणका लागि औषधि उपचार तथा जोखिम बहन कोष स्थापना गरी सञ्चालनमा ल्याएको छ । यसले बिरामी, दुर्घटना वा आपतकालीन अवस्थामा सदस्यहरूलाई आर्थिक सहयोग पु¥याउँदै आएको छ, जसले सहकारीप्रति सदस्यहरूको भरोसा अझ बलियो बनाएको छ । महिलाहरूको नेतृत्व, पारदर्शी व्यवस्थापन र सदस्यको सक्रिय सहभागिताका कारण सिमीचौर साना किसान कृषि सहकारी संस्था गाउँको समृद्धिको आधार बन्दै गएको छ ।
    बचतबाट सुरु भएको यो सहकारी आज आर्थिक सशक्तीकरण, कृषि विकास र सामाजिक रूपान्तरणको महत्वपूर्ण माध्यम बनेको छ।

    Advertisement

    शनिबार, पुष १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने
    ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले
    १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    धनुषाका ११० परिवारले पाए लालपुर्जा
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • २.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ७.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ८.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...