गुल्मी। गुल्मी जिल्ला, इस्मा गाउँपालिका–१ हर्पुकोट निवासी क्यान्सर पीडित युवा दिपक खत्रीलाई उपचार सहयोग स्वरूप २५ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ। यो सहयोग गुल्मी केयर विश्व सञ्जालको पहलमा संकलन गरिएको हो।
सङ्गठनका अध्यक्ष मानबहादुर कुँवरले रकम हस्तान्तरण गर्दै भने—
“आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका दिपक खत्रीको स्वास्थ्य उपचारमा केही भए पनि राहत पुग्ने विश्वासका साथ सहयोग गरिएको हो। समाजका सबै पक्षबाट क्यान्सरजस्तो गम्भीर रोगसँग लडिरहेका व्यक्तिलाई सहयोग र हौसला आवश्यक छ।”
परिवारको अपिलपछि देश तथा विदेशमा रहेका इस्मा र गुल्मीका युवाहरूले मानवीय भावनाका साथ अभियान सञ्चालन गरी रकम संकलन गरेका हुन्। दिपक लामो समयदेखि क्यान्सर रोगसँग संघर्षरत रहनुभएको छ र उपचार प्रक्रिया खर्चिलो र लामो भएको कारण घरको सबै आर्थिक स्रोत समाप्त भइसकेको थियो।
गुल्मी केयर विश्व सञ्जालले आगामी दिनमा पनि सामाजिक, मानवीय र परोपकारी कार्यहरू निरन्तरता दिने जनाएको छ।
क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग
क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग
Advertisement
तपाईको प्रतिक्रिया